Saturday, June 13, 2020

पोखरा बिश्वबिद्धालयका एक विद्यार्थीले लेखे प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई खुल्ला पत्र !


पोखरा बिश्वबिद्धालयमा अध्यनरत विद्यार्थी अमन के.सि. ले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई यस्तो खुल्ला पत्र लेखेका छन्:

नेपाल सरकारलाई खुल्ला पत्र  

सम्माननीय प्रधानमन्त्री ज्यु र माननीय शिक्षा मन्त्री ज्यु ,     

नेपालको गण्डकी प्रदेशमा एउटा बिश्वबिद्धालय छ ,पोखरा बिश्वबिद्धालय जुन चाहि नेपाल कै दोस्रो ठुलो  बिश्वबिद्धालयको रुपमा चिनिन्छ र तपाईंहरु क्रमश यहाको कुलपति र सहकुलपति हुनुहुन्छ । कामको शिलशीलामा र कार्य व्यस्तताले गर्दा बिर्सनु भयो होला स्मरण गराउन चाहे ! 

अब यहाँ त हजुरहरु आउने कुरा भएन र हजुरहरुले 
नभ्याउने कारणले र बिश्वबिद्धालयलाई चलाउन भि.सि. र रजिस्ट्रार भन्ने पद बनाउनु भएको छ । तर यो पदहरु चाहिँ ९ महिना देखि रित्तो छ र म जस्ता हजारौं बिद्यार्थी टुहुरा बन्न पुगेका छौँ र यति मात्र नभएर बिश्वबिद्धालयका शैक्षिक र प्रशासनिक कामहरु रोकिएका छन । धेरै विज्ञप्तिहरु आए प्राध्यापक संघ,  कर्मचारी संघ र विद्यार्थी संघहरुको त्यो तपाईं सम्म पुग्यो कि नाइ मलाई थाहा भएन  तर पुगे पनि हजुरहरुले वास्त नगरेको जस्तो मलाई लाग्यो।

अझै पनि हजुरहरुले ढिलो गर्नु भयो भने हजुरहरुलाई बिद्यार्थीहरुले अवश्य मुल्यांकन गर्छन र तपाईंहरुलाई थाहा नै छ विद्यार्थी एकता र विद्यार्थी आन्दोलनको शक्ति । अन्तत म हजुरहरुलाई विनम्र अनुरोध गर्दछु कि छिटो भन्दा छिटो उपकुलपति रजिस्ट्रार लगायत महत्त्वपूर्ण पदहरु नियुक्ति गर्नुहोस र बिद्यार्थी र देशको भविष्य माथी गुन गरिदिनु होस ।

 अमन के.सी
 पब्लिक हेल्थ , दोस्रो बर्ष 
 पोखरा बिश्वबिद्धालय

No comments:

Post a Comment