Wednesday, July 29, 2020

कोरोना र प्राकृतिक बिपत्तीलाई उछिन्दै परिक्षा::एक बर्ष शैक्षिक सत्र ढिला हुने डरले विद्यार्थीको जिन्दगी नै ढिला/बरबाद बनाउने दाउमा शिक्षा मन्त्रालय तथा सरोकारवालाहरु!-LAKESIDEPOST



  सागर अधिकारी (पोखरा)
            एक यस्तो भाइरस जस्को उपाय नै एकान्तबाँस अनि एक्लोपन!कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको थियो भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका थिए तर पछिल्लो समय लकडाउनको उत्तम बिकल्प खोज्ने सामर्थ्य नरहेपछी यस्को औपचारिक रुपमै अन्त्य गरेर लगभग लगभग सबैजसो मानिसहरु आफ्नो कामकाजमा फर्किसकेको अवस्था छ!!
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिसकेको अवस्था छ!!बिशेषगरि शिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामा स्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) को आन्तरिक मुल्यांकन गरेर अगाडि बढ्ने तथा कक्षा ११ को परिक्षा भने अध्ययन गरिरहेकै बिद्यालयलाई परिक्षा केन्द्र बनाएर परिक्षा संचालन गर्ने भन्ने निर्णय जस्को कार्यान्वयन हुने नहुने अझैसम्म पक्कापक्की छैन त्यसैगरी कक्षा १२ तथा स्नातक र स्नातकोत्तर तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाई अन्योलताका बिचमा अगाडि बढाइरहेका छन!स्वभावतः सबैको कार्यशैली र कार्यसम्पादन एउटै नहुन सक्छ तर बर्तमान समयमा प्राबिधिक र प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्छ भन्दै घोक्रो फुलाएर आफुमा शैक्षिक अब्बलता देख्नेहरु आज मौन रहदां दु:ख मनाउ गर्नुभन्दा पनि धिक्कार लाग्ने अवस्था बनेको छ कि म नेपालको अग्रणी बिश्वबिद्धालयको एउटा अंग अनि विद्यार्थीका निम्ति अधिकारको लडाई गर्ने विद्यार्थी नेता हुं भन्दै गर्दा!!बर्तमान समयको महामारीका कारण आफ्ना विद्यार्थीको शिक्षा भन्दा स्वास्थ्य ठूलो हो भनेर काठमाडौं बिश्वबिद्धालय(K.U.)[जस्का थोरै संकाय अनि थोरै विद्यार्थी छन्] ले आफ्ना विद्यार्थीहरुको चलिरहेको सेमेष्टर र बर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाका आधारमा मुल्यांकन गर्न सक्ने हैसियत बनाउन सक्ने अनि हाम्रो त्रिभुवन बिश्वबिद्धालय नेपालको अग्रणी शैक्षिक संस्था जस्ले अनुभवका आधारमा चलिरहेका बर्ष र सेमेष्टरको नतिजालाई पुर्व बर्ष  र सेमेष्टरको आधारमा मुल्यांकन गर्ने हैसियत नराख्ने?? राष्ट्रिय परिक्षा बोर्ड(NEB)ले पनि कक्षा १२का विद्यार्थीको कुनै अन्य कुराहरुलाई आधार बनाएर परिक्षाको स्वरुप बदल्न नसक्ने??अरु बाकी बिश्वबिद्धालयमा उपकुलपति र रजिस्टार नियुक्त गर्न नसक्ने कस्तो शैक्षिक प्रणालीमा हामी चल्दैछौं??हाम्रो शैक्षिक संस्कार कस्तो बन्दैछ??शैक्षिक माफियाका निम्ति मात्र सरकारले उदारता देखाउने आफ्नो भविष्य बनाउन यी शैक्षिक संस्था संग आवद्द विद्यार्थीको बेवास्ता गर्ने??पढ्न र सिक्न पाउने अधिकारबाट विद्यार्थीलाई बन्चित गराउने??कस्तो खालका नियम कानुन बनाएर अगाडि बढ्दा ठिक होला शैक्षिक संस्थाका ठालुहरुले भन्न नसक्ने??एउटा देशको प्रमुख बन्नलाई कुनै शैक्षिक संस्थाबाट कुनै तह पास नगरेको भएपनि चल्ने अनि तिनैको नितिनियम बाट चल्नलाई हामी जस्तो देशको कर्णधारलाई स्नातक र स्नातकोत्तर तह पास गर्नुपर्ने अनपढ गवारको नेतृत्वमा हामी हिड्नुपर्ने??प्रधानमन्त्रीलाई कुलपती मान्ने स्थितिमा कि हाम्रो बिश्वबिद्धालयको कुलपती कुनै बिधामा स्नातकोत्तर पास गरेको होस हैन भने पटकपटक माध्यमिक तहपनि उतिर्ण गर्ने हैसियत र सामर्थ्य राख्न नसक्नेलाई हामिले पुज्नुपर्ने??यस्तो शैक्षिक प्रणालीमा कतिन्जेल परिवर्तनको आशा राखेर चल्ने??
कुनैपनी हालतमा सरकार,राष्ट्रिय परिक्षा बोर्ड,तथा सम्पुर्ण बिश्वबिद्धालयले परिक्षा लिएर नै छाड्ने हो भने पोखरा बसेर विद्यार्थीका निम्ती राजनीति गरिरहेको एउटा विद्यार्थी नेताको हैसियतले पोखराबाटै चेतावनी दिन चाहान्छु सरकार र शैक्षिक क्षेत्र संग संबंधित मन्त्रालय,सरोकारवालाहरु माफियाकै निम्ति आफुलाई समर्पित गर्दै गर्दा भोलि तिम्रो त्यो निर्णयको विरुद्धमा मसाल लिएर बिग्रहको आन्दोलन सडकमा देखिने पक्कापक्की छ होसियार रहनु!!
बर्षातको बेलामा दिनप्रतिदिन घटिरहेको बाढी-पहिरो जस्ता प्राकृतिक बिपत्ती र कोरोनाको चपेटामा परेका देशका सबै ठाँउका विद्यार्थीलाई जिन्दगी भन्दा परिक्षा प्यारो छैन एउटा जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने यो स्थितिमा काठमाडौंका केही शैक्षिक माफियाको निर्देशन र मनस्थितिले देशका हरेक कुनामा बसेका जिल्ला-जिल्लाका कर्णाली प्रदेश जस्तो बिकट बिकट बस्तिमा बसेका विद्यार्थीलाई यो निर्णयले सन्तुष्ट दिन सक्दैन,यदि माफियाकै मनस्थितिमा चल्ने हो भने हजारौं अलपत्र विद्यार्थीको मनस्थितिमा बसेको हरेक कुराको डरले परिक्षामा अनुत्तीर्ण बनेको पीडा र परिक्षा समाप्तिपछि क्याम्पसले नयाँ सेमेष्टरको भर्नाका बहानामा माग गर्ने शुल्कको पुर्ती गर्न नसक्नुले भोलि आज कोरोनाको कारण ज्यान गुमाउनेको संख्याभन्दा परिक्षा र आर्थिक मन्दिका कारण ज्यान गुमाउनेको संख्या बढी नहोला भन्न सकिदैन!!!
एकबर्ष शैक्षिक प्रणाली ढिला हुने डरले भर्खर-भर्खर भविष्यको चिन्तन बोकेर अगाडि बढेका यी कलिला हातहरुमाथि किन माफियासंगको साझेदारीमा जिन्दगीनै लिने सोचमा छन सरोकारवाला हरु आजको गम्भीर प्रश्न र चासोको बिषय हो यो!!
कैलालीमा बाढि,दाङमा पहिरो,दुर्लुङ्गमा पहिरो तराईका अधिकांश जिल्ला डुबानमा,देशैभर कोरोना संक्रमितको संख्या तिव्रदरमा वृद्धि जस्ता अनेकन समाचारको बिचमा शारीरिक रुपमै परिक्षा केन्द्रमा उपस्थित भएर परिक्षा दिने वातावरणका अगाडि खै बाढी-पहिरोले बिस्थापित विद्यार्थीको लेखाजोखा??खै कोरोनाको संक्रमणले थलिएका विद्यार्थीको लेखाजोखा??
यत्ती धेरै कुरा भन्दै गर्दा परिक्षा संग डराएर विद्यार्थी भाग्ने बहाना बन्दैछ कोरोना र प्राकृतिक बिपत्ती भन्ने नभेटिएलान् भन्न सकिदैन परिक्षा स्थगन भएर परिक्षाको पर्खाइमा बसेका हरेक विद्यार्थी तयार छन परिक्षा दिन तर यो महामारी र बिपत्तिको साम्यपछि मात्र,यो त साम्यनै हुँदैन परिक्षा लिने नै हो भन्ने हैसियत राख्ने हो भने यी लाखौं विद्यार्थीको स्वास्थ्यको सुरक्षाको जिम्मेवार को??भविष्यमा आइपर्ने भवितव्यंको जिम्मेवारी को?? यदि त्यति नै आत्तुरी भएको हो भने हामी परिक्षा दिन तयार छौं तर तिमिहरु जस्ता शैक्षिक माफियालाई साथमै राखेर वास्तविक विद्यार्थीको पीडा र भोगाइको पाठन सहित बन्द कोठामा थुनेर तिमिहरुको जिन्दगीको परिक्षा लिन्छौं हामी!! राजधानीका निजि क्याम्पस र बिद्यालयको सुझावमा शैक्षिक क्षेत्र चलाउन खोज्नेहरु एकपटक सम्झ तिम्रो त्यो देशका हरेक ठाँउमा घटिरहेका घटना अनि लैजाउ राजधानी बाहिरको विद्यार्थी बनाएर तिम्रो छोराछोरीलाई अनि कल्पना गर एकपटक गाउँको थोत्रो घरमा बिजुली बत्ती समेत नभएको क्षण,पहिरोले बगाएको आगनीको डिल,पानीले भिजेर मक्किएको घरको गारो अनि कोरोनाले क्षतबीक्षत बनेको आफ्नो वरिपरिको गाउँ/जिल्ला अनि बल्ल बुझ्नेछौं तिमिहरुले यी गाउले विद्यार्थीको पीडा अनि रहरभित्र लुकेको डर!!!
परिक्षा एकबर्ष ढिला होस तर परिक्षा बोर्ड,बिश्वबिद्धालय,र शिक्षा मन्त्रालयको निर्णयले विद्यार्थीको जिन्दगी नै ढिला नहोस् शुभकामना🙏
       #जयनेपाल_बनाउनेपाल✌️
             (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Tuesday, July 28, 2020

याे ज्यान बचाउने समय हो। सरकार हामी निर्दोष विद्यार्थीलाई कोरोना को शिकार नबनाऊ।-LAKESIDEPOST



पोखरा : श्रावण-१३ ; परीक्षाको विकल्प परिक्षा नै हो यो कुरा हामी सम्पुर्ण विद्यार्थीले बुझ्नु पर्छ र बुझेका छौ ।काेभिड १९ महामारीले चैत ०६ गतेदेखि त्रिभुवन विश्वविद्यालय लगाएत देशका सम्पुर्ण विश्वविद्यालयका परीक्षा स्थगित भए संगै विगत ४ महिना देखि न राम्रो संग पढ्न पाएका छौ न त निर्धक्क सङ बस्न नै पाइएको छ । कसरी याे महामारीबाट सुरक्षित हुने भनी सतर्कता अपनाएर बसेका छौ ।यस्तो विषम परिस्थितिका  बावजुत विश्वविद्यालयहरु विद्यार्थीहरुलाई मानसिक रुपमा तनाव दिने गलत नियतले भदौ महिना देखि परिक्षा सञ्चालन गर्ने विज्ञप्ति निकाल्नु कति सम्म गैरजिम्मेवार निर्णय हो। सरकारले भदौ १ पछि मात्र लामो दुरीका सवारीसाधन चल्न दिने निर्णय र देशभर गै रहेकोे बाढी, पहिरोका कारण अबरुद्ध सडकले गर्दा कलेज सम्म पुग्न सक्ने स्थिति पनि छैन भने जिल्ला जिल्लामा रहेका क्याम्पसहरु अझैसम्म पनि क्वारेन्टाइनको रूपमा प्रयोग हुँदै आएकोले हाल सालै ती क्याम्पसहरुमा पनि परिक्षा केन्द्र राखी परिक्षा लिन सकिने अवस्थ पनि छैन ।तेसैले येस्तो विषम परिस्थितिमा  विद्यार्थी काे भावनाको कदर गर्न जरुरी छ ।कोरोनाको जोखिम दिन पर्ते दिन बढेको छ। स्थिति असहज भयो भने त फेरि lockdown त हुन सक्छ भने परिक्षा त पछि को कुरा हो।
येस्तो संबेदनसिल विषयमा हतार गर्नाले कतै ठुलो महामारी लाई निम्तो दिने काम त हुदैन ?
जीवन छ सब थोक छ
जीवन छैन त केही छैन

समस्या अनि समाधान केके हुन भनेर म केही प्रश्न सोध्छु तेस्को उत्तर दिनु हामीलाई कति हाम्रो मात्रै मुल्यांकन गर्नु हुन छ।
          Time: shrawan 20 
         Group A'   ( 5*20=100)

१.परीक्षा लिनु गलत होइन तर यो बेलामा कलेज सम्म मात्रै पनि पुग्न नसक्ने अवस्था छ कसरि गएर बिद्यार्थीहरुले परीक्षा दिने?
२.यदी परिक्षा दिने एकजना मात्र बिद्यार्थीलाई कोरोना भाइरस भएको रहेछ  समुहमा बसेर परीक्षा दिँदै गर्दा अरु विद्यार्थी हरु पनि यस रोगबाट संक्रमित भयो भने यसक़ो ज़िम्मा लिने कसले?
३.दशै अघि नै हतारमा परिक्षा गर्नुको फाइदा केके हुन?
४.के  बिद्यार्थीहरु माथिको तनाव नै  त्रिभुवन विश्वविद्यालय को उपलब्धि हो?
५. भविष्य‌ निर्माणको लागि ‌अगि सरेका विद्यार्थीको जिवन सँग खेलवाड गर्नु  कस्को उपलब्धि हो?
              लेखिका- सविना तिमिल्सिना

Monday, July 27, 2020

नारीमाथि बलात्कार, यसिड प्रहार जस्ता घातक कामहरुले नारिको अस्मिता र इज्जत माथी ठुलो चोट -LAKESIDEPOST


मेरो देश! नेपाल,हामी नेपाली अनि म त्यहि नेपालकि छोरी  भनेर चिनीने नारी ।। हाम्रो देश नेपाल भोैगोलिक र संस्कृतिक बिबिधताले भरिएको छ। तल समथर तराई का फाटहरु फेरी हिमाल अनि पहाडको लोभलाग्दो भुगोल। सयौं जातजाति भाषाभाषी को एउटै माला भएर मिलेर बसेको हाम्रो देश नेपाल...लाग्छ स्वर्ग यहिनै हो यहीँ नै छ। हाम्रो देश लोकतान्त्रिक,प्रजातान्त्रिक देश आज नारी मारा देश, नारीशोषक देश जस्तो बन्दै गइरहेको अनुभव भैरहेको छ । हे नारीको सौन्दर्य प्रती मोहित कुबिचारीहो नारी प्राप्तीका लागि यती सम्म लाचार र घिनलाग्दो बन्न पुगेउ । यउटा नारि प्राप्तिको लागि यतिसम्म लाचार हर्कत गर्न सक्ने निक्ममाहरुले नोै महिना कोखमा राखेर दस धारा दूध खुवायर हुर्काउने आमालई सम्झेनउ? कि तिम्री आमा पनि नारी नै हुन भन्ने कुरा याद आयन। आखिर यो सब केका लागि गर्दै छोै कस्का लागी..? सक्छोै भने भ्रस्टाचारि, अदमखोर कानुन र देशलाई भड्खालो तिर लैजाने सरकारलाई Acid प्रहार गरेर देखाउ आखिर किन नारी,छोरी, चेली माथि हद भन्दा हदको लाचार पन देखाउदै छोै। यस्ता जस्ता नारी घातिलाई जति गाली गरेपनि कुनेै अर्थ छैन जबसम्म कि भ्रस्ट सरकार र भ्रस्टाचारिहरुको तलुवा चाटेर हिडने प्रशासन चल्छ। 


देश सङ्कटमा परेर आफ्नो भुभाग नै अन्योलमा पारिसकेको, भ्रस्ट नै भष्टले देश टुक्रा पारिसकेको र हिजो आजका दिनमा नारीमाथि बलात्कार, यसिड प्रहार जस्ता घातक कामहरुले नारिको अस्मिता र इज्जत माथी ठुलो चोट पुराएको छ !! नारीहरु सबै एकजुट भइ जुटेर लम्पसार सरकार र नारि बिरोधी धर्तिका बोझ हरुलाई नारी शक्ति कति छ भन्ने कुरा आवास गराउन जरुरी छ। राजनैतिक भागबन्डा मात्र हैन नारिको हक हित सुनिस्चित गर्न अगाडि बढोै । सबै एकजुट भएर लागि परौ !!          जय नारी जय नेपाल।।
लेखिका : दीपिका भण्डारी

Tuesday, July 21, 2020

पोखरा वृद्धाश्रममा बि पि कोइरालाको ३८ औं स्मृति दिवस पारेर नेपाल विद्यार्थी संघ जनप्रिय मूल इकाई समितिले फलफूल वितरण-LAKESIDEPOST




नेपाली काँग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रीक समाजवादका प्रणेता एवं मूर्धन्य साहित्यकार महामानव विपि कोइराला प्रति प्रेमील सम्झना तथा भावपूर्ण श्रद्धाञ्जली।
विश्वस्वर प्रसाद कोइराला को ३८ औं स्मृति दिवसको अवसर पारेर जनप्रिय बहुमुखि क्याम्पसको नेपाल विद्यार्थी संघद्वारा पोखरा वृद्धाश्रममा फलफूल वितरण गरेका थिए।


यसै कार्यक्रममा नेपाल विद्यार्थी संघ मूल इकाइका सभापति नसिव गुरुङले पोखरा वृद्धाश्रमको जेष्ठ नागरिकलाई फलफूल हस्तान्तरण गर्नु भएको थियो। उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघको उप सभापति निर्दोष विक्रम पौडेल, उप सभापति डेक पुन,उप सभापति समीर अधिकारी ,सचिव हिकमत जंग कार्की, सह सचिव शंकर पहारी, सह सचिव सागर खत्री, सदस्य असीम गुबाजु ।स्ववियु सदस्य सविना तिमिल्सिना र +२ समितिका सभापति रोशन ढकाल साथै विद्यार्थी नेता/नेतृ हरु नवराज सुनार, सन्देश कार्की, सुस्मिता गिरी, सन्देश दाहाल, अनु देवकोटा, पुकार पराजुली, अविनाश नेपाली उपस्थित भएका थिए। यस कार्यक्रमका संयोजक तथा नेपाली विद्यार्थी संघ मूल इकाइ समितिका उप सभापति आदित्य देवकोटाले जानकारी दिएका थिए।

Thursday, July 2, 2020

बिद्यार्थी हिक्मतको अनलाइन क्लास नगर्न क्याम्पस संग आग्रह

जनप्रिय बहुमुखी क्याम्पस,  पोखरा ८ सिमलचौर     त्रिभुवन बिश्वबिद्धालय केन्द्रीय कार्यालय,काठमाडौं  शिक्षा मन्त्रालय तथा मन्त्री परिषदको कार्यालय     बिषय::गम्भीर ध्यानाकर्षण सम्बन्धमा
हालको समयलाई मध्य नजर गर्दै  त्रिभुवन विश्वविद्यालय को निति अनुरुप सहज रूपमा क्याम्पस नचल्ने सम्म जनप्रिय बहुमुखी क्याम्पस ले अर्को हप्ता बाट अनलाइन (0nline) कक्षा सञ्चालन गर्ने कुरा हिजो जनकारीमा आएको थियो।
हामीले सम्पूर्ण बिद्यार्थीहरुमा जनकारी होस भनी समाजिक सन्जालमा राखेका थिएउ । 
त्यस पश्चात धेरै बिद्यार्थीहरुको म्यासेज( message) बाट आफूहरू गाउँमा रहेको र अनलाइन कक्षा पढ्न समस्या हुने कुरा बताउनू भयो। हाम्रो क्याम्पसको विद्यार्थीहरु निजि कलेजका जस्तो सयौंको संख्यामा हैन हजारौंको संख्यामा छन  ।
हाम्रो क्याम्पसमा अध्ययन गर्ने धेरै बिद्यार्थीहरु गाउँबाट आई पोखराको बिभीन्न ठाउमा कोठा भाडामा लीई अध्ययन गर्नूहुन्छ र अहिलेको बिपतको बेलामा सबैजना  आआफ्नो गाउँहरुमा हुनुहुन्छ भन्ने कुरा क्याम्पसलाई राम्रो संग थाहा भएको कुरा हो। त्यस्ले गर्दा हजारौ बिद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसका बिद्यार्थीहरुलाई  अनलाइन क्लास पढ्न निकै गारो र अफ्ठ्यारो हुनेछ। नेपाल जस्तो बिकास हुदै गरेको देशमा गाउँगाउँमा wifi हुने गाउँ गाउँमा  3G ,4G  चल्ने कुरा त  टाढाको हो  । कति संग त ईन्टरनेटको पहुँच पनि छैन अनि 
बर्खाको बेला गाउँहरुमा बत्ती नभएर मनिसहरु आन्धकारमा बस्ने गर्छन र यस्तो बेलामा अनलाइन क्लास पढ्ने कुनै संभावना छैन ।

यो लेख मेरो मात्र नभएर गाउँबाट आएर अध्ययन गर्ने सयौं विद्यार्थीको आवाज हो।
यो कुरालाई क्याम्पसले,क्याम्पस प्रशासनले,क्याम्पस प्रमुखले गम्भीर रूपमा सोचदिनु हुन आग्रह गर्दछु र यस विषयमा सम्पुर्णको गम्भीर ध्यानाकर्षण जओस।
हिक्मत जंग कार्की
BBS (तेस्रो बसेँ )
जनप्रिय बहुमुखी क्याम्पस , पोखरा