Sunday, May 31, 2020

शैक्षिक माफिया कि,गरिब जनता आखिर कस्का लागि सरकार??




 जेठ १९, पोखरा२८; सागर अधिकारी 
        बिश्वब्यापी रुपमा बिश्व जगत लाई नै आक्रान्त बनाइरहेको नोबल कोरोना भाइरस(COVID19) को महामारीको चपेटामा परेको मध्यम बिकसित राज्य नेपालमा अहिले बिश्व स्वास्थ्य संगठनले सिफारिस गरेको उत्तम विकल्प बन्दाबन्दी अर्थात लकडाउन निरन्तर अनि चरणवद्द रुपमा लागू तथा कार्यान्वयन भएको अवस्था छ! खासै स्वास्थ्य क्षेत्रमा कुनै छलाङ मार्न नसकेको देशमा अन्य क्षेत्रमा पनि प्रगती होला भन्ने आशा गर्नु त जेठ १५ मा प्रतिनिधिसभा बैठकमा माननीय अर्थमन्त्री मार्फत पेश गरिएको बजेट बाट नै प्रष्ट हुन्छ!
एउटा यस्तो मुलुक जुन मुलुकमा राज्य संचालन गर्ने व्यक्तीहरु नै महामारीको बेलामा पनि जनताको स्वास्थ्य,शिक्षा,गाँस लगायतका हरेक कुराको बेवास्ता गर्दै आफ्नो खल्ति भर्ने पुंजीवादी शैलीमा अगाडि बढनुले सरकार जनताका निम्ति नरहेको प्रष्ट त हुन्छ नै!
लकडाउन अर्थात बन्दाबन्दी घोषणा गरेको १ हप्ता नहुदै भोकमरी लाग्ने भन्दै राहत बितरणमा व्यस्त व्यक्तित्व आज कुना-कुनामा पसेका छन भने वास्तविक पीडितले राहत पाउनुको सट्टा भोको पेट हिन्नु परेको अवस्था पनि छ !प्रतिकुल अवस्थामा पनि आफू नजिकका अनि आफुलाई कमिसन मिल्ने व्यक्ति र संघसंस्थाका निमित्त मात्र हितकारी बनेर आखिर वास्तविक पिडितका लागि सरकार छ भन्ने अनुकुल स्थिति कहिले देखाउने सरकारले?
सरकारले चक्लेट जस्ता चिजमा करको दायरा घटाउदै पुस्तक तथा अन्य आवश्यक चिजमा यथावत राखि बजेट विनियोजन आखिर किन र के-का लागि? जनताका छोराछोरी चक्लेट खान नपाएर हैन चामल खान नपाएर भोकै बस्नुपर्ने र अक्षर चिन्न सुरु गरेका केटाकेटी किताब त परै जाओस् कपि र कलम किन्न नसक्ने अवस्थामा छन!
सबैभन्दा आक्रान्त र क्षतबिक्षत बनेको बालबालिकाको शैक्षिक अवस्था र शिक्षा क्षेत्रका निम्ति सरकार किन लाचार बन्यो त्यो अझै गम्भीर बिषय हो या होइन त्यसको विश्लेषण सरकार स्वंयले गरोस!
बर्षभरिमा विभिन्न बहाना बनाएर अतिरिक्त शुल्क असुल गर्दै घोकन्ते विद्यालाई मात्र प्राथमिकता दिने निजि विद्यालयलाई सरकारी विद्यालयको जिम्मा दिने निर्णय कस्का र के-का लागी?शैक्षिक माफियाका लागि कि सच्चा शिक्षाप्रेमीका लागि?कहाँनेर चुक्यो सरकार माफियासंग र यस्तो विवादास्पद निर्णय गर्न बाध्य बन्यो?
सरकारलाई स्मरण होस अहिले सरकार चलाइरहेका मेरो बिचारमा सबै सरकारी बिद्यालयबाट आफ्नो शैक्षिक यात्रा सम्पन्न गरेर आएका हुन भलै ८पास,१० पास,१०+२ पास तथा उच्च शिक्षा पास गरेका हुन जे गरेतापनी त्यो सरकारी विद्यालयसंगको सम्बन्ध अविस्मरणीय र अमेट हुनुपर्ने हो तर बिडम्बना कमिसनको खेलका कारण आज सरकारी बिद्यालयलाई निजि बिद्यालयको जिम्मा लगाउनु जायज हो?यस्को स्पष्टीकरण सरकार र जिम्मेवार मन्त्रीले दिनैपर्छ!मेरो/हाम्रो भनौं कि भोट हालेर जिताएकाको मात्र सरकार भनौं खैर जे भनौं आज कोहि खुसी छौं सरकारका यस्ता निर्णयले?अत्तालिने बेला आएको छ आदरणीय भोटर साथीहरू तपाईंले भोट हाल्ने बेलामा गरेको गल्तिले तपाइँको मात्र हैन तपाइँका छोराछोरीको भविष्यको बर्बादी भएको छ त्यो महशुस गर्ने कि नगर्ने??
सरकारका हरकोही कदमका पछाडि एकोहोरो दकुर्दै जाने हो भने भविष्यमा आफैलाई घातक बन्न जान्छ बुद्दिमतापुर्वक सावधानी अपनाउने बेला आएको छ तपाइँ हामी सबैले स्वास्थ्य भन्दा ठूलो शिक्षा कदापी हुन सक्दै सक्दैन!शिक्षाका निम्ति स्वास्थ्यलाई धरापमा राखेर अगाडि बढ्ने निर्णय गर्नु आपत्तिजनक र निन्दनिय छ यस्को जतिसुकै खेद प्रकट गरेपनी कम हुन् जान्छ!
            काल्पनिक तर यथार्थ;;शैक्षिक क्षेत्रलाई तिमिहरुको निर्णयको निजीकरणले::
आमाले पकाएको मिष्ठान्न खानेकुरा टन्न खाएर,खल्तिमा दिनकै १०० रुपैयाँ खाजाका लागि बोकेर,सुकिलो लुगा लगाएर,महङ्गो अत्तर बसाउदैं,१०० रुपैयाँको कापीमा १०० रुपैयाँकै फाउन्टेन पेनले A,B,C,D..... कोर्दै निजि विद्यालयमा पढेका विद्यार्थीको भविष्य त बन्ला सरकार तर सरकारी बिद्यालयमा कक्षा ५  मा पढने  मेरै छिमेकी भाउजु कि छोरी बिहान आमा मेलापात गएका बेला घरमा खाना पकाएर,घरधन्दा सकेर,आधापेट खाना खाएर(अरुलाई नपुग्ला भन्ने डरले),खाजा बेगरै,मैलो,च्यात्तिएको कमिज र फ्रक लगाएर,भैसीको गोबर गन्हाउदैं १० रुपैयाँको कलम बोकेर,३ रुपैयाँको सिसाकलमले मुस्किलले क,ख,ग,घ....कोरेकी उस्को भविष्य बन्ला त सरकारको यो निर्णयले??
सरकारी बिद्यालयको पठनपाठनको स्तर र शैक्षिक गुणस्तरलाई सुधारेर अगाडि बढनु त कहाँ हो कहाँ त्यस्को सट्टा सरासर निजि विद्यालयको जिम्मा लगाउनु भनेको त;घरमा पालेको कुखुरा घरमा अरु मान्छे हुँदाहुँदै स्याहेरेले खोरबाटै निकालेर स्यालको मुखमा लगेर दिएजस्तो भएन र? हामीले सरकारलाई गरिब जनताको रखवाला गर्नका लागि पठाएका हौ नाकी शैक्षिक तथा अन्य माफियाको गुलाम बन्नका लागि!
हामिले तिरेको करले सरकारी बिद्यालयका शिक्षकको तलब तिर्ने,आफू पनि त्यही करबाट तलब लिने अनि सरकारी बिद्यालयको गुणस्तरमा वृद्धि नगरी कमिसन खाने लोभले निजि शैक्षिक माफिया संग मिलेर सरकारी शिक्षा क्षेत्रको तहसनहस गर्ने यो अधिकार कस्ले र कहिले दियो?? आफ्ना छोराछोरी बिदेशमा पढाएर मात्रै हुँदैन माननीय ज्युहरु कल्पना गर्नुस त नेपालका ती गरिब भन्दा गरिब किसानका छोराछोरी अझैपनि सरकारले तय गरेको पाठ्यक्रम अनुसारको सरकारी बिद्यालयमा अध्ययन गर्छन भन्ने कुरा अनि निर्णय गर्नु अगाडि आफ्नो छोराछोरीलाई हैन ती गरिब किसानका छोराछोरीलाई सम्झनुस्!!तपाईंले देखाएको मार्गचित्रमा अगाडि बढेका तपाईंका छोराछोरीले सम्मान गर्न लायक बनाउनुस ती गरिब किसानका छोराछोरीलाई जस्ले आफू र आफ्नो सपनालाई तिलांन्जलि दिएर खाइ-नखाइ तपाइँ र तपाईंको छोराछोरीका निमित्त तपाईंले निर्धारण गरेको कर तिरेका छन् केही त पाएका होलान त्यो आफुले तिरेको करबाट तर अपेक्षाकृत केही पाएका छैनन्,धेरै त गुमाएका छन!
सरकारी बिद्यालयमा क्वारेन्टाइन बनाएर निजि बिद्यालयलाई भर्ना अभियान संचालन गर्न दिनु गरिब जनताको अभिमतको खिलाफमा छ,यो अभियान संचालन गर गरेर गर्न खोजेको के?सबैलाई आफुजस्तै पुजीवादी सम्झेर निर्णय गरेको हे निकम्मा सरकार निजि बिद्यालयको शुल्क समायोजन तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर नसुधारेसम्म यो निर्णय कार्यान्वयन हुनुहुदैन जुनसुकै हालतमा यो कदमबाट सरकार पछाडी हट्नुको विकल्प छैन!!विद्यार्थीको शैक्षिक अवस्थाको बारेमा साच्चिकै चिन्ता महशुस भएको हो भने तलब खाएर बसेका सरकारी शिक्षकलाई विद्यार्थीको स्वास्थ तथा शैक्षिक अवस्थाको निगरानी गर्न ह्विप जारी गर्नुको विकल्प छैन गर्नुपर्ने पनि त्यही नै हो!अन्यथा बिग्रेको केही छैन सरकारी बिद्यालयका शिक्षकहरुले भदौ महिनामा बिद्यालय संचालन गरेपनी मन,वचन,र कर्मले आफुलाई अगाडि बढाउने हो भने आरामले चैत्र महिनासम्ममा पाठ्यक्रम सम्पन्न गर्न सक्छन बरु शैक्षिक गुणस्तर सुधार्ने अभिप्राय राख्दै त्यतातिर सरकारको ध्यान जाओस्!
पुस्तकमा लगाइएको करको दायरालाई न्यून बनाएर निजि विद्यालयले गरेको/असुलेको चरम शुल्कलाई घटाएर गरिब जनताका छोराछोरीको शैक्षिक क्षेत्रमा परेको असरको छिटोभन्दा छिटो न्यूनीकरण होस!राष्ट्र र राष्ट्रियताको चर्को नारा लाउने पुजीवादी कम्न्युष्ट सिद्धान्तको खोक्रो राष्ट्रवाद यस्तै गतिविधिबाट दिन प्रतिदिन छरपस्ट बन्दै गएको छ!हे मेरा विद्यार्थी राजनीतिका समकक्षी साथीहरू हो बेलैमा बोल्नुस देश माफियाको हातमा सुम्पिएर तपाइँ,हामी र हाम्रा पछिल्ला पुस्तालाई कंगाल बनाउने खेलमा सरकारले बाजि मार्यो भने यस्को जिम्मेवारी हामिले लिनुपर्ने हुन्छ!बेलैमा सोचौं शैक्षिक माफियाका हातमा नेपालको शिक्षा प्रणालीलाई सुम्पिन नदिउ!
#जयनेपाल_जयस्वाभिमान🙏
     (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Thursday, May 28, 2020

जातिय आधारमा दलित;वास्तविक दलितको वर्गीकरण कसरी?जात हैन कर्ममा बिश्वास आखिर कहिले?


जेेठ १६, पोखरा ; नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।
दलित हुनुको कारण!
राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकास गर्ने सिलसिला हेर्ने हो भने दलित जातिको लामै इतिहास रहेको पाइन्छ नेपालमा । 'राजा हुन चाहियो जे खोज्यो त्यही पाइयो' भन्ने उखानको अर्थसहित नेपालमा दलित जातको उत्पत्तिको बारेमा खोज्ने प्रयास गरेको छु ।
राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइभारदारका बीचमा राजपरिवारमा छलफल भयो । त्यसपछि जयस्थिति मल्लले विचार गरे, अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे । राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ ।
त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्‌यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ-महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो- गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो ।
तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए- यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।
त्यही क्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाको रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । बिहानको समयमा बोकाको बलि चढाउने बेलामा खुकुरीको आवश्यक पर्‌यो । त्यो कहाँबाट ल्याउने हो भन्नेबारे छलफल भयो । त्यसै बेलामा फलामसम्बन्धी ज्ञान भएकाहरूको भेला गराइयो । राजाबाट हुकुम भयो-कसले यो काम गर्न सक्छ ? एकजनाले फेरि म बनाउन सक्छु भनिहाल्यो । त्यसपछि उनी त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि स्याबासी पाएछन् ।
त्यहीबेला रानी पनि त्यहाँ आइपुग्दा उनले भनिन्-यो कसले बनाएर ल्याएको हो ? तरबार बनाउनेले भन्यो- मैले हजुर । अनि रानीले पड्केर भनिछन्-तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन । अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफूले बनाएको समान राजा-महाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो ।
त्यसपछि त्यो तरबार लुवाबाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई लोहार जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो दलित भनेर चिनियो । त्यो नै दलितलाई अभिशाप बन्न गयो ।
यसैलाई कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला-पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो ।
तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ ।
आजका दलितले पनि त्यही दुर्गति भग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रस्ट भएको पाइन्छ । राष्ट्रिय नागरिक अदालतले सन् १८५४ मा मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषण गर्‌यो, तर कार्यान्वयन भने हुन सकेन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियति भोग्दै आएका छन् ।
नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक पाइन्छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिलाई मात्र जगेर्ना गर्न सकेकोमा उनीहरू आफैंमा भरिपूर्ण हुनेछन् । नेपालमा भएको दलित जातको बारेमा पनि थुप्रै अनुसन्धान नभएको पनि होइन, केवल कागजमा मात्र सीमित भएका छन् ।

कुनै न कुनै तवरबाट दलितहरूलाई अपहेलित गर्ने प्रचलन अद्यापि छ । त्यो नै दलितको लागि अभिशाप बन्न गयो ।

त्यसैको विकसित स्वरूपमा नेपालमा जातिप्रथाको जग बस्यो र पछि पृथ्वीनारायाण शाहले पनि भुरेटाकुर राजाहरूलाई एकीकरण गर्दा खासै दलितहरूलाई लडाइँको बेलामा प्रयोग गरे । जातीय भेदभाव अन्त्यको पहल नै गरिएन । भारतमा महात्मा गान्धीले गरेजस्तै गरे । सिंगो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन । मनिराम गाइने, बागे सार्की, बिर्खे नकर्मी, दिलबहादुर रम्तेल जस्ताले दलित मुक्ति आन्दोलनको लागि आफूहरू बलिको बोको भए । जसको फाइदा अगुवाहरूले उठाए । दलित भने जहाँको त्यहीं । वाचा गरे लडाइँको बेला अनि फुक्का पारे तिनीहरूको शक्ति र भक्तिलाई ।
दलित वृद्धाले सधैं भने गर्छन्-दलितहरू सीपयुक्त हुने भएकाले काममा लगाउने तर फल उपल्लो जातकाले खाने ? कुनै न कुनै तवरबाट उनीहरूलाई अपहेलित गर्ने प्रचलन छ । एक्काईसौं शताब्दीमा आइपुग्दा दलित जातको बारेमा भएका अनेकौं खोजबिनले पनि दलितको इतिहास लामो रहेको पाइन्छ ।
जव सम्म मानिसको चिन्तनमा सकारात्मक परिवर्तन देखा पार्न सकिदैन तवसम्म हाम्रो व्यवहार वनावटी नै भईरहन्छ । नत्र त अझै पनि यस्ता घटनाहरु मौलाईरहने र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभुत गर्न नसकिने पक्का छ ।

(लेखक नवराज सुनार जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन!)

Wednesday, May 27, 2020

चाया नेपालद्वारा लेकसाइडमा राहत बितरण


जेठ १५, पोखरा; चाया नेपालले लेकसाइडको ३ ठाँउमा राहत बितरण कार्यक्रम गरेको छ।पहिला गाईघाटमा अनि मालपोत र अन्त्यमा दिष्ट्री मार्गमा गरिएको थियो। रहातमा २५ किलो चामल, दाल,तेल,नुन,सोयाविन,चिउरा र २ साबुन थियो।कार्यक्रम सामाजिक दुरी कायम गरि वडासंग समन्वय गरेर सम्पन्न गरेको र गरिब तथा मजदुरका करिब १०१ घर-परिवारलाई आफुहरुले खाद्यान्न सहयोग गरेको यही संस्थाका सदस्य सबिन पौडेल र बिसालले जानकारी दिए।
अापती वेला चाया नेपाल भन्दै आफुहरुले आत्मसाथ गरेर दु:खमा परेका गरिब परिवारालाई राहत बितरण गरेको सबिन र बिसालले जनाए। 
कार्यक्रममा चाया नेपालका प्रमुख सदस्य टम,किथ,रवि,धुर्व र माइकले संन्चालन गरेका थिए। 
         कार्यक्रम सामाजिक दुरी कायम गरि वडासंग समन्वय गरेर सम्पन्न गरेको थियो ।

सकार्यक्रममा पोखरा – ६ का वडा सदस्य हरी पहारीको उपस्थिति थियो।कार्यक्रम संयोजक टम,किथ,रवि,धुर्व र माइकले अाफुहरुको कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।                      
अासा छ अझै सहयोगी हात भेटिएला।
धन्यवाद।

Tuesday, May 26, 2020

नेपालमा कोरोना , जनजीवन अस्तव्यस्त र आर्थीक मन्दी: पुकार पराजुली


जेठ-१३,पोखरा ; चिनको बुहानशहरबाट डिसेमबरमा सुरु भएको कोरोना भाइरसले यतिबेला बिश्वभर नै महामारीको रुप फैलिएको छ । कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको सुरुवात अन्य देशमा रहदै गर्दा नेपालले पनि चैत्र ११ गतेदेखि लगातार रुपमा चरणवद्द बन्दाबन्दी गरिरहेको छ भने यस्को प्रभावकारी उपयोग पनि जनताले गरिरहेका छन!!बिश्वनै अस्तव्यस्त र प्रभावित बनिरहेका बेला भुपरिबेष्ठित राष्ट्रका रुपमा स्थापित नेपाल पनि यस्को प्रभावका कारण ग्रसित बनेको छ।

बन्दाबन्दी गरिदै गर्दा उचित रुपमा यस्को कार्यान्वयन गर्न नसकाउनुले देश हरेक कुराले पछाडी पर्नेको आंकलन पनि यतिबेला गरिएको छ। बिदेशमा रहेका नेपाली फिर्ता आएपछी देशमा करिब-करिब ४० देखि ५० लाख सम्म दक्ष जनशक्ति बेरोजगारको चपेटामा पर्नेछन र यस्को प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ। जसरी यो समयमा सबै जन्तालाई दुख्ख परेको छ। त्यसरी नै यो समयमा सबै भन्दा मर्का अहिले व्यापारी परेको छ। 

लामो समय लकडाउन लम्बिँदा व्यापारबाटै स्वाहा  हुने अवस्था आउन लागेको छ । विश्वमहामारी कोरोना भाइरसले यकिन गर्न अनि हिसाब गर्नै नसक्ने मानवीय, आर्थिक, शैक्षिक, सामाजिक, धार्मिक अनि राजनीतिक र व्यापार जस्ता समुदायमा सबै पक्षमा बराबर मात्रामा क्षति पुर्याएको छ । जसबाट आर्थिक क्षेत्र नराम्रोसंग प्रभावित भएको छ । विश्व रेकर्ड गिनिजबुकमा नाम राखेका अनि राम्रो अनि प्रगतिमूलक छवि बनाएका विश्व बैंकहरू पनि अहिले धरापमा परेका छन् । 

त्यसैगरी दुई महिनादेखि सबैको पसलका सटरहरू बन्द रहेको हुदा व्यापारीहरू व्यवसायमा फर्कनै नसक्ने अवस्था आएको  छ। व्यवसायीहरू ठूलो समस्यामा परिसक्दा पनि राज्यले व्यवस्था  गर्न भने सकेको छैन । अर्थतन्त्र धान्नै नसक्ने गरि देखापरेको विश्वमहामारीका कारण अहिले बैंकिङ क्षेत्रहरू धरासयी अवस्थामा पुगेका छन् । उद्योग, कलकारखाना, ब्यापार अनि फर्म सञ्चालन गर्न भनी किस्ताबन्दीमा ऋण लिएका बैंकिङ ग्राहक वर्गहरू अहिले टाउकोमा हात राखेर एकान्तवासमा बिलौना गरि बसिरहेको देखिन्छ । 

आम्दानी एक रुपैयाँ नभए पनि खर्च भने भइरहेका कारण व्यवसायीहरू  धेरै समस्यामा परेका छन । त्यसैगरी जुन क्रेडीट बजारमा रहेको छ त्यो पनि नउठने र व्यापारमा नयाॅ लगानी राखेर सुरू गर्न पर्ने अबस्था आईपरेको देखिन्छ ।
लामो समयदेखि सटहरू बन्द रहदा आम्दानी केही नभएको  तर, व्यवसाय गर्न लिएको ऋणको ब्याज तिर्नुपर्छ, घरभाडा तिरिराख्नुपर्छ यसकारण पनि व्यापारीहरू समस्यामा परेको देखिन्छ । जब की व्यापार , धन्दा , उधोग बन्द रहेको छ  अनि मजदुरलाई कसरी तलब दिनु । 

लामो समयदेखि सटहरू बन्द रहदा आम्दानी केही नभएको  तर, व्यवसाय गर्न लिएको ऋणको ब्याज तिर्नुपर्छ, घरभाडा तिरिराख्नुपर्छ यसकारण पनि व्यापारीहरू समस्यामा परेको देखिन्छ ।


  (लेखक:: पुकार पराजुली जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन।)

Sunday, May 24, 2020

नयाँ नक्सा सार्बजनिक गरिएको खुसीयाली नेपालीमा; लेकसाइड शान्तिपाटनमा दीप प्रज्ज्वलन !




पोखरा, जेठ ११; लेकसाइड स्तित शान्तिपाटनमा अाईतवार बेलुका निरभाना क्लवले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका छन्।



पर्यटकीय स्थल लेकसाइड मा निरभाना क्लवले नयाँ नक्सा सार्बजनिक गरिएको खुसीयाली मनाउँदै औपचारिक दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ।

कुनै राजनीतिक दल वा कुनै संघ संस्थाको सर्कुलरमा नभइ मिलेर हामी नेपाली एक हौं भन्ने निरभाना क्लवले मुल नारालाई आत्मसाथ गर्दै उक्त कार्यक्रम गरिएको स्थानीय सबिन पौडेलले बताए।

Saturday, May 23, 2020

सपना बोकेर आएको सानो सानो कलाकार हरु ; लुटपाट गरेको भनेर आक्रोशित



पोखरा जेठ १०;
नेपाली हिपहप पेज भनेर चिनिने एउता फेस्बुका नाम चलेको प्रशिद जुन नेपाली हिपहप underground rapper हरुलाई एउटा platform दिने गर्दै आएको पेज हो। बिगत कुन्नै समय देखि यो पेज को निर्वाचन येउता उत्पदन paid promotion भनेर नेपाली कलाकार हरु संग उनिहरुको येउता म्युजिक भिदियो पेज मा हालेको बापत उनिहरु बाट प्रति रुपैयाँ ३000 देखि ५000 सम्म लिनेे गरि रहेको केही पीडित कलाकार हरु बाट जानकार गराउदा छम । पैसा हुने कलाकार हरु त पैसा देयर अफ्नो promotion गर्छन् तर पैसा नभएको कलाकार हरु पनि हुनसक्छ यी कुरा Nepali hiphop पेज लाई के थाहा हुन्थ्यो र।


पीडित कलाकार हरु भन्छन् नेपाली हिपहप ले भारी मात्र मा पैसा लीयर उनिहरुको म्युजिक भिदियो हाल्छ्न र अर्को पटक फेरि अफ्नो गीत शेयर गर्न लगाउदा उनिहरु संग अझै पैसा माग्ने गर्छन । येस्तो पेज फ्री promotion भनेर पेज को निर्वाचन भनेर पहिला पेज बनाउछन् अनि अफ्नो पेज राम्रो संग चले पछि आफ्नो गारक संग paid promotion माग्छन्।





येस्तै हो भने उनीहरुले ठुलो ठुला कलाकार जस्तै vten, 5:55 , हरु को गीत शेयर गर्दा छाही किन उनिहरु संग पैसाको माग गर्दैनन्न। सानो सानो कलाकारहरु संग छाही किन पैसा मागेर उनिहरु लाई लुट्ने गर्छ्न। सपना बोकेर आएको सानो सानो कलाकार हरु संग paid promotion को नाम मा पैसा लुटददै आएका येस्ता पेज लाई के भन्न् चाहानु हुन्छ तपाईं ।

फ्री promotion को नाम मा उनिहरु लाई support भन्दै हरेक कलाकारहरु संग पैसा माग्दै आएको थाहा पाइछ। येसरी लूटपत गर्ने nepali hiphop पेज मात्र नभएर यहा थुप्रै येस्ता पेज हरु बजार मा पाइछ। नेपाली कलाकार लाई पहिला फ्री promotion को नाम मा पैसा कमाउने भादो बनाउछन ई पेज हरु। केही पेज हरु आजकाल बजारमा येसरी नै देखियको पाइन्छ । येस्तो पेज को कारण ले नै नेपाल मा support भन्दा बदि लूटपत देखिन्छ । येसरी नै धेरै कलाकार हरु फसेका भेटिएको पाईन्छ । येस्ता fake पेज र येस्तो काम गर्ने मान्छे लाई कडा कारबहि गर्नु पर्छ र येसरी फसाउने मान्छेलाई खोजेर उनीहरुको येस्तो काम को हक खोशिदिनु पर्छ हामी टुंगोमा आउदछौ।
(नेपाली हिप हप कलाकार हरु बताउँछन्)

Friday, May 22, 2020

कोरोना एक महामारी;ग्रसित नेपाल



नवराज सुनार पोखरा!
  चिनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरसले यतिबेला बिश्वभर नै महामारीको रुप लिएको छ!यसबाट थुप्रैले ज्यान गुमाइसकेका छन भने बिश्वका अधिकांश मुलुकमा संक्रमितको संख्या पनि उल्लेख्य छ!
बिश्व स्वास्थ संगठन(WHO) का अनुसार यसको उपचारका निमित्त एकान्तवास र एकाअर्काको भेटघाट बन्दको स्वरुप लकडाउन अर्थात बन्दाबन्दि उत्तम बिकल्पको रुपमा लिइएको छ!!
कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको सुरुवात अन्य देशमा रहदै गर्दा नेपालले पनि चैत्र ११ गतेदेखि लगातार रुपमा चरणवद्द बन्दाबन्दी गरिरहेको छ भने यस्को प्रभावकारी उपयोग पनि जनताले गरिरहेका छन!!बिश्वनै अस्तव्यस्त र प्रभावित बनिरहेका बेला भुपरिबेष्ठित राष्ट्रका रुपमा स्थापित नेपाल पनि यस्को प्रभावका कारण ग्रसित बनेको छ!न्यून आय भएका परिवारहरु रहेको र मध्यम बिकसित राष्ट्र नेपालको मुख्य अर्थतन्त्रको यतिबेला नाजुक स्थिति छ!!रेमिटेन्स र जनताको करबाट संचालित राष्ट्र यतिबेला बिदेशमा रहेका युवा जनशक्तिको रोजगारी प्रभावित बनेसंगै अर्थतन्त्र ग्रसित बनेको हो!!यस्तो विषम परिस्थितिमा कृषिमा निर्भर जनताले बन्दाबन्दीका कारण सहज रुपमा आवस्यक कृषिजन्य पदार्थको बिक्रीवितरण गर्न नपाउदा उत्पादनमा पनि कमि आएको छ!!बन्दाबन्दी गरिदै गर्दा उचित रुपमा यस्को कार्यान्वयन गर्न नसकाउनुले देश हरेक कुराले पछाडी पर्नेको आंकलन पनि यतिबेला गरिएको छ!!बिदेशमा रहेका नेपाली फिर्ता आएपछी देशमा करिब-करिब ४० देखि ५० लाख सम्म दक्ष जनशक्ति बेरोजगारको चपेटामा पर्नेछन र यस्को प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ!!यो परिस्थितिले नेपाल जस्ता मध्यम बिकसित राष्ट्रलाई आफैमा निर्भर बन्ने एउटा बलियो अवसर रहेको मुल्यांकन गरिरहदा यहाँभित्रका हरेक उत्पादन संग सम्बन्धित निकायलाई उत्पादन गर्ने सहज परिस्थिति निर्माणका निम्ति सरकारले यथाशीघ्र "एक घर,एक परिक्षण निति"को संचालन गरेर जनतामा रहेको त्रासलाई अन्त्य गर्नुको बिकल्प छैन भने सधैंजसो बिवादित बनिरहेको खुल्ला सिमानालाई पनि यो बेलामा सदाका लागि बन्द गर्नुको बिकल्प छैन!!
आर्थिक बाहेकका सामाजिक,धार्मिक,शैक्षिक तथा अन्य हरेक क्षेत्रलाई ग्रसित बनाइरहेको यो परिस्थितिलाई सम्पुर्ण राष्ट्र एकजुट भएर अगाडि बढने बाताबरण सरकारले निर्माण गरेर देशलाई परनिर्भरताको बाटोबाट आत्मनिर्भरताको बाटोमा अगाडि बढाउने अवसरको सहि सदुपयोग गरियोस!शुभकामना🙏
      (लेखक सुनार जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन!)

Wednesday, May 20, 2020

कोरोना महामारीको असर विद्यार्थी बर्गमा;सरकार र विद्यार्थी संगठन अनविज्ञ बन्दै मौनतामा बस्दै

कोरोना महामारीको असर विद्यार्थी बर्गमा;सरकार र विद्यार्थी संगठन अनविज्ञ बन्दै मौनतामा बस्दै


   सागर अधिकारी;पोखरा-२८
  चिनको वुहान शहरबाट डिसेम्बर ३० २०१९ मा सामुन्द्रीक खानाको कारण एक बृद्द महिलामा देखिएको सामान्य भाइरसका कारण अहिले बिश्वलाई तहसनहस र चकित पारिरहेको अवस्थाको सिर्जना भएको छ!यस्तो भाइरस जस्को उपचार एकान्तवास र तातोपन मात्र रहेको  दावी बिश्वभरका चिकित्सकले गरिरहेका छन भने अहिलेसम्म कुनैपनि औषधिको पहिचान नभएको अवस्था छ!
कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको छ भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका छन!
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिरहेको अवस्था छ!!बिशेषगरि शिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामा स्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) तथा अन्य विभिन्न तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाई अन्योलताका बिचमा अगाडि बढाइरहेका छन!देशका अधिकांश विद्यार्थी देशका मुख्य शहरहरुमा कोठा भाडामा लिएर आफ्नो उच्च शिक्षालाई अगाडि बढाइरहेको अवगत सायद हरेकलाई होला यस्तो महामारीको बेला सरकारले गरेको बन्दाबन्दीका कारण घरको आर्थिक अवस्था अत्यन्तै कमजोर र आम्दानीका स्रोतहरु घट्दै गइरहेको बेला देशका मुख्य शहरमा चर्को घरभाडा तिरेर बसेका हरेक विद्यार्थीमा ठुलो आर्थिक संकट पैदा भएको छ!बन्दाबन्दीका कारण सबै क्षेत्र प्रभावित भएका बेला अनलाइन कक्षाका नाममा कतिपय शैक्षिक संस्थाले लुटतन्त्र सुरु गरेको र धेरैभन्दा धेरै विद्यार्थी अनलाइन कक्षाको पहुँचबाट टाढा बनेको अवस्थामा अनलाइन कक्षाको पहुँच र औचित्य बेगरनै अधिकांश शैक्षिक संस्थाले गरेको यो प्रविधिको सुरुवात प्रतीपनि थुप्रै विद्यार्थीको चिन्ता प्रकट भएको छ!बिना योजना र बेगर विश्लेषण चालिएका प्रत्येक कदमले शिक्षा क्षेत्र तथा विद्यार्थी वर्गमा पर्न गएको अन्यौलता र परिवारमा पर्न गएको आर्थिक,मानसिक र सामाजिक दवावले आगामी दिनमा कठिन परिस्थितिको सिर्जना हुने विश्लेषण हरकोहीले गरिरहेका छन!
आफ्नो गतिविधिको मात्रै मुल्यांकन गरेर विद्यार्थीको मनोभावनामा पर्न गएको असरको मुल्यांकन नगरी अगाडि बढनाले भविष्यका कर्णधार माथी पर्न गएको असरको हिसाबकिताब नगर्नुले सरकार नभएको अनुभुत हरेक विद्यार्थी बर्गमा हुनु स्वभाविक हो!
विद्यार्थी बर्गका निम्ति ठूलो बलिदानी दिएर,विद्यार्थीकै हितमा कार्य गर्न राजनीतिमा होमिएका हौं भन्दै चर्को आवाज गर्दै हिड्नेहरु नै मौन रहनु विद्यार्थी राजनितीको एउटा ठूलो बिड्म्बना हो!
यसै शिलशिलामा अर्थतन्त्रको तहसनहस हुँदै गर्दा सरकारले घरभाडामा घर दिने घरबेटिहरुलाई घरभाडा नलिन अनुरोध गर्दा राहतको अनुभुत गरेका हरेकले अहिले बन्दाबन्दीको अवस्थामा घरबेटीले कोठाभाडा माग्दै गर्दा आफुलाई अन्याय भएको महशुस गरेका छन!अनुरोध मार्फत भन्दापनी नितिगत शैलिमा गाउँबाट मुख्य शहरमा अध्ययन गर्न बसेका हरेक विद्यार्थीको पहिचान गरेर घरभाडामा दिने हरेक घरबेटीलाई नितिगत निर्णय मार्फत केही सहुलियतका आधारमा दुबै घरमा बस्ने र घर मालिक दुबैलाई मर्का नपर्ने गरि बन्दाबन्दीको छुट्टै घरभाडा निर्धारण गर्नु अहिलेको आवश्यकता रहेको विद्यार्थी बर्गको माग छ!
हरेक गतिविधिमा चुक्दै गल्ती सच्याउदै अगाडी बढिरहेको सरकार र विद्यार्थी राजनीतिमा होमिएका विद्यार्थी नेताहरुले विद्यार्थी बर्गमा पर्न गएको यो असहज परिस्थितिको छिटोभन्दा छिटो सहज हल खोज्ने प्रयास गरून् !शुभकामना🙏
           (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Monday, May 18, 2020

नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसको शान्तिपुर्ण बिरोध






कोरोना महामारीका बिचमा जनप्रिय ने.बि.संघको शान्तिपुर्ण बिरोध!
  नेपाल विद्यार्थी संघ मुल इकाई समिति जनप्रिय बहुमुखी क्याम्पस पोखराले कोरोना महामारिका बिचमा सरकारको गतिविधिप्रती शान्तीपुर्ण बिरोध प्रदर्शन गरेको छ!लिपुलेक,कालापानी,लिम्पुयाधारा लगायतका सिमाको अतिक्रमण तथा कोरोना महामारीका बिचमा सरकारका अस्पष्ट तथा अलोकप्रिय र भष्ट्रचार सहित नितिको बिरोध स्वरुप उक्त कार्यक्रम गरिएको थियो!


सरकारका यस्ता गतिविधिको बिरोध गर्दै स्पष्ट नितिका साथ कोरोना महामारीको सामना गर्न र भारत सरकार संग स्पष्टीकरण माग गर्न अनुरोध गर्दै सभापति नसिव गुरुङले शान्तिपुर्ण बिरोध कार्यक्रम आयोजना गरेको जानकारी दिएका थिए! उपसभापति बिजय घिमिरेले कोरोनाको संन्त्रास बढ्दै जादा स्थानीय तहको मौनताको बिरोध तथा लकडाउनको अवधी थप संगै देखिएको अन्यौलताले जनतामा थप त्रास पैदा गरेको र उक्त त्रासको समाधान खोज्न महानगरलाई अनुरोध गर्दै उक्त त्रासको समाधान गर्न नसकेमा आफ्नो कुर्सिको विकल्प खोज्न समेत चेतावनी दिएका छन!!
त्यस्तै ने.बि.संघ जनप्रियका सल्लाहकार एंव स्वतन्त्र विद्यार्थी युनियन जनप्रियका सभापती समेत रहेका आशिक गुरुङले जनप्रियलाई क्वारेन्टाइनका निम्ति सिफारिस गर्दै देशभरका सार्वजनिक तथा सामुदायिक क्याम्पस हरुमा यथाशिघ्र क्वारेन्टाइनको व्यवस्था गर्न माग समेत गरेका छन!!भिडियो कल मार्फत नै बिरोध कार्यक्रममा सहभागी बनेका सचीव सागर अधिकारिले एक घर,एक स्वास्थ्य परिक्षणको नीति संचालन गरेर छिटोभन्दा छिटो कोरोना परिक्षण गर्न र जनताको मनोबललाई उच्च पार्ने गतिविधि संचालनका निम्ति सरकारको ध्यानाकर्षण गराएका थिए!!
जनप्रिय बहुमुखी क्याम्पस पोखरामा भएको उक्त कार्यक्रममा देशको भौगोलीक, स्वाधीनता, अखण्डता र राष्ट्रियता माथि विदेशी हस्तक्षेप विरुद्ध जस्तो सुकै कदम चाल्न पनि हामी पछि पर्ने छैनौ भनेर +२ ने बि संघ इकाइ सभापति रोशन ढकालले भने। उनी लगायत विद्यार्थी नेताहरु नवराज सुनार,सन्देश कार्की,पुकार पराजुली लगायतका अन्य १० जनाको उपस्थितिमा सामाजिक दुरि कायम गरि कार्यक्रमको संचालन र व्यवस्थापन गरेको जानकारी सहसचिव शंकर पहारीले दिएका थिए!