कुनै एउटा गाउँ मा एउटा परिवार बस्थ्यो । परिवार मा आमा बुवा , एउटा छोरा(राम) , बुहारी अनि दुइटा बाल बच्चा थिए। राम आफ्नो पढाई उच्च माध्यामिक सम्म गरेर बसेको थियो ।उनी हरु भैंसी , बाख्रा पाल्थे , खेती बाली पनि लगाउथे । राम लाई खेत वारि मा हुने सब कामको ज्ञान थियो । उस्लाइ सोही गाउँ मा 20 हजार बराबर को जागिर मिलेको पनि थियो । तर राम लाई नेपाल को जागिर ले केही हुँदैन भन्ने भान पसेकोले उक्त जागिर लाई इन्कार गरेर वैदेशिक रोजगार को लागि म्यन्पावर धाउन लाग्यो । केही महिना मा उसको भिसा लाग्यो र उ बिदेशीयो ।काम राम्रै थियो , मुस्किलले 35 हजार घर पठाएको पनि थियो । येता बुहारी आमा बुवा सङ बस्न रुचाएकी थिइनन । छोराछोरी को "भविस्य को लागि" भन्ने निहु मा सहर जान खोजेकी थिइ ।
राम बिदेश गयेर पहिलो छुटि आयेको थियो । अब त अलिअलि पैसा आउन थाल्यो भन्ने भयेपछी , गाउँ घर नराम्रो लाग्न थाल्यो , सधै सोर्ने त्यो गोबार अब अलि अलि गनाउन थाले को थियो , उकालो ओरालो गर्न पनि अब त असज हुन थालेको थियो ,साथी भाइ हरु पनि नजिक नपरिदिये हुन्थ्यो जस्तो लाग्न थालयो अनि अब आफू भन्दा माथी को कोइ छैन भन्ने घमण्ड हुन थाल्यो । अब गाउँ बस्नु हुन्न , सहर तिर झर्नु पर्छ भन्नी सोच उस्मा पसेको थियो । बुहारी ले गर्दा छोरा को सोच येस्तो भएको आमा बुवा राम्रो सङ जान्थे । नाति नातिनी लाई गाउकै बोडिङ स्कुलमा हालौला , हामी सङ भये पछि त केही पिर गर्न पर्दैन भन्दै आमा बुवा ले छोरा बुहारी लाई सहर नपस्न आग्रह गरे । तर राम सुनेको नसुनै गरेर खेत वारि मा नखटिने गरि , साथि भाइ लाई बिदाइ गरि , बुवा आमा को रोकाइ नसुनी उनिहरुलाई एक्लो परि आफ्नो बुडि र बाल बच्चा लियेर उ सहर पस्यो । आफ्नो परिवार लाई फ्ल्याट मा राखेर उ छुटी पूरा गरि बिदेस फर्कियो । बिदेस जानू अघि उ बुवा आमा लाई भेट्न जान भ्याएन किन कि उ आफ्नो श्रीमती र बच्चा सङ घुम्न , डुल्ल मा ब्यस्त थियो । एअरपोर्ट मा पुगेसी झल्यास आमा लाई सम्झियो र फोन गर्यो " आमा म बिदेश हिडेको " आमा रुदै भनिन " हस छोरा येता को केही पिर नमान , बोरु जानी बेला मा एक चोटि भेट्न आको भए घिउ , अचार लान्थिस " छोरा ले भन्यो" आमा ल अब म एक्छिन मा उड्छु होला बुवा लाई नि भन्दिनु " , त्यहि छेउ मा भयेका बुवा ले फोन खोसेर भन्ने" छोरा कहिले आउँछस गाउँ? " तेतिकै मा फोन काटियो अनि आमा ले भन्निन " हजुर को छोरा त बिदेश हिडेको अब अर्को दसै मा आउला नि " । बुवा भावुक हुँदै घर बाट निस्किये।
समय बित्दै गयो अनि आमा बुवा लाई आफ्नो छोरा को न्यास्रो लाग्दै गयो , न फोन गर्छ राम न केही खबर नै पठाउछ । बुहारी ले पनि आमा बुवा लाई फोन गरेर खबर पठाउन्न नत आमा बुवा को फोन नै उठाउछे। तेति कै मा बुवा के भने " येतिका दिन सम्म पनि छोरा को खबर बुझ्न पाइएन , के कस्तो छ बुझ्न पाए पनि हुनि " । आमा के भनिन " जनुस न त बुहारी थिम छोरा को खबर बुझेर आउनुस " बुवा अनकनौदै भने " हुन्छ तनि म सहर गएर खबर बुझेर आउछु छोरा को , नाति नातिना लाई देख्न पनि मन लागेछ , पुगेर आउछु " अनि आमा ले मकै , घरपाला चामल , एक डब्बा घिउ एउता प्लास्टिक मा राखिदियेर पठाइन । बुवा भारी बोकेर बुहारी भयेको घर मा पुगे । बुहारी को नाम , नाति को नाम लियेर बोलाए अनि तेति कै मा नाति के भन्यो " मामु , हजुरबा आउनु भको रहिछ क्या गाउँ बाट बोलाउनु भको छ बाहिर " बुहारीले आफ्नो छोरा लाई भनी " किन आका रहिछन , खुट्टा पनि हिलै हिलो होला , खुट्टा बहिरै धोयेर , चप्पल गेट निरै राखेर मात्र भित्र ल्याउ " भनी । छोरा ले भन्यो " भित्रै बाथरुम मा धोए भै हाल्यो नि , थाक्नु भको होला गाउँ बाट आउदा " । बुहारी रिसादै भनी " हिलो खुट्टा ले भित्र भित्र हिड्दा फोहोर हुन्छ , बाहिरै धोयेर मात्र ले भनेसी" छोरा भावुक हुँदै बाहिर निस्कियो । गेट नीर उभिएका हजुर बुवा लाई भन्यो " आउनु चप्पल तेहि छेउ मा राखेर " हजुर बाले हिले चप्पल तेहि राखेर बाहिरा को घारा मा हात खुट्टा धोए । अनि नाति लाई काख मा लिएर खुसी हुँदै भने " सन्चै छस नाति , ठुलो भयेछस त " नाति ले भन्यो " हजुरबुवा हजुर कति दिन बस्नी गरेर आउनु भाको?" हजुर बुवा आफ्ट्यारो मान्दै" हजुर आमा एकलै छ जानू पर्छ बोरु त स्कुल को लामो बिदा पारेर गाउँ आइज न "
" मामु ले जानै दिनु हुन्न" भावुक हुँदै भन्यो अनि उनी हरु भित्र पसे । बुहारी ले नमस्कार गर्दै " कति काम ले आउनु भको बुवा भनी " बुवा ले " सहर आउनी काम थियो , आको बेला पसम भनेर " भने । नाति ले" मामु हजुर बुवा लाई चिया बनाइदिनु न भन्यो । बुहारीले " भखर किचन सफा गरेको अहिले सबै ले खानी बेला मा खाम्ला "भनी । बुवाले सबै को हाल खबर बुझ्ने क्रममा छोरा को पनि सोधे । बुहारी ले " सबै ठिक छ पिर नलिन भन्नू भाको छ " भनी । बुवा ले खुसी हुँदै "लौ आमाके के के पठाइकि छे राख " भन्दै गर्दा बुहारी ले हतपत भनी हाली " तेस्तो फ़ोहोर झोला मा के नै होला र , तेहि पनि येहा सब थोक छ , केही नपुग छैन , बोरु उतै खानुस " भनेर भनी । बुवा ले " होस तनि तेसो भये " भन्दै सिर निहुराय। केही समय पछि बुवा बिदा बादी भयेर गाउँ फर्किय ।
गाउँ मा सहर का कुरा सबै बुडि लाई बताए अनि उ पनि आँखा को आँसु रोक्न सकिनन । बिस्तारै दिन हरु बितदै गयो । सबै सामन्य चल्दै थ्यो , राम घर आउन मात्र 2महिना बाकी थ्यो । तेति कै मा बिस्व भर डर लाग्दो रोग फैलिन थालेको थियो । देश बिदेश सबै लकडाउन मा थिए। कति ले रोजगार गुमाउन परेको थियो । खाद्यान्न को अभाब सहर तिर हुन लागेको थियो । येस्तो खबर गाउँ मा भए का आमा बुवा को कान मा पर्छ । उनी हरु हतासिन्छ्न , एकाएक छोरा को पिर बड्न थाल्छ , सहर मा भएका बुहारी नाति नातिना को अवस्थ्ाा सोच्दा उनी हरु आतिन्छ्न । आमा फेरि भन्छिन " बुहारी लाई गाउँ आउ भन्नू न " बुवा ले रुदै भने " केही लगिदिउ खाने कुरा भने फिर्ता गर्छे, गाउँ जाम भन्दा रिसाउली , के गर्ने ? सहर तिर मान्छे रोग को चपेट मा आएका छन रे , खाना को अभाव भयेको छ रे , बिदेश मा पनि तेस्तै छ भन्छन" । आमा ले " हजुर मात्र जानुस तनि सामान केही नलग्नु , खबर बुझेर आउनु , सुरक्षइत बस भनेर आउनु " । बुवा माथिल्लो घर को सङ जुत्ता मागेर अलि सुकियो कपडा लगाएर सहर जान्छ । गेट नजिक पुगेर बोलाउछ । बुहारी ले हत पत बाहिर निस्किएर बुवा को हात , कन्ना तिर हेर्छे , केही देख्दिन । आउनुस भन्दै बोलाउछे । बुवा ले " जुता खोलेर खुट्टा धोयेर आउछु " भन्छ । बुहारी ले " होइन थाक्नु भयो होला , भित्रै धुनु होला भन्छे । बुवा भित्र जान्छ्न । केही समय पछि चिया पिउने क्रममा सोध्छ्न" छोरा को खबर के छ बुहारी" बुहारी निरास हुँदै भन्छे " 2महिनाअ भयो पैसा पठाउनु भको छैन " बुवा फेरि प्रस्न गर्छ्न " महामारी भएको छ रे भन्नि सुनेको थिये , के छ होला उस्को हाल खबर" बुहारी ले " काम मा जानू भको छैन रे , सबै बन्द छ रे काम पनि" उस्ले थापी । बुवा ले " एता सहर मा पनि बड्दो छ रे रोग , तिमी हरु पनि सतर्क रहनु , खाना को पनि अभाव छ भन्छन , के कसो छ तिमी हरु को " । बुहारि ले भन्छे " केही पठाउनु भयेन येस्पाली आमा ले गाउँ बाट " आसा बादी हुँदै सोध्छे । " अ ह , पहिला ल्याउदा फर्कायेउ , यसपाली पनि उस्तै होला भनेर मैले नै ल्याइन , आमा ले त लगिदिनु चामल , तरकारी , घिउ भन्दै थि " बुवा ले भने । केही समय पछि , बुवा बिदाबादी भये निस्कने क्रममा बुहारी ले भनि " हामी पनि गाउँ जान पर्छ कि बुवा? " बुवा ले थाहा नपाए झै गरि " किन हासो गर्छौ बुहारी " बुहारी भाबुक हुँदै भनी" बुवा , यो सहर मा खान को अभाब छ, रोग को माहामारी हुन थालेको छ ,मागेर कसैले दिदैनन , छोरा ले पैसा पठाउनु भको पनिछैन । " रुदै भनी . बुवा ले " भयो बुहारी न रोउ , आज सङै गाउँ फर्किउला हामी , सबै लत्ता कपडा हरु प्याक गर " । बुहारी , नाति नातिना खुसी हुदै कपडा प्याक गर्न थाले । भारि र भारी माथी नाति लाई चडायेर खुसी हुँदै गाउँ तिर लागे ।
आमा सबै लाई देख्दा आँसु थाम्न सकिनन।बुहारी ले सबै सामान बिसाएर सासू लाई दोगिन । बच्चा हरु खुसी हुँदै रमाउन थाले । आमा ले छोरा लाई फोन मिलाउन बुहारी लाई आग्रह गरिन । रामले " येति का दिन सम्म फोन पनि गरिनौ सन्चौ छौ " भन्दै आफ्नो बुडि लाई भन्दै थ्यो , एता बाट आमा ले " बाबू, सन्चै छ तलाइ " भनेर रुन थालिन । रामले " अ , आमा सन्चै छ पिर नगर्नु " भनेर आग्रह गर्यो । बुवाले फोन खोसेर " अब बिदेश बाट आएसी तलाइ जान दिन्न म" भन्दै धम्काय । राम ले पनि उता बाट " आउन्न अब , उतै गाउँ मा सानो जागिर पेसा गर्छु , यो नर्क मा आउदिन" भन्यो । आमा ले फेरि फोन तानेर भनिन" बुहारी सबै येहि आका छ्न ,पिर नमान त , प्लन खुल्नी बितिकाइ आइ हाल है त " भनिन । राम ले " हुन्छ , अब खुल्नी बितिकै आउछु पिर नगर्नु " भन्दै फोन राख्यो ।
आखिर गाउँ घर मा जस्तो आनन्द अन्त कहा मिल्छ र
आखिर गाउँ घर मा जस्तो सुख अन्त कहाँ मिल्छ र
फर्की आउ बिदेसि सहरीया दाजु भाइ दिदिबहिनीहरु गाउ मा केही गारौ , उब्जिएको बाडिचुडी खाउला , हासीखुसी रहौला । स्वास्थ बनौला 🙏 फर्की आउ आफ्नो गाउँ अब छोडी कहिले नजाउ
साजन क्षेत्री
फेदिखोला १, स्याङ्जा