Tuesday, September 7, 2021

नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा १४८ मतका साथ वडा नं ६ पौडेल विजयी भए



नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ बैदाम को सभापतिमा सन्तोष पौडेल विजयी भएका छन् । नेपाली काग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न मतदानमा १४८ मतका साथ पौडेल विजयी भएका हुन् ।
मतदानका कूल ४०५ मत खसेको थियो, जसमध्य १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रत्यासी उम्मेदबारहरु खबराज पहारीले १२७ र शिसिर पहारीले १२० मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित पौडेल २०५७ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका, उनले विभिन्न सामजिक संघसंस्थामा सेवा गरेका थिए । बैदाम ६ इकाईको दुई कार्यकाल चुुनाब प्रचार प्रसार को ससंयोजक भएर काम गरिसकेका छन् ।
सभापतिका लागि पाँच जनाको उम्मेदवारी आंकाक्षि भएता पनि अन्तिममा सन्तोष पौडेल, शिसिर पहारी र खबराज पहारीहरुका बीच मतदान प्रतिस्पर्धा भएको थियो ।
सभापतिमा निर्वाचित भएपछि उनले पार्टीलाई सशक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाए । उनले अग्रजहरुको सल्लाह र सुझावलाई मनन गर्दै सबैलाई एकढिक्का बनाउँदै बलियो पार्टी बनाउने र आउँदो स्थानिय चुनाबमा पाटिको सम्पूर्ण टिमलाई जिताउने आफ्नो सपना रहेको स्पष्ट पारे ।
पार्टीको वडा कार्यसमिति उपसभापतिमा भएको निर्वाचनमा अनिल पहारी २५० र शिबजि कुवँरले १७८ र टोप बहादुर अधिकारीले १५२ मत प्राप्त गरेका थिए । अनिल पहारी र शिवजि कुवँर निर्वाचित भए ।
वडा कार्यसमितिको सचिव पदमा प्रकाश न्यौपाने र रुद्र बहादुर लामिछाने (शिव), सहसचिवमा सिता पौडेल र शंकर पहारी निर्विरोध निर्वाचित भए । यसैगरी कार्यसमिति पदमा कविता त्रिपाठी धिकारी, बुद्धि सागर देवकोटा, गणेश बहादुर थापा, विबेक बराल, नारायण पोखरेल, रामकलम ठाकुर, शारदा लम्साल, मालति अधिकारी बास्तोला, अभिनास नेपाली, बुद्धिनाथ पाण्डे, ज्ञानबहादुर कार्की, इन्द्र बराल, ललिता ढुगाना, गोविन्द शर्मा र इन्द्रमणी पहारी निर्वाचित भएका छन ।
क्षेत्रीय प्रतिनिधिमा दिपकविर कुवँर, जगतबहादुर पहारी,धरम बहादुर लामिछाने,बलराम गिरी,गोविन्द बहादुर पहारी, लोकराज पहरी, लक्षण पहारी, खिमलाल पहारी, विकास लामिछाने, लक्ष्मी बहादुर भट्टराई, गुरुदत्त पहरी, दिपक भट्टराई, जिवन रेग्मी, कृष्ण बहादुर कुवँर, विष्णु पहारी, बुद्धिनाथ अधिकारी, तारानाथ पहारी र हरिचन्द्र पहरी निर्वाचित भएका थिए । यसैगरी पवित्रा थापा, सविना तिमिल्सीना, प्रभा सुवेदी, उमा लामिछाने, मन्धरा ढकाल,हिरा भट्टराई, गिता देवी पहारी, सत्यदेवी आर्चाय र सावित्रा तिमिल्सीना क्षेत्रिय महिला प्रतिनिधिमा निर्वाचित भएका छन ।
खसआर्य महिला पुरुषमा गणेश पहारी, गणेश बहादुर भट्टराई, माधब बहादुर पौडेल, विपिन पौडेल, पुनम भट्ट भट्टराई, पार्वति बोगटी र लक्ष्मी थापा निर्विरोध निर्वाचित भएका थिए । तसैगरी आदीबासी जनजातिमा महिला पुरषमा सुक बहादुर गुरुङ, डिफान भुजेल, सोमबहादुर थापा मगर, कृष्ण कुमार श्रेष्ट, सन्तु श्रेष्ट र गौमति थापा मगर निर्विरोध निर्वाचित भएका छन । मधेशिमा बलिराम ठाकुर दलितमा श्यामु परियार, सज्जिब विक र अल्पसख्यमा शोभा जलारी निर्वाचित भएको निर्वाचन आयृुक्त भानु कडेलले जानकारी दिए ।

Thursday, June 24, 2021

खिमलाल पहारीको अभियान:महामारीमा खाद्य सामाग्री वितरण!

खिमलाल पहारीको अभियान:महामारीमा खाद्य सामाग्री वितरण!


पोखरा ६ बैदाम निवासी खिमलाल पहारीले विश्वलाई आक्रान्त बनाइरहेको कोरोना महामारिका कारण आर्थिक स्रोतले कमजोर बनिरहेका बैदाम वरपरका आर्थिक कमजोरिले ग्रसित परिवारलाई खाद्य सामाग्री वितरण गर्न मुख्य पहलकदमी गर्दै अभियान सुचारु गरिरहेका छन!
अमेरिकामा बसोबास गर्दै आएका राम बहादुर थापा र लक्ष्मी थापाले उक्त अभियानलाई सार्थक बनाउन सहयोगिका रुपमा प्रस्तुत भएका छन भने यो अभियानलाई निरंतरता दिन नेपाली काङ्ग्रेस पोखरा ६ बैदामले भने सहजीकरण गर्ने कार्य गरिरहेको छ!!
सुरुवाती चरण अन्तर्गत मंगलबार पहारीको पहलमा नेपाली काङ्ग्रेस पोखरा ६ को सहजीकरणमा ३० विपन्न परिवारलाई राहत वितरण गरिसकेका छन भने तत्काल यो हप्ता भित्र नै अन्य थप विपन्न परिवारलाई आवश्यक सामाग्री उपलब्ध गराउन पहारी लागिपरिरहेका छन!!
स्थानियले यो विपन्नताको अवस्था र महामारीमा विदेशमा रहेर पनि मातृभुमिका दाजुभाइलाई सहयोग गर्ने थापा दम्पती,पहलकर्ता पहारि साथसाथै सहजीकरण गरेकोमा नेपाली काङ्ग्रेस पोखरा ६ लाई सहित धन्यवाद ज्ञापन गरेका छन!!

Friday, May 21, 2021

नरेश पाठकको स्वीकार नभएको प्रेम प्रस्ताव।.. Lakeside post



पृय स्यानु!
माया अनि मिठो सम्झना
.! खै कहा बाट सुरु गरौ यो मनkaa उरठ लाग्दा भावनाहरु , सानु जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र साथको आशमा। सायद तिम्रो मायामा म नजानिँदै फस्दैछु र मलाई साहरा दिइ बचाउने पनि मात्र तिमी छौ यो संसारमा। के मेरो समीपमा आएर मेरो माया स्वीकार्छौ भन्ने आशा लिएको छु.! सानु
भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थें । सोच्थेँ, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थेँ, यथार्थमा। अरूले गर्ने मयालु भावनाका कुरामा कहिल्यै विश्वासै लाग्दैनथ्यो। तर अहिले ! म गलत भइरहेछु सानु तिम्रा ती निश्चल र निर्मल नयनका सामु म झुकेँ वा झुकाइएँ ।
तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ। म नचाहेरै पनि तिमीतिर तानिएँ। तर तिमी ! तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ, नादान छौ। अचम्म लाग्छ, किन म तिमीसँग आँखा जुधाउन सक्दिनँ। मेरा आँखा अनायसै झुक्छन्, तिमी सामु हुँदा। मेरो जिउ शिथिल हुन्छ तिम्रो समीपमा आउँदा। के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन? वा तिमी निर्दोष बनिरहेकी छौ सानु जानीजानी? म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहन्छु, हराउन चाहन्छु, अनि भुल्न चाहन्छु आफैलाई।
तिमीमा, र केवल तिमीमा। पूर्ण रूपमा समाहित भएर, बस् तिमीसँग । ती नीलो सागर सिंगै बोक्ने तिम्रो नयन, त्यो हँसिलो र प्रज्वलित मुखमण्डल अनि मधुर मुस्कान देख्दा लाग्छ तिमी मानव नभएर साक्षात ईश्वरको प्रतिबिम्ब हौ । तिम्रो निकटता कल्पिँदा संसारका सबै सुख र खुसीहरु मेरा पाउमा झुकिरहेका छन् झैँ लाग्छ। के छ खास तिम्रो मुस्कानमा, जसले हरक्षण मलाई पागल अनि पागल बनाउँदै लगिरहेको छ। तर यो पागलपन, उफ ! कस्तो आनन्दको आभास। तिमीलाई एउटा कुरो भनौं? मेरा आँखाहरू तिमीलाई नै खोजिरहन्छन्, हरक्षण। तिमी हिँड्ने बाटोमा मेरा नजर बिछ्याएर बसिरहन्छु म। केवल तिमीलाई लुकेरै नियाल्न।
मैले लिने हरेक श्वासमा तिम्रो प्रेमको मीठो वासनाको अनुभव गर्छु म। मेरो मुटुको हर धड्कन तिम्रै नाममा धड्किरहेका हुन्छन्। यी ओठ, केवल तिम्रो नाम पुकारिरहेका हुन्छन्। के तिमीले सुनेकी छौ सानु मेरो दिलको आवाज? मेरो मनमा प्रवाहित तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन्? तर जेहोस्, म यो सानो पत्र तिम्रो नाममा कोर्दैछु, एउटा झिनो आशमा कि तिमीले एकदिन मेरो भावना बुझ्नेछौ। मेरो मनको चाहनालाई चिहान बन्न दिनेछैनौ। तर, यो त मात्र मेरो मनको आस न हो, जुन पूरा नहुन पनि सक्छ।
तिमी विश्वास गर या नगर मेरो माया सागर जस्तो निर्मल र पवित्र छ, बादल जस्तो शितल छ, वसन्तको सौन्दर्य जस्तो सुन्दर छ, गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ। तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छा को कुरो सानु । म त फेरि गरिब परिवार को एक्लो छोरा तिमीले स्वीकार्यौ भने संसारको सबैभन्दा धेरै र ठुलो खुसी मिल्नेछ मलाई।
तिम्रो न्यानो काखमा असीम माया पोखिदिनेछु छताछुल्ल हुने गरी, अनि हराउनेछु तिमीभित्र। अस्वीकारै गरेपनि म दु:खी हुने छैन। मलाई थाहा छ, मैले तिमीलाई निस्वार्थ प्रेम गरेको छु। मैले मेरा हरेक श्वासका झोंक्का तिमीप्रति समर्पित छ। अनि अत्यन्तै प्रगाढ र गाढा। म तिमीप्रतिको प्रेमले मेरा हरेक अवयवहरुमा सीञ्चित गरेर राख्नेछु अनि जिउने प्रयास गर्नेछु तिम्रै प्रेममा। मेरो मायामा स्वार्थ नै छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्ठा गरेको पनि छैन।
मेरा लागि प्रेम आत्मिय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट रहन्छ। के तिमी मेरो यो मिठो अनुरोध स्वीकार गर्छौ? तिम्रो मायामा रम्ने हक दिन्छौ मलाई ? म तिम्रो जवाफ पर्खिरहनेछु, कालान्तरसम्म अनि यही निस्वार्थ प्रेम गरिरहनेछु।
उही, तिम्रो पागल प्रेमी
        नरेश पाठक