Wednesday, July 29, 2020

कोरोना र प्राकृतिक बिपत्तीलाई उछिन्दै परिक्षा::एक बर्ष शैक्षिक सत्र ढिला हुने डरले विद्यार्थीको जिन्दगी नै ढिला/बरबाद बनाउने दाउमा शिक्षा मन्त्रालय तथा सरोकारवालाहरु!-LAKESIDEPOST



  सागर अधिकारी (पोखरा)
            एक यस्तो भाइरस जस्को उपाय नै एकान्तबाँस अनि एक्लोपन!कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको थियो भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका थिए तर पछिल्लो समय लकडाउनको उत्तम बिकल्प खोज्ने सामर्थ्य नरहेपछी यस्को औपचारिक रुपमै अन्त्य गरेर लगभग लगभग सबैजसो मानिसहरु आफ्नो कामकाजमा फर्किसकेको अवस्था छ!!
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिसकेको अवस्था छ!!बिशेषगरि शिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामा स्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) को आन्तरिक मुल्यांकन गरेर अगाडि बढ्ने तथा कक्षा ११ को परिक्षा भने अध्ययन गरिरहेकै बिद्यालयलाई परिक्षा केन्द्र बनाएर परिक्षा संचालन गर्ने भन्ने निर्णय जस्को कार्यान्वयन हुने नहुने अझैसम्म पक्कापक्की छैन त्यसैगरी कक्षा १२ तथा स्नातक र स्नातकोत्तर तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाई अन्योलताका बिचमा अगाडि बढाइरहेका छन!स्वभावतः सबैको कार्यशैली र कार्यसम्पादन एउटै नहुन सक्छ तर बर्तमान समयमा प्राबिधिक र प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्छ भन्दै घोक्रो फुलाएर आफुमा शैक्षिक अब्बलता देख्नेहरु आज मौन रहदां दु:ख मनाउ गर्नुभन्दा पनि धिक्कार लाग्ने अवस्था बनेको छ कि म नेपालको अग्रणी बिश्वबिद्धालयको एउटा अंग अनि विद्यार्थीका निम्ति अधिकारको लडाई गर्ने विद्यार्थी नेता हुं भन्दै गर्दा!!बर्तमान समयको महामारीका कारण आफ्ना विद्यार्थीको शिक्षा भन्दा स्वास्थ्य ठूलो हो भनेर काठमाडौं बिश्वबिद्धालय(K.U.)[जस्का थोरै संकाय अनि थोरै विद्यार्थी छन्] ले आफ्ना विद्यार्थीहरुको चलिरहेको सेमेष्टर र बर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाका आधारमा मुल्यांकन गर्न सक्ने हैसियत बनाउन सक्ने अनि हाम्रो त्रिभुवन बिश्वबिद्धालय नेपालको अग्रणी शैक्षिक संस्था जस्ले अनुभवका आधारमा चलिरहेका बर्ष र सेमेष्टरको नतिजालाई पुर्व बर्ष  र सेमेष्टरको आधारमा मुल्यांकन गर्ने हैसियत नराख्ने?? राष्ट्रिय परिक्षा बोर्ड(NEB)ले पनि कक्षा १२का विद्यार्थीको कुनै अन्य कुराहरुलाई आधार बनाएर परिक्षाको स्वरुप बदल्न नसक्ने??अरु बाकी बिश्वबिद्धालयमा उपकुलपति र रजिस्टार नियुक्त गर्न नसक्ने कस्तो शैक्षिक प्रणालीमा हामी चल्दैछौं??हाम्रो शैक्षिक संस्कार कस्तो बन्दैछ??शैक्षिक माफियाका निम्ति मात्र सरकारले उदारता देखाउने आफ्नो भविष्य बनाउन यी शैक्षिक संस्था संग आवद्द विद्यार्थीको बेवास्ता गर्ने??पढ्न र सिक्न पाउने अधिकारबाट विद्यार्थीलाई बन्चित गराउने??कस्तो खालका नियम कानुन बनाएर अगाडि बढ्दा ठिक होला शैक्षिक संस्थाका ठालुहरुले भन्न नसक्ने??एउटा देशको प्रमुख बन्नलाई कुनै शैक्षिक संस्थाबाट कुनै तह पास नगरेको भएपनि चल्ने अनि तिनैको नितिनियम बाट चल्नलाई हामी जस्तो देशको कर्णधारलाई स्नातक र स्नातकोत्तर तह पास गर्नुपर्ने अनपढ गवारको नेतृत्वमा हामी हिड्नुपर्ने??प्रधानमन्त्रीलाई कुलपती मान्ने स्थितिमा कि हाम्रो बिश्वबिद्धालयको कुलपती कुनै बिधामा स्नातकोत्तर पास गरेको होस हैन भने पटकपटक माध्यमिक तहपनि उतिर्ण गर्ने हैसियत र सामर्थ्य राख्न नसक्नेलाई हामिले पुज्नुपर्ने??यस्तो शैक्षिक प्रणालीमा कतिन्जेल परिवर्तनको आशा राखेर चल्ने??
कुनैपनी हालतमा सरकार,राष्ट्रिय परिक्षा बोर्ड,तथा सम्पुर्ण बिश्वबिद्धालयले परिक्षा लिएर नै छाड्ने हो भने पोखरा बसेर विद्यार्थीका निम्ती राजनीति गरिरहेको एउटा विद्यार्थी नेताको हैसियतले पोखराबाटै चेतावनी दिन चाहान्छु सरकार र शैक्षिक क्षेत्र संग संबंधित मन्त्रालय,सरोकारवालाहरु माफियाकै निम्ति आफुलाई समर्पित गर्दै गर्दा भोलि तिम्रो त्यो निर्णयको विरुद्धमा मसाल लिएर बिग्रहको आन्दोलन सडकमा देखिने पक्कापक्की छ होसियार रहनु!!
बर्षातको बेलामा दिनप्रतिदिन घटिरहेको बाढी-पहिरो जस्ता प्राकृतिक बिपत्ती र कोरोनाको चपेटामा परेका देशका सबै ठाँउका विद्यार्थीलाई जिन्दगी भन्दा परिक्षा प्यारो छैन एउटा जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने यो स्थितिमा काठमाडौंका केही शैक्षिक माफियाको निर्देशन र मनस्थितिले देशका हरेक कुनामा बसेका जिल्ला-जिल्लाका कर्णाली प्रदेश जस्तो बिकट बिकट बस्तिमा बसेका विद्यार्थीलाई यो निर्णयले सन्तुष्ट दिन सक्दैन,यदि माफियाकै मनस्थितिमा चल्ने हो भने हजारौं अलपत्र विद्यार्थीको मनस्थितिमा बसेको हरेक कुराको डरले परिक्षामा अनुत्तीर्ण बनेको पीडा र परिक्षा समाप्तिपछि क्याम्पसले नयाँ सेमेष्टरको भर्नाका बहानामा माग गर्ने शुल्कको पुर्ती गर्न नसक्नुले भोलि आज कोरोनाको कारण ज्यान गुमाउनेको संख्याभन्दा परिक्षा र आर्थिक मन्दिका कारण ज्यान गुमाउनेको संख्या बढी नहोला भन्न सकिदैन!!!
एकबर्ष शैक्षिक प्रणाली ढिला हुने डरले भर्खर-भर्खर भविष्यको चिन्तन बोकेर अगाडि बढेका यी कलिला हातहरुमाथि किन माफियासंगको साझेदारीमा जिन्दगीनै लिने सोचमा छन सरोकारवाला हरु आजको गम्भीर प्रश्न र चासोको बिषय हो यो!!
कैलालीमा बाढि,दाङमा पहिरो,दुर्लुङ्गमा पहिरो तराईका अधिकांश जिल्ला डुबानमा,देशैभर कोरोना संक्रमितको संख्या तिव्रदरमा वृद्धि जस्ता अनेकन समाचारको बिचमा शारीरिक रुपमै परिक्षा केन्द्रमा उपस्थित भएर परिक्षा दिने वातावरणका अगाडि खै बाढी-पहिरोले बिस्थापित विद्यार्थीको लेखाजोखा??खै कोरोनाको संक्रमणले थलिएका विद्यार्थीको लेखाजोखा??
यत्ती धेरै कुरा भन्दै गर्दा परिक्षा संग डराएर विद्यार्थी भाग्ने बहाना बन्दैछ कोरोना र प्राकृतिक बिपत्ती भन्ने नभेटिएलान् भन्न सकिदैन परिक्षा स्थगन भएर परिक्षाको पर्खाइमा बसेका हरेक विद्यार्थी तयार छन परिक्षा दिन तर यो महामारी र बिपत्तिको साम्यपछि मात्र,यो त साम्यनै हुँदैन परिक्षा लिने नै हो भन्ने हैसियत राख्ने हो भने यी लाखौं विद्यार्थीको स्वास्थ्यको सुरक्षाको जिम्मेवार को??भविष्यमा आइपर्ने भवितव्यंको जिम्मेवारी को?? यदि त्यति नै आत्तुरी भएको हो भने हामी परिक्षा दिन तयार छौं तर तिमिहरु जस्ता शैक्षिक माफियालाई साथमै राखेर वास्तविक विद्यार्थीको पीडा र भोगाइको पाठन सहित बन्द कोठामा थुनेर तिमिहरुको जिन्दगीको परिक्षा लिन्छौं हामी!! राजधानीका निजि क्याम्पस र बिद्यालयको सुझावमा शैक्षिक क्षेत्र चलाउन खोज्नेहरु एकपटक सम्झ तिम्रो त्यो देशका हरेक ठाँउमा घटिरहेका घटना अनि लैजाउ राजधानी बाहिरको विद्यार्थी बनाएर तिम्रो छोराछोरीलाई अनि कल्पना गर एकपटक गाउँको थोत्रो घरमा बिजुली बत्ती समेत नभएको क्षण,पहिरोले बगाएको आगनीको डिल,पानीले भिजेर मक्किएको घरको गारो अनि कोरोनाले क्षतबीक्षत बनेको आफ्नो वरिपरिको गाउँ/जिल्ला अनि बल्ल बुझ्नेछौं तिमिहरुले यी गाउले विद्यार्थीको पीडा अनि रहरभित्र लुकेको डर!!!
परिक्षा एकबर्ष ढिला होस तर परिक्षा बोर्ड,बिश्वबिद्धालय,र शिक्षा मन्त्रालयको निर्णयले विद्यार्थीको जिन्दगी नै ढिला नहोस् शुभकामना🙏
       #जयनेपाल_बनाउनेपाल✌️
             (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

No comments:

Post a Comment