Monday, December 21, 2020

संसद बिघटनको बिरोध गर्दै सडकमा उत्रीयो नेविसंघ जनप्रीय क्याम्पस

पोखरा — संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध पोखरा लगायत मुलुकका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै आइतबार सांझ ६ बजे देखि पोखरा सिमलचौर स्थित जनप्रीय बहुमुखी क्याम्पस क्षेत्रमा नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेविसंघ जनप्रीय बहुमुखी क्याम्पसका विधार्थिहरुले प्रदर्शनमा उत्रिएका हुन् ।


नेविसंघ जनप्रीय क्याम्पसका सभापति नशिब गुरुङ्गले सरकारको संसद बिघटनको कदम अलोकतान्त्रिक, जनविरोधी त छदै छ एकातर्फ कोरोना कहरमा पिल्सिएका जनताको आँसु अगाडि राजस्वले सामान्यय प्रशासनिक खर्च पनि धान्न नसकेको अवस्थामा पुन निर्वाचनको भार थुपारेर अस्थिरताको चक्रव्युमा देश फसाउनु दु:खदपुर्ण र दुरभाग्यपुर्ण रहेकोले यसको बिरुुुद्द नेेेेविसंघ सडकमा उत्रीएको जानकारी दिए ।
संसद विघटनको बिरोध गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रमा विद्यार्थी नेताहरु नशिब गुरुङ्ग, प्रताप बानियाँ, बिकल ओझा, राजिब बास्तोला, गौरब बराल, समीर अधिकारी, संस्कार कोइराला, सन्चिता आचार्य, अशिम सुवेदी, बिबेक पराजुली, संकर पहारी, राजेन्द्र पराजुली, प्रकट खनाल, शिवराम पौडेल, सञ्जय आले, बिधान अधिकारी, सन्तोष अधिकारी सागर बास्तोला, रोशन ढकाल, दिपिका भण्डारी, रोहित पौडेल, पुकार पराजुली, निश्चल बिक्रम, नवराज सुनार , अशिम गुबाजु, दीपक पौडेल, साजन पाण्डे, दिवस रानाभाट, शुभम् पौडेल, अनिश नेपाली, दीपिका भण्डारी, विकल पौडेल, निराकर सिग्देल, सफल लामिछानेे समेत प्रदर्शनमा सहभागी भएको नेविसंघ नेता नेविसंघ जनप्रीय क्याम्पसका उप-सभापति आदित्य देवले जानकारी दिए ।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका प्रभावशाली नेता गौरब बरालले १० वर्ष जनयुद्धमा रगतको आलमा पोतिएर टाउको गिड्ने राजनीतिमा होमिएको कम्निष्टलाई टाउको गन्नने राजनीति सम्म हामिले ल्यौदै गर्दा पुन आज लासलाई सत्ताको भर्याङ्ग बनाएर स्वार्थ पुर्ती पश्चात्र रगतको आल तर्फै देश उन्मुख बनाउने प्रयत्न यो संसद बिघटनले प्रमाणित गर्दछ। यो अन्योल यो अस्तिरतालाई शान्ती र शुसासनको बाटोमा लैजान पुन लोकतन्त्रको पहरेदार नेविसंघ,नेपाली काङ्ग्रेसको भुमिकाको अपरिहार्यता र आवस्यकता रहेको बिरोध सभामा अवगत गराए।


नेविसंघ कास्किका प्रभावसाली नेता प्रताप बानियाले हिजो निरंकुश भनिएका राजाले समेत आफ्ना संवैधानिक दायित्व निर्वाह गर्नेक्रममा कानुनी विषय लागि फिर्ता पठाउने, सम्बन्धित विषयविज्ञहरुसँग रायपरामर्श लिएको दृष्टान्त रहेको बेला अहिलेको गणतान्त्रिक राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा र दायित्व देशको संविधानको अभिभावकिय जिम्मेवारी बोधलाई प्रधानमन्त्री कार्यालयको ‘रबरस्टाम्प’मा रुपान्तरण हुनु संसदिय ब्यवस्था जन-अभिमत, जन-विश्वासको खिल्ली उडाएको र सिङ्गो संविधान माथि कु भएको जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

" पाँच बर्सको जिम्मा लिएको कमन्युस्ट सरकार जनताको मतलाई कुल्चेर, आज तुहिएको घोसणा गरेको छ, त्यसैले आज हामि यो संबिधानको मर्म बिपरित जनताको भावनामा कुठाराघात भएको कारणले सडकमा आउन बाध्य भएका छौँ।" नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सचिब शिवराम पौडेलले भनेका थिए।
कम्युनिस्टको पैतालाले कुल्चेको मतलाई हामिले फुल सम्झेर शिरमा सजाउछौ, भ्रष्ट र सर्वसत्तावाद उन्मुख अधिनायकवादी ओलि सरकारले चालेको असम्बैधानिक कदलमका खिलापमा लोकतान्त्रका पक्षमा अनवरत रुपमा मैदानमा लड्न तयार छौं ।" नेविसंघ कास्किका नेता राजिब बस्तोलाले मन्तव्यमा भनेका थिए।

विरोध सभामा संसदिय व्यवस्था रक्षा गर, ओलिमा चड्यो श्री ३ को भुत, तनाशाहिलाई हुने छैन छुट ! , लोकतन्त्र जिन्दवाद, नेविसंघ जिन्दवाद, सैगै राष्ट्रपति र प्रधानमन्त्रीको राजिनामा लगाएतका नारा संगै जुलुसले सडक तताएका थिए।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका विधार्थी विवेक पराजुलीले अधिकार विकेन्द्रीकरण र शक्ति पृथकिकरणको मर्मलाई एकतर्फ आफ्नो पारिश्रमिक माग गर्दै माईतिघर मण्डलमा केन्दिय सरकार अगाडि पटकपटक दिएको धर्ना र अर्कोतर्फ रबरस्ट्याम्प बन्दै राष्ट्रपतिले गरेको अनुमोदन बयलगाडा सोचको पुन संस्करण र स्थिर जनादेशको धज्जी ,जनविश्वास, बहुमतको उपहास भएको बताउदै संसदिय व्यवस्थाको उपलब्धि संरक्षणको दायित्व नेविसंघको काधमा आएको बताउनुभयो।
दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्‍त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण छ। यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउछ सवै यसको प्रतिकार गर्न ससक्त भएर लाग्दछौं।" - नेविसंघ एडभान्स इन्जिनियरिङ क्याम्पस पुर्व सभापति बिकल ओझाले जानकारी दिए।

कार्यक्रम संयोजक एवंम नेविसंघ जनप्रीय क्याम्पसका संयोजक निर्दोष पौडेलले संसद विघटन गर्नुमा प्रधानमन्त्री ओलि र राष्ट्रपती भण्डारी मात्र दोषी छैन मान्छे मार्यो भन्दा पनि काल पल्कियो भन्ने डरको संकेत अघिल्लो पार्टी विभाजन अध्यादेशले गरेको भन्दै संसद विघटन गर्नु अगाडि राष्ट्र पति र प्रधानमन्त्री समझ अविस्वासको प्रस्ताव दर्ता गरि माहाअभियोग लगाउनुपर्नमा नेकपाले एउटा व्यक्तिलाई दोष थुपार्नु दुधको साँची बिरालो मात्र हो । सबैकुरा निवस्त्र नाङ्गिएको बताउउदै , यसको प्रतिरोध गर्न थप जिम्मेवार नेविसंघ हुनुपर्न बताउदै सहभागी सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ। 
राजिब बास्तोला, गौरब बराल, शिवराम पौडेल, बिबेक पराजुलीले सम्बोधन गरेको उक्त बिरोध सभाको 
सञ्चालन गरेको उक्त विरोध सभालाई समापन नेविसंघ जनप्रीय क्याम्पसका उप-सभापति निर्दोष पौडेलले गरेका थिए।



Friday, October 2, 2020

राजनीति र भष्टाचारको चपेटामा नेपाली खेलकुद ;हिक्मत जंग कार्की -LAKESIDEPOST


नेपाल खेलकुद अहिले स्थिती ..?
"राष्ट्रका लागि खेलकुद, स्वास्थ्य लागि खेलकुद "
भन्ने सोलोक अहिले परिवर्तन भई "भष्टाचारका लागि खेलकुद , राजनीतिका लागि खेलकुद " परिवर्तन भएको छ भन्दा तेती फरक पर्दैन होला । 
 राष्ट्रको नाम खेलकुद क्षेत्रबाट भन्दा उच्च अरू कुरा बाट हुदैन, एउटा मात्र राम्रो खेलाडी उत्पादन भयो भने राष्ट्र लाई विश्वमा चिनाउन सक्छ जस्तो उदाहरणका लागि सन्दिप लामिछाने । स्वास्थ्य लागि खेलकुद अनिवार्य हुन्छ, खेल खेल्ने मानिस सधैं भरी स्वास्थ्य रहन्छ भन्ने सबैले बुझ्ने कुरा हो तर नेपाली खेलकुद भष्टाचार र राजनीतिले गर्दा दिन प्रतिदिन नेपाली खेलकुद कमजोर हुदै छ । नेपाली खेलकुद क्षेत्रमा पछिल्लो समय धेरै प्रभाब पारेको आर्थिक क्षेत्र हो । पछिल्लो समयमा खेलाडीहरुले रुचि राखे पनि घरको आर्थिक अभाबका कारण कति खेलाडी खेल्न नै चाहान्न भने कोही राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सहभागि भए पछि पनि खेल छोडेर बिदेशी जानुपर्ने बिडम्बना नेपाल खेलकुदमा छ ।
राष्ट्रिय खेलाडी भईसके पछि पनि आफ्नो खाना , लगाउन नपुग्ने तलब भत्ताले नेपाली खेलाडीहरु मनोबल घटाएको छ। न देशले खेलाडी उत्पादनमा लगानी गर्छ , न त खेलाडीको सुबिधाहरुमा , न सामर्चना ामा लगानी गर्छ । बर्षेनी अर्ब रुपैयाँ बराबरको रकम खर्च गरेको पाइएको छ तर कहाँ खर्च हुन्छ, पत्ता हुदैन । त्यसैले गर्दा नेपाली खेलकुदमा बिकास नहुने मुख्य कारण नै आर्थिक पाटो हो । मुख्य त खेलाडी छनोटमा पनि हुने राजनीतिले खेलाडीहरु थप निराष छिरेको छ।अहिले भने क्लबहरु छन तर एक पछि अर्को गर्दै क्लबहरु बिस्थापित हुदै छन् । क्लबहरु बिस्थापित हुनेको मुख्य कारण नै आर्थिक पाटो हो।नेपाल आफैंमा एक गरिब मुलुक हो र खेल क्षेत्र त्यति लगानी नगर्दा नेपाली खेलकुदको भबिस्य कहाँ जाने भन्नेमा अन्योल छ ।
खेलकुद मन्त्री हरु पनि खेलकुद को ज्ञानको अभाव मा राम्रो बिकास गर्न सकेका छैनन्। पद लिएर भष्टाचारमा लिव्द भएर देशको ढुकुटी सकाउने काममा अग्रसर देखिन्छन्। 


एक उदाहरण लागि 
कस्तो थियो नेपाली फुटबलको इतिहास .?
नेपाली फुटबलको स्वणिर्म युग भनेर चिनिन्छ २०३० । त्यो बेला राम्रो प्रदर्शन गर्ने फुटबल खेलाडीलाई कसरी राख्ने पनि जिवनयापन गर्ने भने चिन्ता थिएन। सरकारी संस्थानले जागिर दिन्थे । संध संस्था बिच कसले उत्कृष्ट टिम बनाउन भनेर होडबाजी नै चल्दथ्यो । राजा विरेन्द्रले २०२८ मा राजगद्दी समाले पछि , नेपाली फुटबलमा छुट्टै रोनक आयो। तेसपछी नेपाली धेरै प्रतियोगिताहरु हुन लागे बिभिन्न संस्थाहरु ले आफ्नो टोली बनाउन लागे । तत्कालिन रानी ऐश्वर्य को जन्मदिनको अवसरमा अन्तर संस्था कप हुन थालो । बायुसेवा , खानेपानी संस्था, नेपाल बिधुत , हिमाल सिमेन्ट उद्योग अधि टिमहरु बिच कप लागी भिडन्त भए । बायुसेवाको टिम त्यती बेला शक्तिशाली टिमका रुपमा चिनियो थियो।त्यो बेला मासिक ४ हजार तलब र कर्मचारीको सेवा सुविधामा पनि खेलाडीका लागि थियो। कोही खेलाडी लाई त संस्थाले थाई जागिर नै दियो थियो। २०४८ सालमा बहुदल आए पछि तस्तै रहने। राजनीति पाटीहरु हाबी भयो संस्थाहरूमा राजनिती हुन लागेको अनि बिस्तारै संस्थाहरू टिम बनाउन छाडयो। संस्था राजनीति पाटीहरुका नेता र कार्यकर्तालाई भर्ती केन्द्र नै बनाए।
 ।

अब आवश्यकता....?
 नेपाल खेलकुद क्षेत्रमा अब केही सुधार आउनु पर्छ । 
१. खेलकुद क्षेत्रमा राजनीति अन्तय 
२. खेलकुद क्षेत्रमा भष्टाचार अन्तय
३. खेलकुद उचित लागानी र व्यवस्थापन
४. खेलाडीलाई पोषठ गर्न र आबस्यक सेवा सुविधा
५. खेलाडी संस्थाले टिम बनाउन 
६. खेलकुदको महत्व बारेमा खेलाडी र अभिभावकलाई बुझाउन
७. छनोटका लागि गराउन्ड लेभलमा पुग्न , छनोटमा आफ्नो लाई काख , अरु पाखा चलन हटाउने 
८. खेलकुद बिकास लगानी गर्ने 



हिक्मत जंग कार्की 
     सदस्य 
जिल्ला क्रिकेट सघं स्याङ्जा

Saturday, September 12, 2020

लेकसाइडका युवा सामाजिक कार्यमा:सहयोगीको साथमा हातेमालो गर्दै मास्क तथा सेनिटाइजर वितरणमा!-LAKESIDEPOST

लेकसाइडका युवा सामाजिक कार्यमा::सहयोगीको साथमा हातेमालो गर्दै मास्क तथा सेनिटाइजर वितरण!

शनिवार बिहान हेर्दा जो कोहिलाई अचम्म लाग्ने दृश्य पोखरा स्थित जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्किमा पोखरा-६ स्थायी ठेगाना भएका भर्खर युवा अवस्था प्रवेश गरेका ४ जना (शंकर पहारी,नवराज सुनार,अभिनास नेपाली,पुकार पराजुली) ले प्रहरी र ट्राफिक प्रहरी कार्यालयमै पुगेर पोखरा कै युवा व्यवसायी सुमन गुरुङ तथा लायन्स क्लब पोखराले प्रहरीको स्वास्थ्य प्रतिको चिन्तन गर्दै प्रदान गरेको मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेका छन!!!



यो अवस्थामा प्रहरीप्रती हेर्ने दृष्टिकोण फरक बनेको र पहिले जस्तो साथित्वको विकास गर्ने गरि सहज वातावरण नबनेको अवस्थामा आफुले दैनिक रुपमा फाट्टफुट्ट हिड्डुल गर्न नै असहज भएका बेला दिनभर ड्युटीमा खटिने राष्ट्रसेवकको चिन्तन गर्दै सहयोगका लागि जुटेका युवाहरुलाई युवा व्यवसायी सुमन गुरुङले जिल्ला प्रहरी कार्यालयका लागि मास्क तथा सेनिटाइजर उपलब्ध गराएका थिए, लायन्स क्लब पोखराले भने ट्राफिक प्रहरी कार्यालयका लागी सेनिटाइजर उपलब्ध गराएका थिए!!कार्यक्रममा सुमन गुरुङको १० लिटर सेनिटाइजर+३००पिस मास्क,लायन्स क्लब पोखराले ५लिटर सेनिटाइजर सहयोग गरेका थिए भने उनिहरु आफैले २००पिस मास्क खरिद गरेर जम्मा १५ लिटर सेनिटाइजर तथा ५०० पिस मास्क वितरण गरेका थिए!

Thursday, September 3, 2020

पि सि आर परिक्षण कहिले बढ्छ सरकार-Lakesidepost



बिश्व माहामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण बिश्व जनजीवनमा असर परेको सबैलाई थाहा नै छ । 
पछिल्लो केही समयमा कोरोनाको डर दिन प्रतिदिन बढ्दो छ । नेपालको पनि स्थिती भयावह बन्दै छ । दैनिक कोरोनाको सक्रमण पनि बढ्दै गएको छ । कोरोना सक्रमण बढ्दै गएको छ तर सबैभन्दा आबश्यक कुरा पि सि आर परिक्षण चाहिँ  किन बढेन सरकार ,आय घटदै छ, खर्च बढदो छ , रेमिट्यान्स ठप्प छ, कारोबार पुरै बन्द छ ,बाच्नै गाह्रो भो।आजको दिन सम्म ४१,५४९ जना सक्रमण र २५१ ज्यान गएको छ । आजकाल दैनिक १००० भन्दा बढी कोरोना सक्रमण बढ्दै गएको छन । यसरी बढि रहने हो भने नेपालको अवस्था के होला? उपत्यकामा दैनिक ३०० , ४०० कोरोना सक्रमण बढ्दै छन् उपत्यकामा जस्तै अरु ठाउँमा नहोला भन्न सकिन्न । अहिलेको मुख्य अावश्कता भनेकै पि सि आर परिक्षण हो र त्यो बढाउनु पर्छ ।

सरकारको अचम्म ताल छ ,देशको मुख्य व्यक्ति  सम्मानिय प्रधानमन्त्री ज्युले केही महिना अगाडि भन्नु भएको थियो  नेपालीहरुको इम्युनीटी पावर बलियो छ ,कोरोना हामी नेपालीहरुलाई लाग्दैन, बेसार पानी खानुस,हाछियू गरनुस ठिक हुन्छ । प्रधानमन्त्री ज्यु नेपालीको इम्युनीटी पावर घट्यो र ?
बेसार पानीले काम गर्न छाडेयो ? 
प्रधानमन्त्री ज्युले यस्तै कुरा गर्नु हुन्छ,हामीले कोरोनाबाट कसरी बच्ने । माननीय मन्त्रीहरू यस्तो अवस्थामा  पनि भ्रस्टाचार गर्न र आफ्नै कुर्चि समाल्न ब्यस्त हुनुहुन्छ । मन्त्री ज्यु हरु ४०० सक्रमण हुँदा १० अर्ब सकियो भन्नु भएको थियो,अब नेपाली जनताको उपचार कसरी होला । सरकारले त हलचल गरेको छ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो भुमीका खेल्न सकेको छैन ,सरकारलाई  पि सि आर परिक्षण बढाउनु पर्छ भनेर दबाब दिने ,चहिएको ठाउँमा सरकारलाई साथ सहयोग  दिनुपर्छ ।नेपालि जनताको कोरोनाको कारण मृत्यु  हुदै गर्दा  दोसी नेपाल सरकार मात्र नभएर प्रतिपक्षी दलहरु पनि दोसी हुन्छ ।

सबै जना आफु बचउ र आफ्नो परिवारलाई बचाउ साबधानी माक्स ,सेनीटाइजर लगाएत अन्य साबधानी अपनाउन।
सरकार नियम पूण रुपमा  पालना गरौ।
सरकारलाई  पि सि आर परिझणमा दबाब दिउ।
सचेत र सतर्क रहउ।

!!जय नेपाल!!

हिक्मत जंग कार्की 
सदस्य 
ने.बि.संघ स्याङ्जा

Monday, August 17, 2020

प्रतिपक्ष नदेख्ने जनप्रतिनिधिलाई गतिलो झापड, नेपाली काङ्ग्रेस पोखरा २८ जुट्यो सडक मर्मतमा-Lakesidepost

प्रतिपक्ष नदेख्ने जनप्रतिनिधिलाई गतिलो झापड::नेपाली काङ्ग्रेस पोखरा २८ जुट्यो सडक मर्मतमा!!


पोखरा २८ अन्तर्गत पर्ने राखी मिजुरे सडकखण्डको केही भाग नेपाली काङ्ग्रेस पोखरा २८ले मर्मत गरेको छ! करिब ५-६ महिनादेखी सडक हिलाम्मे रहेको र सर्वसाधारणलाई आवतजावतमा कठिनाई भएको भन्दै सडक मर्मत गरिएको हो ।


     बारम्बार त्यस सडकमा ओहोरदोहोर गर्ने हरेकजसो व्यक्तिले पटकपटक जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई सडकको नाजुक अवस्था बारे जानकारी गराएतापनी मर्मतका लागि खासै तदारुकता नदेखिएको र झारा टार्ने प्रवृत्तिको बिकास भएको चौतर्फी गुनासो आएको भन्दै नेपाली काङ्ग्रेस पोखरा २८ ले वडा कार्यालयलाई  ध्यानाकर्षण पत्रमार्फत पोखरा २८ वडा कार्यालयलाई गम्भीर बन्न आग्रह तथा जनताको दैनिकि सहज तत्कालै सहज गराउन र बर्षायामको समय भन्दै नतर्किन् माग गर्दा पनि चासो नदिएपछि पार्टीकै अगुवाइमा सडक मर्मत गरिएको नेपाली काङ्ग्रेस पोखरा २८ का उपसभापति शिव बहादुर अधिकारीले जानकारी दिए। ज्ञापनपत्र बुझाउने क्रममा सडकको अवस्था बारे व्यङ्ग्य गर्दै वडा कार्यालयलाई गम्बुट उपहार समेत दिइएको थियो जत्ती प्रयोग गर्नुभो गर्नुभो अब त्यसको प्रयोग गर्न नपर्ने गरि सहज परिस्थिति निर्माण गर्न र दैनिक आवतजावत गर्न सहज होस भन्ने हेतुले मर्मतमा जुटेका छौं न कुनै सरकारी बजेटको परियोजना न कसैको ठेक्का नितान्त सहयोगीमनहरुको साथ र सहयोगबाट मर्मत गर्न लागेका छौं,साथीहरूले(जनप्रतिनिधि) बारम्बार गर्दा त यो हालत छ हामि त सुरुवातमै छौं भोलि नै असहज परिस्थिति आए पुनः सहजताका निम्ति बिकल्प सोच्न तिर लाग्नेछौ!!कम्तिमा प्रतिपक्षको दवाब र आवाजलाई कमजोर नबनाइयोस जनताका हरेक गुनासोको सम्बोधन तर्फ लागियोस् साथीहरूलाई सुझाव छ मर्मत कार्यमा सरिक काङ्ग्रेस नेता तथा कार्यकर्ताले एक स्वरले भने अब पनि नसच्चिने हो भने मुल्यांकन गर्न जनता जनार्दन आत्तुर छन।


          सरकारी बजेटबाट बारम्बार झारा टार्ने काम मात्र भएपछी नेपाली काङ्ग्रेस पोखरा २८ का उपसभापति शिव बहादुर अधिकारीको नेतृत्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस,नेपाल तरुण दल,नेपाल विद्यार्थी संघ तथा जनसमुदाय गरि सामाजिक दुरिको कायमता र मास्कको प्रयोग सहित करिब ५० जनाको सहभागिता रहेको थियो भने सबैजनाको समान श्रमदान तथा ६ वटा ट्र्याकटर र २ वटा जेसिभीले करिब १० घण्टा लगातार काम गरेका थिए।

नेवि संघ केन्द्रीय समितिको परिपत्र अनुसार जनप्रिय नेवि संघ ईकाईले क्याम्पसमा तालाबन्दी।-LAKESIDEPOST



पोखरा

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेवि संघ)ले त्रिभुवन विश्व विद्यालयमा तोडफोडमा उत्रिएको आरोपमा पक्राउ परेकाविद्यार्थीहरुलाई तत्कालै छोड्न माग गर्दै देश व्यापी विरोध प्रदशन गरेको छ।त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तरगतको पोखराकोजनप्रिय बहुमुखि क्याम्पसमा पनि बिरोध प्रदशन भएको  



नेवि संघ केन्द्रीय समितिको परिपत्र अनुसार काठमाडौं  बिरगंजमा जबर्जस्ती धरपकड गरिएका विद्यार्थी नेताहरु बिनासर्त तत्कालरिहाईको माग गर्दै देशभरिको क्याम्पस तालाबन्दी गर्ने केन्द्रीय समितिको निर्णय बमोजिम नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखि क्याम्पसईकाईद्वारा  तालाबन्दी गरिएको   तत्काल नेवि संघको नेता कार्यकर्ता रिहाई नगरे अझ सशक्त आन्दोलनको कार्यक्रम गर्ने पनिघोषणा गर्ने कुरा जनप्रिय मुल ईकाई समितिका सभापति नशिब गुरूङले बताए|

Tuesday, August 11, 2020

नेपाली काङ्ग्रेस पोखरा २८ ले बुझायो वडा कार्यालयमा ध्यानाकर्षण पत्र!वडा अध्यक्ष फरार;हिलैहिलोमा गम्बुट उपहार!- Lakeside Post

पोखरा महानगरपालिका वडा नम्बर २८ भित्र देखिएको आर्थिक अनियमितताप्रती गम्भीर ध्यानाकर्षण गराउदै नेपाली काङ्ग्रेस पोखरा २८ ले कार्यवाहक वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको छ!
वडा भित्र भएका विभिन्न बिकासका क्षेत्रहरुमा जनप्रतिनिधि कै संलग्नतामा लाखौं रुपैयाँ अनियमितता भएको!!उदाहरण का निम्ति कालिका मन्दिर संरक्षण क्षेत्र भित्र रहेको ऎतिहासिक पोखरी जस्को संरक्षणका निम्ति भन्दै बार्षीक ५-५ लाख रुपैयाँ बजेट छुट्टिएपनी पोखरी बन्नुको सट्टा अस्तित्व नै लोप भएको छ,त्यसैगरी वडा २८ भित्रै पर्ने राखी मिजुरे सडकखण्ड निर्माणका क्रममा सडकको आवश्यक मापदण्ड पूरा नगरी,नाला निर्माण सम्पन्न नगरी वडा अध्यक्ष,ठेकदार र समिती का अध्यक्षको मिलोमतोमा प्राविधिकलाई दबाबका आधारमा सम्पन्न सिफारिस गर्न लगाउने र अनियमितता गर्दै बाटोको ढुङ्गा,माटो कमिसन पचाउने दाउमा अन्तै पठाउने,साथै पोखरा २८ मा रहेको जनज्योति मा.वि.मा जनप्रतिनिधि,व्यवस्थापन समिती,प्रधानाध्यापक,शिक्षक कै मिलोमतोमा राजनैतिक भक्ती केन्द्र बनाउने दाउमा थुप्रै रकम अनियमितता भएको र त्यसमा जनप्रतिनिधि नै संलग्न भएको ठ्म्याई छ उपसभापति शिव बहादुर अधिकारीले जानकारी दिए!
अहिलेसम्म बिकास निर्माणका क्रममा बलियो प्रतिपक्षको हैसियतले कुनै पनि अवरोध नगरेको र त्यसको सट्टा जनताको सेवा भावनामा केन्द्रित नभई अकुत सम्पती आर्जन गर्न केन्द्रित भएको प्रती ध्यानाकर्षण पत्र बुझाउने भन्ने जानकारी स्वयं अध्यक्षलाई नै दिएतापनी २४ गतेदेखि कार्यवाहक दिएका अध्यक्ष कार्यालयमा उपस्थित भएका आउनुस छलफल गरौंला भनेतापनी सिंगो नेपाली काङ्ग्रेस पोखरा २८ आफ्नो अनियमितताको स्पष्टीकरण माग गर्न आउने भन्ने जानकारी पाएपछी वडा कार्यालयमा पुग्दा फरार भएको जानकारी सहसचिव प्रवीण नेपालीले जानकारी दिएका थिए!
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सि. को वडा पोखरा २८ को आर्थिक अनियमितता र लाचारिपनको बिरोध स्वरुप पटकपटक जिम्मेवार निकाय सहितले जानकारी गराएतापनी कानमा तेल हालेर अकुत सम्पत्ति कमाउन लागि परेको प्रती आपत्ती जनाउदैं अब सम्पुर्ण आय-व्ययको जानकारी सार्वजनिक रुपमै जनताका सामु नल्याईकन उम्किन खोजेमा त्यसमा संलग्न जो-कोहिलाई नछाड्ने चेतावनी पत्रमा उल्लेख छ!!


बर्षातको समयमा करोडौं रुपैयाँ खर्च गरेर निर्माण सम्पन्न भयो भनेर बजेट कुम्ल्याउने बाटो बनेको राखी मिजुरे सडकखण्डमा भएको हिलो-खाल्डाखुल्डी बाटोबाट अझै २ बर्ष बच्नका निम्ति र जनताका छोराछोरी हिलोमै कुल्चेर बिद्यालय,शहर घुम्न गएपनी वडाका राजाहरु हिलो नकुल्चीकन सहज रुपमा त्यो बाटोको आवतजावत गरुन् भनेर वडा अध्यक्षलाई गम्बुट उपहार दिएको जानकारी ने.बि.संघका नेता सागर अधिकारीले जानकारी दिएका थिए!!


   नेपाली काङ्ग्रेस,नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघ पोखरा २८ का नेताहरुको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउदै आगामी कार्यकाल हिला खुट्टा रहित कार्यालयमा प्रवेशका निम्ति गम्बुट उपहार दिएका छन्!

Wednesday, August 5, 2020

तालबाराहीको लापरबाही;सटर भाडामा वृद्दी!- Lakeside Post

तालबाराहीको लापरबाही;सटर भाडामा वृद्दी!

तालबाराही माध्यमिक बिद्यालयको जग्गामा सटर चलाएर जिविकोपार्जन गरिरहेका व्यापारीहरुलाई असार १ गतेदेखी १०% भाडावृद्दी सहित लकडाउनको भाडा समेत भुक्तान गर्न प्रधानाध्यापकले पत्राचार गरेकी छन।

काेराेना भाईरस का कारण देश लकडाउनमा रहेर आक्रान्त भइ पाेखराकाे पर्यटन क्षेत्र तहसनहस भई व्यापार व्यवसाय ठप्प भएको अबस्थामा सरकारि ताल बाराहि माध्यमिक बिधालय मा भाडा छुट गर्नु पर्नेमा उल्टै व्यवसायी लाई हतोत्साहीत हुने गरि भाडा वृद्धि गरेकाे छ।
पटकपटक भस्ट्राचारको मुद्दामा अदालत धाउने बानी परेकी प्रधानाध्यापकको चरम लापरबाही एक त सरकारी जग्गाको बन्दाबन्दीको भाडाको माग अर्को तर्फ यस्तो बेलामा भाडाको दरमा वृद्दी कतै गरिब जनतालाई भित्ता लाएर रकम कुम्ल्याउने दाउमा त छैनन।

श्रोत:..व्यवसायीको प्रत्यक्ष गुनासो,साथै पत्राचार गरिएको पत्र

Wednesday, July 29, 2020

कोरोना र प्राकृतिक बिपत्तीलाई उछिन्दै परिक्षा::एक बर्ष शैक्षिक सत्र ढिला हुने डरले विद्यार्थीको जिन्दगी नै ढिला/बरबाद बनाउने दाउमा शिक्षा मन्त्रालय तथा सरोकारवालाहरु!-LAKESIDEPOST



  सागर अधिकारी (पोखरा)
            एक यस्तो भाइरस जस्को उपाय नै एकान्तबाँस अनि एक्लोपन!कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको थियो भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका थिए तर पछिल्लो समय लकडाउनको उत्तम बिकल्प खोज्ने सामर्थ्य नरहेपछी यस्को औपचारिक रुपमै अन्त्य गरेर लगभग लगभग सबैजसो मानिसहरु आफ्नो कामकाजमा फर्किसकेको अवस्था छ!!
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिसकेको अवस्था छ!!बिशेषगरि शिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामा स्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) को आन्तरिक मुल्यांकन गरेर अगाडि बढ्ने तथा कक्षा ११ को परिक्षा भने अध्ययन गरिरहेकै बिद्यालयलाई परिक्षा केन्द्र बनाएर परिक्षा संचालन गर्ने भन्ने निर्णय जस्को कार्यान्वयन हुने नहुने अझैसम्म पक्कापक्की छैन त्यसैगरी कक्षा १२ तथा स्नातक र स्नातकोत्तर तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाई अन्योलताका बिचमा अगाडि बढाइरहेका छन!स्वभावतः सबैको कार्यशैली र कार्यसम्पादन एउटै नहुन सक्छ तर बर्तमान समयमा प्राबिधिक र प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्छ भन्दै घोक्रो फुलाएर आफुमा शैक्षिक अब्बलता देख्नेहरु आज मौन रहदां दु:ख मनाउ गर्नुभन्दा पनि धिक्कार लाग्ने अवस्था बनेको छ कि म नेपालको अग्रणी बिश्वबिद्धालयको एउटा अंग अनि विद्यार्थीका निम्ति अधिकारको लडाई गर्ने विद्यार्थी नेता हुं भन्दै गर्दा!!बर्तमान समयको महामारीका कारण आफ्ना विद्यार्थीको शिक्षा भन्दा स्वास्थ्य ठूलो हो भनेर काठमाडौं बिश्वबिद्धालय(K.U.)[जस्का थोरै संकाय अनि थोरै विद्यार्थी छन्] ले आफ्ना विद्यार्थीहरुको चलिरहेको सेमेष्टर र बर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाका आधारमा मुल्यांकन गर्न सक्ने हैसियत बनाउन सक्ने अनि हाम्रो त्रिभुवन बिश्वबिद्धालय नेपालको अग्रणी शैक्षिक संस्था जस्ले अनुभवका आधारमा चलिरहेका बर्ष र सेमेष्टरको नतिजालाई पुर्व बर्ष  र सेमेष्टरको आधारमा मुल्यांकन गर्ने हैसियत नराख्ने?? राष्ट्रिय परिक्षा बोर्ड(NEB)ले पनि कक्षा १२का विद्यार्थीको कुनै अन्य कुराहरुलाई आधार बनाएर परिक्षाको स्वरुप बदल्न नसक्ने??अरु बाकी बिश्वबिद्धालयमा उपकुलपति र रजिस्टार नियुक्त गर्न नसक्ने कस्तो शैक्षिक प्रणालीमा हामी चल्दैछौं??हाम्रो शैक्षिक संस्कार कस्तो बन्दैछ??शैक्षिक माफियाका निम्ति मात्र सरकारले उदारता देखाउने आफ्नो भविष्य बनाउन यी शैक्षिक संस्था संग आवद्द विद्यार्थीको बेवास्ता गर्ने??पढ्न र सिक्न पाउने अधिकारबाट विद्यार्थीलाई बन्चित गराउने??कस्तो खालका नियम कानुन बनाएर अगाडि बढ्दा ठिक होला शैक्षिक संस्थाका ठालुहरुले भन्न नसक्ने??एउटा देशको प्रमुख बन्नलाई कुनै शैक्षिक संस्थाबाट कुनै तह पास नगरेको भएपनि चल्ने अनि तिनैको नितिनियम बाट चल्नलाई हामी जस्तो देशको कर्णधारलाई स्नातक र स्नातकोत्तर तह पास गर्नुपर्ने अनपढ गवारको नेतृत्वमा हामी हिड्नुपर्ने??प्रधानमन्त्रीलाई कुलपती मान्ने स्थितिमा कि हाम्रो बिश्वबिद्धालयको कुलपती कुनै बिधामा स्नातकोत्तर पास गरेको होस हैन भने पटकपटक माध्यमिक तहपनि उतिर्ण गर्ने हैसियत र सामर्थ्य राख्न नसक्नेलाई हामिले पुज्नुपर्ने??यस्तो शैक्षिक प्रणालीमा कतिन्जेल परिवर्तनको आशा राखेर चल्ने??
कुनैपनी हालतमा सरकार,राष्ट्रिय परिक्षा बोर्ड,तथा सम्पुर्ण बिश्वबिद्धालयले परिक्षा लिएर नै छाड्ने हो भने पोखरा बसेर विद्यार्थीका निम्ती राजनीति गरिरहेको एउटा विद्यार्थी नेताको हैसियतले पोखराबाटै चेतावनी दिन चाहान्छु सरकार र शैक्षिक क्षेत्र संग संबंधित मन्त्रालय,सरोकारवालाहरु माफियाकै निम्ति आफुलाई समर्पित गर्दै गर्दा भोलि तिम्रो त्यो निर्णयको विरुद्धमा मसाल लिएर बिग्रहको आन्दोलन सडकमा देखिने पक्कापक्की छ होसियार रहनु!!
बर्षातको बेलामा दिनप्रतिदिन घटिरहेको बाढी-पहिरो जस्ता प्राकृतिक बिपत्ती र कोरोनाको चपेटामा परेका देशका सबै ठाँउका विद्यार्थीलाई जिन्दगी भन्दा परिक्षा प्यारो छैन एउटा जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नुपर्ने यो स्थितिमा काठमाडौंका केही शैक्षिक माफियाको निर्देशन र मनस्थितिले देशका हरेक कुनामा बसेका जिल्ला-जिल्लाका कर्णाली प्रदेश जस्तो बिकट बिकट बस्तिमा बसेका विद्यार्थीलाई यो निर्णयले सन्तुष्ट दिन सक्दैन,यदि माफियाकै मनस्थितिमा चल्ने हो भने हजारौं अलपत्र विद्यार्थीको मनस्थितिमा बसेको हरेक कुराको डरले परिक्षामा अनुत्तीर्ण बनेको पीडा र परिक्षा समाप्तिपछि क्याम्पसले नयाँ सेमेष्टरको भर्नाका बहानामा माग गर्ने शुल्कको पुर्ती गर्न नसक्नुले भोलि आज कोरोनाको कारण ज्यान गुमाउनेको संख्याभन्दा परिक्षा र आर्थिक मन्दिका कारण ज्यान गुमाउनेको संख्या बढी नहोला भन्न सकिदैन!!!
एकबर्ष शैक्षिक प्रणाली ढिला हुने डरले भर्खर-भर्खर भविष्यको चिन्तन बोकेर अगाडि बढेका यी कलिला हातहरुमाथि किन माफियासंगको साझेदारीमा जिन्दगीनै लिने सोचमा छन सरोकारवाला हरु आजको गम्भीर प्रश्न र चासोको बिषय हो यो!!
कैलालीमा बाढि,दाङमा पहिरो,दुर्लुङ्गमा पहिरो तराईका अधिकांश जिल्ला डुबानमा,देशैभर कोरोना संक्रमितको संख्या तिव्रदरमा वृद्धि जस्ता अनेकन समाचारको बिचमा शारीरिक रुपमै परिक्षा केन्द्रमा उपस्थित भएर परिक्षा दिने वातावरणका अगाडि खै बाढी-पहिरोले बिस्थापित विद्यार्थीको लेखाजोखा??खै कोरोनाको संक्रमणले थलिएका विद्यार्थीको लेखाजोखा??
यत्ती धेरै कुरा भन्दै गर्दा परिक्षा संग डराएर विद्यार्थी भाग्ने बहाना बन्दैछ कोरोना र प्राकृतिक बिपत्ती भन्ने नभेटिएलान् भन्न सकिदैन परिक्षा स्थगन भएर परिक्षाको पर्खाइमा बसेका हरेक विद्यार्थी तयार छन परिक्षा दिन तर यो महामारी र बिपत्तिको साम्यपछि मात्र,यो त साम्यनै हुँदैन परिक्षा लिने नै हो भन्ने हैसियत राख्ने हो भने यी लाखौं विद्यार्थीको स्वास्थ्यको सुरक्षाको जिम्मेवार को??भविष्यमा आइपर्ने भवितव्यंको जिम्मेवारी को?? यदि त्यति नै आत्तुरी भएको हो भने हामी परिक्षा दिन तयार छौं तर तिमिहरु जस्ता शैक्षिक माफियालाई साथमै राखेर वास्तविक विद्यार्थीको पीडा र भोगाइको पाठन सहित बन्द कोठामा थुनेर तिमिहरुको जिन्दगीको परिक्षा लिन्छौं हामी!! राजधानीका निजि क्याम्पस र बिद्यालयको सुझावमा शैक्षिक क्षेत्र चलाउन खोज्नेहरु एकपटक सम्झ तिम्रो त्यो देशका हरेक ठाँउमा घटिरहेका घटना अनि लैजाउ राजधानी बाहिरको विद्यार्थी बनाएर तिम्रो छोराछोरीलाई अनि कल्पना गर एकपटक गाउँको थोत्रो घरमा बिजुली बत्ती समेत नभएको क्षण,पहिरोले बगाएको आगनीको डिल,पानीले भिजेर मक्किएको घरको गारो अनि कोरोनाले क्षतबीक्षत बनेको आफ्नो वरिपरिको गाउँ/जिल्ला अनि बल्ल बुझ्नेछौं तिमिहरुले यी गाउले विद्यार्थीको पीडा अनि रहरभित्र लुकेको डर!!!
परिक्षा एकबर्ष ढिला होस तर परिक्षा बोर्ड,बिश्वबिद्धालय,र शिक्षा मन्त्रालयको निर्णयले विद्यार्थीको जिन्दगी नै ढिला नहोस् शुभकामना🙏
       #जयनेपाल_बनाउनेपाल✌️
             (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Tuesday, July 28, 2020

याे ज्यान बचाउने समय हो। सरकार हामी निर्दोष विद्यार्थीलाई कोरोना को शिकार नबनाऊ।-LAKESIDEPOST



पोखरा : श्रावण-१३ ; परीक्षाको विकल्प परिक्षा नै हो यो कुरा हामी सम्पुर्ण विद्यार्थीले बुझ्नु पर्छ र बुझेका छौ ।काेभिड १९ महामारीले चैत ०६ गतेदेखि त्रिभुवन विश्वविद्यालय लगाएत देशका सम्पुर्ण विश्वविद्यालयका परीक्षा स्थगित भए संगै विगत ४ महिना देखि न राम्रो संग पढ्न पाएका छौ न त निर्धक्क सङ बस्न नै पाइएको छ । कसरी याे महामारीबाट सुरक्षित हुने भनी सतर्कता अपनाएर बसेका छौ ।यस्तो विषम परिस्थितिका  बावजुत विश्वविद्यालयहरु विद्यार्थीहरुलाई मानसिक रुपमा तनाव दिने गलत नियतले भदौ महिना देखि परिक्षा सञ्चालन गर्ने विज्ञप्ति निकाल्नु कति सम्म गैरजिम्मेवार निर्णय हो। सरकारले भदौ १ पछि मात्र लामो दुरीका सवारीसाधन चल्न दिने निर्णय र देशभर गै रहेकोे बाढी, पहिरोका कारण अबरुद्ध सडकले गर्दा कलेज सम्म पुग्न सक्ने स्थिति पनि छैन भने जिल्ला जिल्लामा रहेका क्याम्पसहरु अझैसम्म पनि क्वारेन्टाइनको रूपमा प्रयोग हुँदै आएकोले हाल सालै ती क्याम्पसहरुमा पनि परिक्षा केन्द्र राखी परिक्षा लिन सकिने अवस्थ पनि छैन ।तेसैले येस्तो विषम परिस्थितिमा  विद्यार्थी काे भावनाको कदर गर्न जरुरी छ ।कोरोनाको जोखिम दिन पर्ते दिन बढेको छ। स्थिति असहज भयो भने त फेरि lockdown त हुन सक्छ भने परिक्षा त पछि को कुरा हो।
येस्तो संबेदनसिल विषयमा हतार गर्नाले कतै ठुलो महामारी लाई निम्तो दिने काम त हुदैन ?
जीवन छ सब थोक छ
जीवन छैन त केही छैन

समस्या अनि समाधान केके हुन भनेर म केही प्रश्न सोध्छु तेस्को उत्तर दिनु हामीलाई कति हाम्रो मात्रै मुल्यांकन गर्नु हुन छ।
          Time: shrawan 20 
         Group A'   ( 5*20=100)

१.परीक्षा लिनु गलत होइन तर यो बेलामा कलेज सम्म मात्रै पनि पुग्न नसक्ने अवस्था छ कसरि गएर बिद्यार्थीहरुले परीक्षा दिने?
२.यदी परिक्षा दिने एकजना मात्र बिद्यार्थीलाई कोरोना भाइरस भएको रहेछ  समुहमा बसेर परीक्षा दिँदै गर्दा अरु विद्यार्थी हरु पनि यस रोगबाट संक्रमित भयो भने यसक़ो ज़िम्मा लिने कसले?
३.दशै अघि नै हतारमा परिक्षा गर्नुको फाइदा केके हुन?
४.के  बिद्यार्थीहरु माथिको तनाव नै  त्रिभुवन विश्वविद्यालय को उपलब्धि हो?
५. भविष्य‌ निर्माणको लागि ‌अगि सरेका विद्यार्थीको जिवन सँग खेलवाड गर्नु  कस्को उपलब्धि हो?
              लेखिका- सविना तिमिल्सिना

Monday, July 27, 2020

नारीमाथि बलात्कार, यसिड प्रहार जस्ता घातक कामहरुले नारिको अस्मिता र इज्जत माथी ठुलो चोट -LAKESIDEPOST


मेरो देश! नेपाल,हामी नेपाली अनि म त्यहि नेपालकि छोरी  भनेर चिनीने नारी ।। हाम्रो देश नेपाल भोैगोलिक र संस्कृतिक बिबिधताले भरिएको छ। तल समथर तराई का फाटहरु फेरी हिमाल अनि पहाडको लोभलाग्दो भुगोल। सयौं जातजाति भाषाभाषी को एउटै माला भएर मिलेर बसेको हाम्रो देश नेपाल...लाग्छ स्वर्ग यहिनै हो यहीँ नै छ। हाम्रो देश लोकतान्त्रिक,प्रजातान्त्रिक देश आज नारी मारा देश, नारीशोषक देश जस्तो बन्दै गइरहेको अनुभव भैरहेको छ । हे नारीको सौन्दर्य प्रती मोहित कुबिचारीहो नारी प्राप्तीका लागि यती सम्म लाचार र घिनलाग्दो बन्न पुगेउ । यउटा नारि प्राप्तिको लागि यतिसम्म लाचार हर्कत गर्न सक्ने निक्ममाहरुले नोै महिना कोखमा राखेर दस धारा दूध खुवायर हुर्काउने आमालई सम्झेनउ? कि तिम्री आमा पनि नारी नै हुन भन्ने कुरा याद आयन। आखिर यो सब केका लागि गर्दै छोै कस्का लागी..? सक्छोै भने भ्रस्टाचारि, अदमखोर कानुन र देशलाई भड्खालो तिर लैजाने सरकारलाई Acid प्रहार गरेर देखाउ आखिर किन नारी,छोरी, चेली माथि हद भन्दा हदको लाचार पन देखाउदै छोै। यस्ता जस्ता नारी घातिलाई जति गाली गरेपनि कुनेै अर्थ छैन जबसम्म कि भ्रस्ट सरकार र भ्रस्टाचारिहरुको तलुवा चाटेर हिडने प्रशासन चल्छ। 


देश सङ्कटमा परेर आफ्नो भुभाग नै अन्योलमा पारिसकेको, भ्रस्ट नै भष्टले देश टुक्रा पारिसकेको र हिजो आजका दिनमा नारीमाथि बलात्कार, यसिड प्रहार जस्ता घातक कामहरुले नारिको अस्मिता र इज्जत माथी ठुलो चोट पुराएको छ !! नारीहरु सबै एकजुट भइ जुटेर लम्पसार सरकार र नारि बिरोधी धर्तिका बोझ हरुलाई नारी शक्ति कति छ भन्ने कुरा आवास गराउन जरुरी छ। राजनैतिक भागबन्डा मात्र हैन नारिको हक हित सुनिस्चित गर्न अगाडि बढोै । सबै एकजुट भएर लागि परौ !!          जय नारी जय नेपाल।।
लेखिका : दीपिका भण्डारी

Tuesday, July 21, 2020

पोखरा वृद्धाश्रममा बि पि कोइरालाको ३८ औं स्मृति दिवस पारेर नेपाल विद्यार्थी संघ जनप्रिय मूल इकाई समितिले फलफूल वितरण-LAKESIDEPOST




नेपाली काँग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रीक समाजवादका प्रणेता एवं मूर्धन्य साहित्यकार महामानव विपि कोइराला प्रति प्रेमील सम्झना तथा भावपूर्ण श्रद्धाञ्जली।
विश्वस्वर प्रसाद कोइराला को ३८ औं स्मृति दिवसको अवसर पारेर जनप्रिय बहुमुखि क्याम्पसको नेपाल विद्यार्थी संघद्वारा पोखरा वृद्धाश्रममा फलफूल वितरण गरेका थिए।


यसै कार्यक्रममा नेपाल विद्यार्थी संघ मूल इकाइका सभापति नसिव गुरुङले पोखरा वृद्धाश्रमको जेष्ठ नागरिकलाई फलफूल हस्तान्तरण गर्नु भएको थियो। उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघको उप सभापति निर्दोष विक्रम पौडेल, उप सभापति डेक पुन,उप सभापति समीर अधिकारी ,सचिव हिकमत जंग कार्की, सह सचिव शंकर पहारी, सह सचिव सागर खत्री, सदस्य असीम गुबाजु ।स्ववियु सदस्य सविना तिमिल्सिना र +२ समितिका सभापति रोशन ढकाल साथै विद्यार्थी नेता/नेतृ हरु नवराज सुनार, सन्देश कार्की, सुस्मिता गिरी, सन्देश दाहाल, अनु देवकोटा, पुकार पराजुली, अविनाश नेपाली उपस्थित भएका थिए। यस कार्यक्रमका संयोजक तथा नेपाली विद्यार्थी संघ मूल इकाइ समितिका उप सभापति आदित्य देवकोटाले जानकारी दिएका थिए।

Thursday, July 2, 2020

बिद्यार्थी हिक्मतको अनलाइन क्लास नगर्न क्याम्पस संग आग्रह

जनप्रिय बहुमुखी क्याम्पस,  पोखरा ८ सिमलचौर     त्रिभुवन बिश्वबिद्धालय केन्द्रीय कार्यालय,काठमाडौं  शिक्षा मन्त्रालय तथा मन्त्री परिषदको कार्यालय     बिषय::गम्भीर ध्यानाकर्षण सम्बन्धमा
हालको समयलाई मध्य नजर गर्दै  त्रिभुवन विश्वविद्यालय को निति अनुरुप सहज रूपमा क्याम्पस नचल्ने सम्म जनप्रिय बहुमुखी क्याम्पस ले अर्को हप्ता बाट अनलाइन (0nline) कक्षा सञ्चालन गर्ने कुरा हिजो जनकारीमा आएको थियो।
हामीले सम्पूर्ण बिद्यार्थीहरुमा जनकारी होस भनी समाजिक सन्जालमा राखेका थिएउ । 
त्यस पश्चात धेरै बिद्यार्थीहरुको म्यासेज( message) बाट आफूहरू गाउँमा रहेको र अनलाइन कक्षा पढ्न समस्या हुने कुरा बताउनू भयो। हाम्रो क्याम्पसको विद्यार्थीहरु निजि कलेजका जस्तो सयौंको संख्यामा हैन हजारौंको संख्यामा छन  ।
हाम्रो क्याम्पसमा अध्ययन गर्ने धेरै बिद्यार्थीहरु गाउँबाट आई पोखराको बिभीन्न ठाउमा कोठा भाडामा लीई अध्ययन गर्नूहुन्छ र अहिलेको बिपतको बेलामा सबैजना  आआफ्नो गाउँहरुमा हुनुहुन्छ भन्ने कुरा क्याम्पसलाई राम्रो संग थाहा भएको कुरा हो। त्यस्ले गर्दा हजारौ बिद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसका बिद्यार्थीहरुलाई  अनलाइन क्लास पढ्न निकै गारो र अफ्ठ्यारो हुनेछ। नेपाल जस्तो बिकास हुदै गरेको देशमा गाउँगाउँमा wifi हुने गाउँ गाउँमा  3G ,4G  चल्ने कुरा त  टाढाको हो  । कति संग त ईन्टरनेटको पहुँच पनि छैन अनि 
बर्खाको बेला गाउँहरुमा बत्ती नभएर मनिसहरु आन्धकारमा बस्ने गर्छन र यस्तो बेलामा अनलाइन क्लास पढ्ने कुनै संभावना छैन ।

यो लेख मेरो मात्र नभएर गाउँबाट आएर अध्ययन गर्ने सयौं विद्यार्थीको आवाज हो।
यो कुरालाई क्याम्पसले,क्याम्पस प्रशासनले,क्याम्पस प्रमुखले गम्भीर रूपमा सोचदिनु हुन आग्रह गर्दछु र यस विषयमा सम्पुर्णको गम्भीर ध्यानाकर्षण जओस।
हिक्मत जंग कार्की
BBS (तेस्रो बसेँ )
जनप्रिय बहुमुखी क्याम्पस , पोखरा

Friday, June 19, 2020

कोरोनाको त्रास र कहर::बिश्वबिद्धालय र मन्त्रालयलाई परिक्षाको रहर?-LAKESIDEPOST


           सागर अधिकारी (पोखरा)
            एक यस्तो भाइरस जस्को उपाय नै एकान्तबाँस अनि एक्लोपन!कोरोना भाइरस अर्थात कोभिड १९(nCov2019) का कारण बिश्वले नै अपनाएको लकडाउन अर्थात बन्दाबन्दीलाई नेपाल सरकारले पनि हर कदमले कडाइका साथ लागू गरिरहेको थियो भने सम्पुर्ण जनताले सरकारलाई पुर्ण रुपमा साथ र सहयोग गरिरहेका थिए तर पछिल्लो समय लकडाउनको उत्तम विकल्प खोज्न नसक्नुले जनताले लकडाउनको भद्र उल्लंघन गरेर आफ्नो कामकाजमा फर्किरहेको अवस्था छ!यदि सरकारले जनताको धैर्यतालाई 
बन्दाबन्दिका कारण नेपालका हरेक क्षेत्र प्रभावित हुनुका साथै थुप्रै जनशक्ति बेरोजगारीको चपेटामा परिरहेको अवस्था छ!!बिशेषगरि शिक्षा क्षेत्र र आर्थिक क्षेत्रलाई बढी प्रभाव पारेको महशुस हरेक नेपालीले गर्दै आएका छन! शैक्षिक क्षेत्र अन्तर्गत अन्तिम अवस्थामा स्थगित भएको माद्यामिक तहको परिक्षा(SEE) तथा अन्य विभिन्न तहको परिक्षाको स्थगनले थुप्रै विद्यार्थी परिक्षाको तयारीलाई अन्योलताका बिचमा अगाडि बढाइरहेका छन!स्वभावतः सबैको कार्यशैली र कार्यसम्पादन एउटै नहुन सक्छ तर बर्तमान समयमा प्राबिधिक र प्रयोगात्मक 
शिक्षालाई जोड दिने आफुमा शैक्षिक अब्बलता देख्नेहरु आज मौन रहदां दु:ख मान्दैगर्दा पनि धिक्कार लाग्ने अवस्था बनेको छ कि म नेपालको बिश्वबिद्धालयको एउटा अंग हुं भन्दै गर्दा!!बर्तमान समयको महामारीका कारण आफ्ना विद्यार्थीको शिक्षा भन्दा स्वास्थ्य ठूलो हो भनेर काठमाडौं बिश्वबिद्धालय(K.U.)ले आफ्ना विद्यार्थीहरुको चलिरहेको सेमेष्टर र बर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाका आधारमा मुल्यांकन गर्न सक्ने हैसियत बनाउन सक्ने अनि हाम्रो त्रिभुवन बिश्वबिद्धालय नेपालको अग्रणी शैक्षिक संस्था जस्ले अनुभवका आधारमा चलिरहेका बर्ष र सेमेष्टरको नतिजालाई पुर्व बर्ष  र सेमेष्टरको मुल्यांकन गर्ने हैसियत नराख्ने??अरु बाकी बिश्वबिद्धालयमा उपकुलपति र रजिस्टार नियुक्त गर्न नसक्ने कस्तो शैक्षिक प्रणालीमा हामी चल्दैछौं??हाम्रो शैक्षिक संस्कार कस्तो बन्दैछ??शैक्षिक माफियाका निम्ति मात्र सरकारले उदारता देखाउने आफ्नो भविष्य बनाउन यी शैक्षिक संस्था संग आवद्द विद्यार्थीको बेवास्ता गर्ने??पढ्न र सिक्न पाउने अधिकारबाट विद्यार्थीलाई बन्चित गराउने??कस्तो खालका नियम कानुन बनाएर अगाडि बढ्दा ठिक होला शैक्षिक संस्थाका ठालुहरुले भन्न नसक्ने??एउटा देशको प्रमुख बन्नलाई कुनै शैक्षिक संस्थाबाट कुनै तह पास नगरेको भएपनि चल्ने अनि तिनैको नितिनियम बाट चल्नलाई हामी जस्तो देशको कर्णधारलाई स्नातक र स्नातकोत्तर तह पास गर्नुपर्ने अनपढ गवारको नेतृत्वमा हामी हिड्नुपर्ने??प्रधानमन्त्रीलाई कुलपती मान्ने स्थितिमा कि हाम्रो बिश्वबिद्धालयको कुलपती कुनै बिधामा स्नातकोत्तर पास गरेको होस हैन भने पटकपटक माध्यमिक तहपनि उतिर्ण गर्ने हैसियत र सामर्थ्य राख्न नसक्नेलाई हामिले पुज्नुपर्ने??यस्तो शैक्षिक प्रणालीमा कतिन्जेल परिवर्तनको आशा राखेर चल्ने??
यस्पाली सरकारले चित्तबुझ्दो जवाफ दिनैपर्छ ११,१२,स्नातक र स्नातकोत्तर अध्ययन गर्दैगरेका ती विद्यार्थीको चलिरहेको सेमेष्टर र बर्षको नतिजा पुर्व सेमेष्टर र बर्षको नतिजाको आधारमा मुल्यांकन गरेर शैक्षिक प्रणालीलाई प्रयोगात्मक बनाउने जुन अवसर मिलेको छ त्यसलाई व्यवहारमा लागू गर्न तल्लिन रहनैपर्छ!!कोरा कागजी ज्ञानको आधारमा कतिन्जेल ८ कक्षा अनुत्तीर्णले चलाएको देशमा शैक्षिक संस्था र प्रणाली हामीले मान्दिनुपर्ने??कि शैक्षिक माफियालाई देश सुम्पेर सधैं अनुत्तीर्णको दिन बनाउने?नतिजा मुल्यांकन गर्न सक्ने हैसियत बनोस,मुल्यांकन गरिएको नतिजाले जे देखाउला त्यो सहुला-बुझाउला तर परिक्षा दिन सक्ने स्थिति छैन र बन्दैनपनि यदि कागजी परिक्षाको विकल्प अनलाइन मार्फत नै परिक्षा दिनुपर्ने स्थिति हो भने यस्मा सरकारले स्पष्ट पारोस कुन-कुन विद्यार्थी ईन्टरनेटको पहुँचमा छन कति विद्यार्थी संग स्मार्ट फोन छ??कति विद्यार्थी संग आवश्यक स्रोत र साधन छ हेक्का नभएको सरकारले अनलाइन र भर्चुअल प्रणालीको कुरा नगर्दा नै बेश होला!!!धन्यवाद!!
#जयनेपाल_जयस्वाभिमान🙏✌️
  (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Thursday, June 18, 2020

नेपाली कांग्रेसले पोखरा ६ भल्छोपुवामा राहत वितरण!-Lakesidepost

नेपाली कांग्रेस पोखरा ६ क्षेत्र इकाई ५ भल्छोपुवा मा आयोजना भएको राहत वितरण कार्यक्रम मा सहभागी हुनुहुने सम्पूर्ण लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु। सहयोग गर्नुहुने वार्ड नम्बर ६ ईकाई सभापति: बलराम गिरी ज्यू र क्षेत्र ५ को संयोजोक वुद्धिनाथ पाण्डे ज्यू साथै सम्पूर्ण टीम लगायत ७ टोल समितिका मनहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु। यस कार्यक्रम काे संयोजक श्री पवित्रा थापा र सविना तिमिल्सिना लगायत सम्पूर्ण टीम लाई बिशेष धन्यवाद दिन चाहन्छु। साथै भोलिको दिन मा यस्ता राहतका कार्यक्रम सरकारबाट नै अगाडि बढुन शुभकामना भनेर ने.बि संघका नेता शंकर पाहारी र नवराज सुनारले जानकारी दिएका छन्।
कांग्रेस सभापति बलराम गिरिले नेपाली कांग्रेस जनताको हरेक सु:ख-दु:खमा साथ दिने र सहयोग गर्ने पार्टी रहेको जनाउँदै कोरोना महामारीले जनता दु:खमा परेको हुँदा दु:खित जनतालाई खानपिनको समस्या नहोस् भनि आफुहरुले राहत बितरण गरेको बताए। राहतको लागि रकम वडाभित्रका कांग्रेस नेताहरुबाट संकलन गरिएको थियो भने नपुगेको रकम पार्टीको कोषको रकम प्रयोग गरिएको कोषाध्यक्ष तेजनाथ न्यौपानेले बताए।
साथै कार्यक्रमका लागि आवश्यक सयौंँ मास्क र सेनिटाइजर पठाएर आफुहरुलाई सहयोग गर्नुभएकोमा नेपाली कांग्रेस संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेस पोखरा ६ सभापति बलराम गिरिले हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

नेपाली कांग्रेसले पोखरा ६ भल्छोपुवामा राहत वितरण!-Lakesidepost



नेपाली कांग्रेस पोखरा ६ क्षेत्र इकाई ५ भल्छोपुवा मा आयोजना भएको राहत वितरण कार्यक्रम मा सहभागी हुनुहुने सम्पूर्ण लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु। सहयोग गर्नुहुने वार्ड नम्बर ६ ईकाई सभापति: बलराम गिरी ज्यू र क्षेत्र ५ को संयोजोक वुद्धिनाथ पाण्डे ज्यू साथै सम्पूर्ण टीम लगायत ७ टोल समितिका मनहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु। यस कार्यक्रम काे संयोजक श्री पवित्रा थापा र सविना तिमिल्सिना लगायत सम्पूर्ण टीम लाई बिशेष धन्यवाद दिन चाहन्छु। साथै भोलिको दिन मा यस्ता राहतका कार्यक्रम सरकारबाट नै अगाडि बढुन शुभकामना भनेर ने.बि संघका नेता शंकर पाहारी र नवराज सुनारले जानकारी दिएका छन्।



कांग्रेस सभापति बलराम गिरिले नेपाली कांग्रेस जनताको हरेक सु:ख-दु:खमा साथ दिने र सहयोग गर्ने पार्टी रहेको जनाउँदै कोरोना महामारीले जनता दु:खमा परेको हुँदा दु:खित जनतालाई खानपिनको समस्या नहोस् भनि आफुहरुले राहत बितरण गरेको बताए। राहतको लागि रकम वडाभित्रका कांग्रेस नेताहरुबाट संकलन गरिएको थियो भने नपुगेको रकम पार्टीको कोषको रकम प्रयोग गरिएको कोषाध्यक्ष तेजनाथ न्यौपानेले बताए।
साथै कार्यक्रमका लागि आवश्यक सयौंँ मास्क र सेनिटाइजर पठाएर आफुहरुलाई सहयोग गर्नुभएकोमा नेपाली कांग्रेस संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेस पोखरा ६ सभापति बलराम गिरिले हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

Saturday, June 13, 2020

पोखरा बिश्वबिद्धालयका एक विद्यार्थीले लेखे प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई खुल्ला पत्र !


पोखरा बिश्वबिद्धालयमा अध्यनरत विद्यार्थी अमन के.सि. ले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई यस्तो खुल्ला पत्र लेखेका छन्:

नेपाल सरकारलाई खुल्ला पत्र  

सम्माननीय प्रधानमन्त्री ज्यु र माननीय शिक्षा मन्त्री ज्यु ,     

नेपालको गण्डकी प्रदेशमा एउटा बिश्वबिद्धालय छ ,पोखरा बिश्वबिद्धालय जुन चाहि नेपाल कै दोस्रो ठुलो  बिश्वबिद्धालयको रुपमा चिनिन्छ र तपाईंहरु क्रमश यहाको कुलपति र सहकुलपति हुनुहुन्छ । कामको शिलशीलामा र कार्य व्यस्तताले गर्दा बिर्सनु भयो होला स्मरण गराउन चाहे ! 

अब यहाँ त हजुरहरु आउने कुरा भएन र हजुरहरुले 
नभ्याउने कारणले र बिश्वबिद्धालयलाई चलाउन भि.सि. र रजिस्ट्रार भन्ने पद बनाउनु भएको छ । तर यो पदहरु चाहिँ ९ महिना देखि रित्तो छ र म जस्ता हजारौं बिद्यार्थी टुहुरा बन्न पुगेका छौँ र यति मात्र नभएर बिश्वबिद्धालयका शैक्षिक र प्रशासनिक कामहरु रोकिएका छन । धेरै विज्ञप्तिहरु आए प्राध्यापक संघ,  कर्मचारी संघ र विद्यार्थी संघहरुको त्यो तपाईं सम्म पुग्यो कि नाइ मलाई थाहा भएन  तर पुगे पनि हजुरहरुले वास्त नगरेको जस्तो मलाई लाग्यो।

अझै पनि हजुरहरुले ढिलो गर्नु भयो भने हजुरहरुलाई बिद्यार्थीहरुले अवश्य मुल्यांकन गर्छन र तपाईंहरुलाई थाहा नै छ विद्यार्थी एकता र विद्यार्थी आन्दोलनको शक्ति । अन्तत म हजुरहरुलाई विनम्र अनुरोध गर्दछु कि छिटो भन्दा छिटो उपकुलपति रजिस्ट्रार लगायत महत्त्वपूर्ण पदहरु नियुक्ति गर्नुहोस र बिद्यार्थी र देशको भविष्य माथी गुन गरिदिनु होस ।

 अमन के.सी
 पब्लिक हेल्थ , दोस्रो बर्ष 
 पोखरा बिश्वबिद्धालय

Friday, June 12, 2020

सुख मा सहर बजार अनि बिपत मा गाउँ घर!



कुनै एउटा गाउँ मा एउटा परिवार बस्थ्यो । परिवार मा आमा बुवा , एउटा छोरा(राम) , बुहारी अनि दुइटा बाल बच्चा थिए। राम आफ्नो पढाई उच्च माध्यामिक सम्म गरेर बसेको थियो ।उनी हरु भैंसी , बाख्रा पाल्थे , खेती बाली पनि लगाउथे । राम लाई खेत वारि मा हुने सब कामको ज्ञान थियो । उस्लाइ सोही गाउँ मा 20 हजार बराबर को जागिर मिलेको पनि थियो । तर राम लाई नेपाल को जागिर ले केही हुँदैन भन्ने भान पसेकोले उक्त जागिर लाई इन्कार गरेर वैदेशिक रोजगार को लागि म्यन्पावर धाउन लाग्यो । केही महिना मा उसको भिसा लाग्यो र उ बिदेशीयो ।काम राम्रै थियो , मुस्किलले 35 हजार घर पठाएको पनि थियो । येता बुहारी आमा बुवा सङ बस्न रुचाएकी थिइनन । छोराछोरी को "भविस्य को लागि" भन्ने निहु मा सहर जान खोजेकी थिइ । 
राम बिदेश गयेर पहिलो छुटि आयेको थियो । अब त अलिअलि पैसा आउन थाल्यो भन्ने भयेपछी , गाउँ घर नराम्रो लाग्न थाल्यो , सधै सोर्ने त्यो गोबार अब अलि अलि गनाउन थाले को थियो , उकालो ओरालो गर्न पनि अब त असज हुन थालेको थियो ,साथी भाइ हरु पनि नजिक नपरिदिये हुन्थ्यो जस्तो लाग्न थालयो  अनि अब आफू भन्दा माथी को कोइ छैन भन्ने घमण्ड हुन थाल्यो । अब गाउँ बस्नु हुन्न , सहर तिर झर्नु पर्छ भन्नी सोच उस्मा पसेको थियो । बुहारी ले गर्दा छोरा को सोच येस्तो भएको आमा बुवा राम्रो सङ जान्थे । नाति नातिनी लाई गाउकै बोडिङ स्कुलमा हालौला , हामी सङ भये पछि त केही पिर गर्न पर्दैन भन्दै आमा बुवा ले छोरा बुहारी लाई सहर नपस्न आग्रह गरे । तर राम सुनेको नसुनै गरेर  खेत वारि मा नखटिने गरि , साथि भाइ लाई बिदाइ गरि , बुवा आमा को रोकाइ नसुनी  उनिहरुलाई एक्लो परि आफ्नो बुडि र बाल बच्चा लियेर उ सहर पस्यो । आफ्नो परिवार लाई फ्ल्याट मा राखेर उ छुटी पूरा गरि बिदेस फर्कियो । बिदेस जानू अघि उ बुवा आमा लाई भेट्न  जान भ्याएन  किन कि उ आफ्नो श्रीमती र बच्चा सङ घुम्न , डुल्ल मा ब्यस्त थियो । एअरपोर्ट मा पुगेसी झल्यास आमा लाई सम्झियो र फोन गर्यो " आमा म बिदेश हिडेको "  आमा रुदै भनिन " हस छोरा येता को केही पिर नमान , बोरु जानी बेला मा एक चोटि भेट्न आको भए घिउ , अचार लान्थिस " छोरा ले भन्यो" आमा ल अब म एक्छिन मा उड्छु होला बुवा लाई नि भन्दिनु " , त्यहि छेउ मा भयेका बुवा ले फोन खोसेर भन्ने" छोरा कहिले आउँछस गाउँ? " तेतिकै मा फोन काटियो अनि आमा ले भन्निन " हजुर को छोरा त बिदेश हिडेको अब अर्को दसै मा आउला नि " । बुवा भावुक हुँदै घर बाट निस्किये। 

समय बित्दै गयो अनि आमा बुवा लाई आफ्नो छोरा को न्यास्रो लाग्दै गयो , न फोन गर्छ राम न केही खबर नै पठाउछ । बुहारी ले पनि आमा बुवा लाई फोन गरेर खबर पठाउन्न नत आमा बुवा को फोन नै उठाउछे।  तेति कै मा बुवा के भने " येतिका दिन सम्म पनि छोरा को खबर बुझ्न पाइएन , के कस्तो छ बुझ्न पाए पनि हुनि " । आमा के भनिन " जनुस न त बुहारी थिम छोरा को खबर बुझेर आउनुस " बुवा अनकनौदै भने " हुन्छ तनि म सहर गएर खबर बुझेर आउछु छोरा को , नाति नातिना लाई देख्न पनि मन लागेछ , पुगेर आउछु " अनि आमा ले मकै , घरपाला चामल , एक डब्बा घिउ एउता प्लास्टिक मा राखिदियेर पठाइन । बुवा भारी बोकेर बुहारी भयेको घर मा पुगे । बुहारी को नाम , नाति को नाम लियेर बोलाए अनि तेति कै मा नाति के भन्यो " मामु , हजुरबा आउनु भको रहिछ क्या गाउँ बाट बोलाउनु भको छ बाहिर "  बुहारीले आफ्नो छोरा लाई भनी " किन आका रहिछन , खुट्टा पनि हिलै हिलो होला , खुट्टा बहिरै धोयेर , चप्पल गेट निरै राखेर मात्र भित्र ल्याउ " भनी । छोरा ले भन्यो " भित्रै बाथरुम मा धोए भै हाल्यो नि , थाक्नु भको होला गाउँ बाट आउदा " । बुहारी रिसादै भनी " हिलो खुट्टा ले भित्र भित्र हिड्दा फोहोर हुन्छ , बाहिरै धोयेर मात्र ले भनेसी" छोरा भावुक हुँदै बाहिर निस्कियो । गेट नीर उभिएका हजुर बुवा लाई भन्यो " आउनु चप्पल तेहि छेउ मा राखेर " हजुर बाले हिले चप्पल तेहि राखेर बाहिरा को घारा मा हात खुट्टा धोए । अनि नाति लाई काख मा लिएर खुसी हुँदै भने " सन्चै छस नाति , ठुलो भयेछस त " नाति ले भन्यो " हजुरबुवा हजुर कति दिन बस्नी गरेर आउनु भाको?" हजुर बुवा आफ्ट्यारो मान्दै" हजुर आमा एकलै छ जानू पर्छ बोरु त स्कुल को लामो बिदा पारेर गाउँ आइज न " 
" मामु ले जानै दिनु हुन्न" भावुक हुँदै भन्यो अनि उनी हरु भित्र पसे । बुहारी ले नमस्कार गर्दै " कति काम ले आउनु भको बुवा  भनी " बुवा ले " सहर आउनी काम थियो , आको बेला पसम भनेर " भने । नाति ले" मामु हजुर बुवा लाई चिया बनाइदिनु न भन्यो । बुहारीले " भखर किचन सफा गरेको अहिले सबै ले खानी बेला मा खाम्ला "भनी । बुवाले सबै को हाल खबर बुझ्ने क्रममा छोरा को पनि सोधे । बुहारी ले " सबै ठिक छ पिर नलिन भन्नू भाको छ " भनी । बुवा ले खुसी हुँदै "लौ  आमाके के के पठाइकि छे राख " भन्दै गर्दा  बुहारी ले हतपत भनी हाली " तेस्तो फ़ोहोर झोला मा के नै होला र , तेहि पनि येहा सब थोक छ , केही नपुग छैन , बोरु उतै खानुस " भनेर भनी । बुवा ले " होस तनि तेसो भये " भन्दै सिर निहुराय। केही समय पछि बुवा बिदा बादी भयेर गाउँ फर्किय । 
गाउँ मा सहर का कुरा सबै बुडि लाई बताए अनि उ पनि आँखा को आँसु रोक्न सकिनन । बिस्तारै दिन हरु बितदै गयो । सबै सामन्य चल्दै थ्यो , राम घर आउन मात्र 2महिना बाकी थ्यो । तेति कै मा बिस्व भर डर लाग्दो रोग फैलिन थालेको थियो । देश बिदेश सबै लकडाउन मा थिए। कति ले रोजगार गुमाउन परेको थियो । खाद्यान्न को अभाब सहर तिर हुन लागेको थियो । येस्तो खबर गाउँ मा भए का आमा बुवा को कान मा पर्छ । उनी हरु हतासिन्छ्न , एकाएक छोरा को पिर बड्न थाल्छ , सहर मा भएका बुहारी नाति नातिना को अवस्थ्ाा सोच्दा उनी हरु आतिन्छ्न । आमा फेरि भन्छिन " बुहारी लाई गाउँ आउ भन्नू न " बुवा ले रुदै भने " केही लगिदिउ खाने कुरा भने फिर्ता गर्छे, गाउँ जाम भन्दा रिसाउली , के गर्ने ? सहर तिर मान्छे रोग को चपेट मा आएका छन रे , खाना को अभाव भयेको छ रे , बिदेश मा पनि तेस्तै छ भन्छन" । आमा ले " हजुर मात्र जानुस तनि सामान केही नलग्नु , खबर बुझेर आउनु , सुरक्षइत बस भनेर आउनु " । बुवा माथिल्लो घर को सङ जुत्ता मागेर अलि सुकियो कपडा लगाएर सहर जान्छ । गेट नजिक पुगेर बोलाउछ । बुहारी ले हत पत बाहिर निस्किएर बुवा को हात , कन्ना तिर हेर्छे , केही देख्दिन । आउनुस भन्दै बोलाउछे । बुवा ले " जुता खोलेर खुट्टा धोयेर आउछु " भन्छ । बुहारी ले " होइन थाक्नु भयो होला , भित्रै धुनु होला भन्छे । बुवा भित्र जान्छ्न । केही समय पछि चिया पिउने क्रममा सोध्छ्न" छोरा को खबर के छ बुहारी" बुहारी निरास हुँदै भन्छे " 2महिनाअ भयो पैसा पठाउनु भको छैन " बुवा फेरि प्रस्न गर्छ्न " महामारी भएको छ रे भन्नि सुनेको थिये , के छ होला उस्को हाल खबर" बुहारी ले " काम मा जानू भको छैन रे , सबै बन्द छ रे काम पनि" उस्ले थापी । बुवा ले " एता सहर मा पनि बड्दो छ रे रोग , तिमी हरु पनि सतर्क रहनु , खाना को पनि अभाव छ भन्छन , के कसो छ तिमी हरु को " । बुहारि ले भन्छे " केही पठाउनु भयेन येस्पाली आमा ले गाउँ बाट " आसा बादी हुँदै सोध्छे । " अ ह , पहिला ल्याउदा फर्कायेउ , यसपाली पनि उस्तै होला भनेर मैले नै ल्याइन , आमा ले त लगिदिनु चामल , तरकारी , घिउ भन्दै थि " बुवा ले भने । केही समय पछि , बुवा बिदाबादी भये निस्कने क्रममा बुहारी ले भनि " हामी पनि गाउँ जान पर्छ कि बुवा? " बुवा ले थाहा नपाए झै गरि " किन हासो गर्छौ बुहारी " बुहारी भाबुक हुँदै भनी" बुवा , यो सहर मा खान को अभाब छ, रोग को माहामारी हुन थालेको छ ,मागेर कसैले दिदैनन , छोरा ले पैसा पठाउनु भको पनिछैन । " रुदै भनी . बुवा ले " भयो बुहारी न रोउ , आज सङै गाउँ फर्किउला हामी , सबै लत्ता कपडा हरु प्याक गर " । बुहारी , नाति नातिना खुसी हुदै कपडा प्याक गर्न थाले । भारि र भारी माथी नाति लाई चडायेर खुसी हुँदै गाउँ तिर लागे । 
आमा सबै लाई देख्दा आँसु थाम्न सकिनन।बुहारी ले सबै सामान बिसाएर सासू लाई दोगिन ।  बच्चा हरु खुसी हुँदै रमाउन थाले । आमा ले छोरा लाई फोन मिलाउन बुहारी लाई आग्रह गरिन । रामले " येति का दिन सम्म फोन पनि  गरिनौ सन्चौ छौ " भन्दै आफ्नो बुडि लाई भन्दै थ्यो , एता बाट आमा ले " बाबू, सन्चै छ तलाइ " भनेर रुन थालिन । रामले " अ , आमा सन्चै छ पिर नगर्नु " भनेर आग्रह गर्यो । बुवाले फोन खोसेर " अब बिदेश बाट आएसी तलाइ जान दिन्न म" भन्दै धम्काय । राम ले पनि उता बाट " आउन्न अब , उतै गाउँ मा सानो जागिर पेसा गर्छु , यो नर्क मा आउदिन" भन्यो । आमा ले फेरि फोन तानेर भनिन" बुहारी सबै येहि आका छ्न ,पिर नमान त , प्लन खुल्नी बितिकाइ आइ हाल है त " भनिन । राम ले " हुन्छ , अब खुल्नी बितिकै आउछु पिर नगर्नु " भन्दै फोन राख्यो । 

आखिर गाउँ घर मा जस्तो आनन्द अन्त कहा मिल्छ र
आखिर गाउँ घर मा जस्तो सुख अन्त कहाँ मिल्छ र 
फर्की आउ बिदेसि सहरीया दाजु भाइ दिदिबहिनीहरु गाउ मा केही गारौ , उब्जिएको बाडिचुडी खाउला , हासीखुसी रहौला । स्वास्थ बनौला 🙏 फर्की आउ आफ्नो गाउँ अब छोडी कहिले नजाउ 

साजन क्षेत्री  
फेदिखोला १, स्याङ्जा

राजनीतिको खोल ओडेका लाई नेपाल विद्यार्थी संघको चेतावानी!




जेठ २९ गते भएको स्वतन्त्र युवाको कार्यक्रमको अन्त्यमा भएको बारे निर्दोष विक्रम पौडेलले बताएका छन्।
स्वतन्त्र युवा हौ हिजो ठूलो जमातमा युवा ल्याएर कार्यक्रम आयोजना गरेउ भनेर चुरिफुरी देखाउने कथित स्वतन्त्रको खोल ओढेकालाई हेक्का छ कति युवा तिमिहरुलाई आफ्नो नेतृत्व मानेर त्यहाँ उपस्थित भएका थिए?दम छ प्रत्येक युवा मेरा कारण मैले गर्दा नै उपस्थित भएका हुन भन्नलाई?नेपाल विद्यार्थी संघ सदैव स्वतन्त्रको लडाइँमा अग्रसर छ र रहन्छ कोहि त्यहाँ उपस्थित युवा तिमिहरुको थुतुनो हेरेर १ घन्टा उभिन मात्रै हैन समस्याको समाधान खोज्न आएका हुन चाहे त्यो काठमाडौंकै जस्तो अवस्था नै किन नहोस्!काठमाडौंमा पनि शान्तिपुर्ण नै कार्यक्रम भएको थियो त्यहाँ त पानीको फोहोरा र लाठीचार्जको स्थिति बन्यो नि देशका निम्ति रगत बगाउछु तर खराबलाई खराब भन्ने आंट भएका युवालाई घाम मात्रै खान बाध्य पार्ने?यो प्रश्नको जवाफ कस्ले दिने?काठ्माण्डौंकै शैलिमा गरिएको कार्यक्रमको स्वरुप पोखराले बदल्न कसरी सक्छ??अरु जिल्लामा एउटै पोखराको भने फरक?स्मृति बरालले दिएको अभिव्यक्तिको स्पष्टीकरण कास्की प्रशासनले माग्न सक्ने हैसियत राखोस अन्यथा नियम कानुन भन्दा माथी उक्लेर नेपाल विद्यार्थी संघले ठुलै कारबाही गर्ने चेतावनी दिन चाहान्छु,जस्को जिम्मा स्वंय अभिव्यक्ति दिने र हो मा हो थप्ने पत्रकार र कास्की प्रशासनले लिनेछ!

Tuesday, June 2, 2020

निरभाना युवाहरुले दरवार हत्याकाण्डको १९ औं स्मृतिमा दिप प्रज्वलन!



पोखरा; लेकसाइडमा रहेको शान्तिपाटन अन्तरगत क्याफे निरभानाका युवाहरुको व्यवस्थापन तथा संयोजनमा दरवार हत्याकाण्डको १९ औं स्मृतिमा उक्तहत्याकाण्डमा आफ्नो प्राण गुमाउने स्व.राजा बिरेन्द्र वीर बिक्रम शाहदेव,रानी ऎश्वर्या,अधिराजकुमार दिपेन्द्र,अधिराजकुमारी श्रुतिलगायतका व्यक्तिहरुको स्मरणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ! क्याफे निरभाना युवाको सक्रियतामै राजा आउ,देश बचाउ भन्नेनारालाई नेपालको नक्सा संगै राखी पुर्व राजकुमार पारस वीर बिक्रम शाहदेवको समुपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेकोजानकारी कार्यक्रम संयोजक क्याफे निरभानाका युवा सबिन पौडेल,विनय गिरी,सुजन राना मगर,अमृत अधिकारी लगायत अरूहरूले जानकारी दिएका छन्।


स्थानिय समाजसेवी,महिला तथा अन्य युवाहरुको कोरोना कहरमा पनि सबैका प्रिय राजाको संम्झनामा राष्ट्र र राष्ट्रियताको सम्मानमाउपस्थिति जनाउँदै बर्तमान समयमा बनेका नवराजाहरुले आफुहरुलाई गद्दार गरेको प्रतिक्रिया दिएका थिए!सरकार भएको भए देशलेठूलो छलाङ मार्ने तर यिनै कुतत्त्व मिलेर राजपरिवारको नै अन्त्य गरेका कारण अहिलेसम्म पनि सत्यतथ्य छानविन गर्न नखोजेको आरोपलगाउदैं इतिहासकै कुटनैतिक,सबल,शान्त र जनताप्रती उत्तरदायी सबैका मनमा बसेका स्व.राजा बिरेन्द्र वीर बिक्रम शाहदेव तथा उनकोपरिवारको आत्माको चिरशान्तिको कामना गर्दै नवराजा हरुलाई सच्चिन आग्रह गर्दै कार्यक्रमको समापन भएको थियो।

Monday, June 1, 2020

पोखरा लेकसाइड स्थित ओजन गल्ली अर्थात देविस्थान टोलका युवाले गरे दरवार हत्याकाण्डको १९ औं स्मृतिमा दिप प्रज्वलन!




जेठ १९, पोखरा; लेकसाइडमा रहेको ओजन गल्लिका युवाहरुको व्यवस्थापन तथा संयोजनमा दरवार हत्याकाण्डको १९ औं स्मृतिमा उक्त हत्याकाण्डमा आफ्नो प्राण गुमाउने स्व.राजा बिरेन्द्र वीर बिक्रम शाहदेव,रानी ऎश्वर्या,अधिराजकुमार दिपेन्द्र,अधिराजकुमारी श्रुति लगायतका व्यक्तिहरुको स्मरणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ!स्थानिय युवाको सक्रियतामै राजा आउ,देश बचाउ भन्ने नारालाई नेपालको नक्सा संगै राखी पुर्व राजकुमार पारस वीर बिक्रम शाहदेवको समुपस्थितिमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको जानकारी कार्यक्रम संयोजक नवराज सुनार, सन्तोष रवत, स्यामु नेपाली, सन्देश कार्की र शंकर पहारीले जानकारी दिएका छन्।


स्थानिय समाजसेवी,महिला तथा अन्य युवाहरुको कोरोना कहरमा पनि सबैका प्रिय राजाको संम्झनामा राष्ट्र र राष्ट्रियताको सम्मानमा उपस्थिति जनाउँदै बर्तमान समयमा बनेका नवराजाहरुले आफुहरुलाई गद्दार गरेको प्रतिक्रिया दिएका थिए!सरकार भएको भए देशले ठूलो छलाङ मार्ने तर यिनै कुतत्त्व मिलेर राजपरिवारको नै अन्त्य गरेका कारण अहिलेसम्म पनि सत्यतथ्य छानविन गर्न नखोजेको आरोप लगाउदैं इतिहासकै कुटनैतिक,सबल,शान्त र जनताप्रती उत्तरदायी सबैका मनमा बसेका स्व.राजा बिरेन्द्र वीर बिक्रम शाहदेव तथा उनको परिवारको आत्माको चिरशान्तिको कामना गर्दै नवराजा हरुलाई सच्चिन आग्रह गर्दै कार्यक्रमको समापन भएको थियो।

Sunday, May 31, 2020

शैक्षिक माफिया कि,गरिब जनता आखिर कस्का लागि सरकार??




 जेठ १९, पोखरा२८; सागर अधिकारी 
        बिश्वब्यापी रुपमा बिश्व जगत लाई नै आक्रान्त बनाइरहेको नोबल कोरोना भाइरस(COVID19) को महामारीको चपेटामा परेको मध्यम बिकसित राज्य नेपालमा अहिले बिश्व स्वास्थ्य संगठनले सिफारिस गरेको उत्तम विकल्प बन्दाबन्दी अर्थात लकडाउन निरन्तर अनि चरणवद्द रुपमा लागू तथा कार्यान्वयन भएको अवस्था छ! खासै स्वास्थ्य क्षेत्रमा कुनै छलाङ मार्न नसकेको देशमा अन्य क्षेत्रमा पनि प्रगती होला भन्ने आशा गर्नु त जेठ १५ मा प्रतिनिधिसभा बैठकमा माननीय अर्थमन्त्री मार्फत पेश गरिएको बजेट बाट नै प्रष्ट हुन्छ!
एउटा यस्तो मुलुक जुन मुलुकमा राज्य संचालन गर्ने व्यक्तीहरु नै महामारीको बेलामा पनि जनताको स्वास्थ्य,शिक्षा,गाँस लगायतका हरेक कुराको बेवास्ता गर्दै आफ्नो खल्ति भर्ने पुंजीवादी शैलीमा अगाडि बढनुले सरकार जनताका निम्ति नरहेको प्रष्ट त हुन्छ नै!
लकडाउन अर्थात बन्दाबन्दी घोषणा गरेको १ हप्ता नहुदै भोकमरी लाग्ने भन्दै राहत बितरणमा व्यस्त व्यक्तित्व आज कुना-कुनामा पसेका छन भने वास्तविक पीडितले राहत पाउनुको सट्टा भोको पेट हिन्नु परेको अवस्था पनि छ !प्रतिकुल अवस्थामा पनि आफू नजिकका अनि आफुलाई कमिसन मिल्ने व्यक्ति र संघसंस्थाका निमित्त मात्र हितकारी बनेर आखिर वास्तविक पिडितका लागि सरकार छ भन्ने अनुकुल स्थिति कहिले देखाउने सरकारले?
सरकारले चक्लेट जस्ता चिजमा करको दायरा घटाउदै पुस्तक तथा अन्य आवश्यक चिजमा यथावत राखि बजेट विनियोजन आखिर किन र के-का लागि? जनताका छोराछोरी चक्लेट खान नपाएर हैन चामल खान नपाएर भोकै बस्नुपर्ने र अक्षर चिन्न सुरु गरेका केटाकेटी किताब त परै जाओस् कपि र कलम किन्न नसक्ने अवस्थामा छन!
सबैभन्दा आक्रान्त र क्षतबिक्षत बनेको बालबालिकाको शैक्षिक अवस्था र शिक्षा क्षेत्रका निम्ति सरकार किन लाचार बन्यो त्यो अझै गम्भीर बिषय हो या होइन त्यसको विश्लेषण सरकार स्वंयले गरोस!
बर्षभरिमा विभिन्न बहाना बनाएर अतिरिक्त शुल्क असुल गर्दै घोकन्ते विद्यालाई मात्र प्राथमिकता दिने निजि विद्यालयलाई सरकारी विद्यालयको जिम्मा दिने निर्णय कस्का र के-का लागी?शैक्षिक माफियाका लागि कि सच्चा शिक्षाप्रेमीका लागि?कहाँनेर चुक्यो सरकार माफियासंग र यस्तो विवादास्पद निर्णय गर्न बाध्य बन्यो?
सरकारलाई स्मरण होस अहिले सरकार चलाइरहेका मेरो बिचारमा सबै सरकारी बिद्यालयबाट आफ्नो शैक्षिक यात्रा सम्पन्न गरेर आएका हुन भलै ८पास,१० पास,१०+२ पास तथा उच्च शिक्षा पास गरेका हुन जे गरेतापनी त्यो सरकारी विद्यालयसंगको सम्बन्ध अविस्मरणीय र अमेट हुनुपर्ने हो तर बिडम्बना कमिसनको खेलका कारण आज सरकारी बिद्यालयलाई निजि बिद्यालयको जिम्मा लगाउनु जायज हो?यस्को स्पष्टीकरण सरकार र जिम्मेवार मन्त्रीले दिनैपर्छ!मेरो/हाम्रो भनौं कि भोट हालेर जिताएकाको मात्र सरकार भनौं खैर जे भनौं आज कोहि खुसी छौं सरकारका यस्ता निर्णयले?अत्तालिने बेला आएको छ आदरणीय भोटर साथीहरू तपाईंले भोट हाल्ने बेलामा गरेको गल्तिले तपाइँको मात्र हैन तपाइँका छोराछोरीको भविष्यको बर्बादी भएको छ त्यो महशुस गर्ने कि नगर्ने??
सरकारका हरकोही कदमका पछाडि एकोहोरो दकुर्दै जाने हो भने भविष्यमा आफैलाई घातक बन्न जान्छ बुद्दिमतापुर्वक सावधानी अपनाउने बेला आएको छ तपाइँ हामी सबैले स्वास्थ्य भन्दा ठूलो शिक्षा कदापी हुन सक्दै सक्दैन!शिक्षाका निम्ति स्वास्थ्यलाई धरापमा राखेर अगाडि बढ्ने निर्णय गर्नु आपत्तिजनक र निन्दनिय छ यस्को जतिसुकै खेद प्रकट गरेपनी कम हुन् जान्छ!
            काल्पनिक तर यथार्थ;;शैक्षिक क्षेत्रलाई तिमिहरुको निर्णयको निजीकरणले::
आमाले पकाएको मिष्ठान्न खानेकुरा टन्न खाएर,खल्तिमा दिनकै १०० रुपैयाँ खाजाका लागि बोकेर,सुकिलो लुगा लगाएर,महङ्गो अत्तर बसाउदैं,१०० रुपैयाँको कापीमा १०० रुपैयाँकै फाउन्टेन पेनले A,B,C,D..... कोर्दै निजि विद्यालयमा पढेका विद्यार्थीको भविष्य त बन्ला सरकार तर सरकारी बिद्यालयमा कक्षा ५  मा पढने  मेरै छिमेकी भाउजु कि छोरी बिहान आमा मेलापात गएका बेला घरमा खाना पकाएर,घरधन्दा सकेर,आधापेट खाना खाएर(अरुलाई नपुग्ला भन्ने डरले),खाजा बेगरै,मैलो,च्यात्तिएको कमिज र फ्रक लगाएर,भैसीको गोबर गन्हाउदैं १० रुपैयाँको कलम बोकेर,३ रुपैयाँको सिसाकलमले मुस्किलले क,ख,ग,घ....कोरेकी उस्को भविष्य बन्ला त सरकारको यो निर्णयले??
सरकारी बिद्यालयको पठनपाठनको स्तर र शैक्षिक गुणस्तरलाई सुधारेर अगाडि बढनु त कहाँ हो कहाँ त्यस्को सट्टा सरासर निजि विद्यालयको जिम्मा लगाउनु भनेको त;घरमा पालेको कुखुरा घरमा अरु मान्छे हुँदाहुँदै स्याहेरेले खोरबाटै निकालेर स्यालको मुखमा लगेर दिएजस्तो भएन र? हामीले सरकारलाई गरिब जनताको रखवाला गर्नका लागि पठाएका हौ नाकी शैक्षिक तथा अन्य माफियाको गुलाम बन्नका लागि!
हामिले तिरेको करले सरकारी बिद्यालयका शिक्षकको तलब तिर्ने,आफू पनि त्यही करबाट तलब लिने अनि सरकारी बिद्यालयको गुणस्तरमा वृद्धि नगरी कमिसन खाने लोभले निजि शैक्षिक माफिया संग मिलेर सरकारी शिक्षा क्षेत्रको तहसनहस गर्ने यो अधिकार कस्ले र कहिले दियो?? आफ्ना छोराछोरी बिदेशमा पढाएर मात्रै हुँदैन माननीय ज्युहरु कल्पना गर्नुस त नेपालका ती गरिब भन्दा गरिब किसानका छोराछोरी अझैपनि सरकारले तय गरेको पाठ्यक्रम अनुसारको सरकारी बिद्यालयमा अध्ययन गर्छन भन्ने कुरा अनि निर्णय गर्नु अगाडि आफ्नो छोराछोरीलाई हैन ती गरिब किसानका छोराछोरीलाई सम्झनुस्!!तपाईंले देखाएको मार्गचित्रमा अगाडि बढेका तपाईंका छोराछोरीले सम्मान गर्न लायक बनाउनुस ती गरिब किसानका छोराछोरीलाई जस्ले आफू र आफ्नो सपनालाई तिलांन्जलि दिएर खाइ-नखाइ तपाइँ र तपाईंको छोराछोरीका निमित्त तपाईंले निर्धारण गरेको कर तिरेका छन् केही त पाएका होलान त्यो आफुले तिरेको करबाट तर अपेक्षाकृत केही पाएका छैनन्,धेरै त गुमाएका छन!
सरकारी बिद्यालयमा क्वारेन्टाइन बनाएर निजि बिद्यालयलाई भर्ना अभियान संचालन गर्न दिनु गरिब जनताको अभिमतको खिलाफमा छ,यो अभियान संचालन गर गरेर गर्न खोजेको के?सबैलाई आफुजस्तै पुजीवादी सम्झेर निर्णय गरेको हे निकम्मा सरकार निजि बिद्यालयको शुल्क समायोजन तथा सरकारी विद्यालयको शैक्षिक गुणस्तर नसुधारेसम्म यो निर्णय कार्यान्वयन हुनुहुदैन जुनसुकै हालतमा यो कदमबाट सरकार पछाडी हट्नुको विकल्प छैन!!विद्यार्थीको शैक्षिक अवस्थाको बारेमा साच्चिकै चिन्ता महशुस भएको हो भने तलब खाएर बसेका सरकारी शिक्षकलाई विद्यार्थीको स्वास्थ तथा शैक्षिक अवस्थाको निगरानी गर्न ह्विप जारी गर्नुको विकल्प छैन गर्नुपर्ने पनि त्यही नै हो!अन्यथा बिग्रेको केही छैन सरकारी बिद्यालयका शिक्षकहरुले भदौ महिनामा बिद्यालय संचालन गरेपनी मन,वचन,र कर्मले आफुलाई अगाडि बढाउने हो भने आरामले चैत्र महिनासम्ममा पाठ्यक्रम सम्पन्न गर्न सक्छन बरु शैक्षिक गुणस्तर सुधार्ने अभिप्राय राख्दै त्यतातिर सरकारको ध्यान जाओस्!
पुस्तकमा लगाइएको करको दायरालाई न्यून बनाएर निजि विद्यालयले गरेको/असुलेको चरम शुल्कलाई घटाएर गरिब जनताका छोराछोरीको शैक्षिक क्षेत्रमा परेको असरको छिटोभन्दा छिटो न्यूनीकरण होस!राष्ट्र र राष्ट्रियताको चर्को नारा लाउने पुजीवादी कम्न्युष्ट सिद्धान्तको खोक्रो राष्ट्रवाद यस्तै गतिविधिबाट दिन प्रतिदिन छरपस्ट बन्दै गएको छ!हे मेरा विद्यार्थी राजनीतिका समकक्षी साथीहरू हो बेलैमा बोल्नुस देश माफियाको हातमा सुम्पिएर तपाइँ,हामी र हाम्रा पछिल्ला पुस्तालाई कंगाल बनाउने खेलमा सरकारले बाजि मार्यो भने यस्को जिम्मेवारी हामिले लिनुपर्ने हुन्छ!बेलैमा सोचौं शैक्षिक माफियाका हातमा नेपालको शिक्षा प्रणालीलाई सुम्पिन नदिउ!
#जयनेपाल_जयस्वाभिमान🙏
     (लेखक अधिकारी पोखरा -८,सिमलचौरमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा बिबिए सातौं सेमेस्टर(BBA 7th Sem)मा अध्ययनरत विद्यार्थी तथा नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसका मुल इकाइ समितिका सचिव समेत रहेका छन!)

Thursday, May 28, 2020

जातिय आधारमा दलित;वास्तविक दलितको वर्गीकरण कसरी?जात हैन कर्ममा बिश्वास आखिर कहिले?


जेेठ १६, पोखरा ; नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो ।
दलित हुनुको कारण!
राज्य सञ्चालन, उपभोग, जाति, भाषा विकास गर्ने सिलसिला हेर्ने हो भने दलित जातिको लामै इतिहास रहेको पाइन्छ नेपालमा । 'राजा हुन चाहियो जे खोज्यो त्यही पाइयो' भन्ने उखानको अर्थसहित नेपालमा दलित जातको उत्पत्तिको बारेमा खोज्ने प्रयास गरेको छु ।
राज्य सञ्चालन कसरी गर्ने भन्नेबारेमा भाइभारदारका बीचमा राजपरिवारमा छलफल भयो । त्यसपछि जयस्थिति मल्लले विचार गरे, अब सीपको पहिचान गरी कामको विभाजन गर्नुपर्छ । अनि मात्र यो राज्य सञ्चालन गर्न सकिन्छ, अन्यथा गाह्रो हुन्छ भन्ने निष्कर्षमा पुगी दरबारमा बैठक आह्वान गरे । राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ ।
त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्‌यो । त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकजनाले भनेछ-महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो- गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो ।
तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए । त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए- यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।
त्यही क्रममा मल्लकालमै राजा प्रताप मल्लले थोरै परिवर्तन गर्न चाहेका थिए । जब उनी राजाको रूपमा राजगद्दीमा आसीन भए, दरबारमा पूजा लगाउने चलन थियो, हरेक आइतबार । बिहानको समयमा बोकाको बलि चढाउने बेलामा खुकुरीको आवश्यक पर्‌यो । त्यो कहाँबाट ल्याउने हो भन्नेबारे छलफल भयो । त्यसै बेलामा फलामसम्बन्धी ज्ञान भएकाहरूको भेला गराइयो । राजाबाट हुकुम भयो-कसले यो काम गर्न सक्छ ? एकजनाले फेरि म बनाउन सक्छु भनिहाल्यो । त्यसपछि उनी त्यो काममा लागेर खुकुरी बनाएर ल्याएपछि राजालाई देखाएछन्, उनले पनि स्याबासी पाएछन् ।
त्यहीबेला रानी पनि त्यहाँ आइपुग्दा उनले भनिन्-यो कसले बनाएर ल्याएको हो ? तरबार बनाउनेले भन्यो- मैले हजुर । अनि रानीले पड्केर भनिछन्-तिमीले कसैको ज्यान लिने हतियार बनाएर ल्याएको ? त्यसैले अब तिमीले यो हतियार राजाबाट पूजा भएपछि छुनु हुँदैन । अनि त्यो व्यक्तिले कहिल्यै पनि राजाको अगाडि गएर आफूले बनाएको समान राजा-महाराजाबाट पूजा सकेपछि बनाउने मान्छेले छुन नपाउने भयो ।
त्यसपछि त्यो तरबार लुवाबाट बनेको हुनाले पछि त्यो बनाउने मान्छेलाई लोहार जात राखियो भन्ने विभिन्न प्रमाणबाट सिद्ध भएका छन् । राजाले रानीको आज्ञा मान्दै लोहारलाई नजिकै नल्याएपछि हाल त्यो दलित भनेर चिनियो । त्यो नै दलितलाई अभिशाप बन्न गयो ।
यसैलाई कामको आधारमा जातको विभाजन गरी आफूले मात्र मोजमस्ती गरेको भन्ने पनि शिलालेखमा पाइन्छ । पहिला-पहिला त जात के हो भन्नेबारेमा पनि कसैलाई थाहा नहुने र पछि सीपको आधारमा काम विभाजन गरियो । नाच्नेलाई नाच्ने काम दिइयो, जुत्ता सिलाउनेलाई छालाको काम दिइयो, सुन बनाउनेलाई सुनको काम दिइयो र फलाम बनाउनेलाई फलामको काम दिइयो ।
तर पछि त्यसैमा राजाहरूले छालाको काम गर्नेलाई सार्की, सुन बनाउनेलाई सुनार, फलाम बनाउनेलाई लोहार । नाचगान गर्नेलाई गाइने वादीको जाति बनाइयो । यसैको विकसित रूप नै पछि गएर टाठाबाठाले जातमा विभाजन गरे । त्यो नै कालान्तरमा गएर जातमा परिणत भयो, ती जातलाई तल्लो स्तरको भने चलन बसेको इतिहासमा उल्लेख छ ।
आजका दलितले पनि त्यही दुर्गति भग्दै आएका छन् । मानवमा यो कतिको कुठाराघात हो भन्ने पनि यसैबाट प्रस्ट भएको पाइन्छ । राष्ट्रिय नागरिक अदालतले सन् १८५४ मा मुलुकी ऐन निर्माण गरी नेपालबाट जातीय छुवाछूत अन्त्य भएको घोषण गर्‌यो, तर कार्यान्वयन भने हुन सकेन । हालसम्म पनि विभिन्न दलित वर्गका मानिसले त्यही नियति भोग्दै आएका छन् ।
नेपालमा झन्डै २० प्रतिशत दलित रहेको तथ्यांक पाइन्छ । तीमध्येबाट उनीहरूमा भएको सीप, कला र संस्कृतिलाई मात्र जगेर्ना गर्न सकेकोमा उनीहरू आफैंमा भरिपूर्ण हुनेछन् । नेपालमा भएको दलित जातको बारेमा पनि थुप्रै अनुसन्धान नभएको पनि होइन, केवल कागजमा मात्र सीमित भएका छन् ।

कुनै न कुनै तवरबाट दलितहरूलाई अपहेलित गर्ने प्रचलन अद्यापि छ । त्यो नै दलितको लागि अभिशाप बन्न गयो ।

त्यसैको विकसित स्वरूपमा नेपालमा जातिप्रथाको जग बस्यो र पछि पृथ्वीनारायाण शाहले पनि भुरेटाकुर राजाहरूलाई एकीकरण गर्दा खासै दलितहरूलाई लडाइँको बेलामा प्रयोग गरे । जातीय भेदभाव अन्त्यको पहल नै गरिएन । भारतमा महात्मा गान्धीले गरेजस्तै गरे । सिंगो नेपाल निर्माणदेखि आजसम्म दलितको पनि कम योगदान छैन । मनिराम गाइने, बागे सार्की, बिर्खे नकर्मी, दिलबहादुर रम्तेल जस्ताले दलित मुक्ति आन्दोलनको लागि आफूहरू बलिको बोको भए । जसको फाइदा अगुवाहरूले उठाए । दलित भने जहाँको त्यहीं । वाचा गरे लडाइँको बेला अनि फुक्का पारे तिनीहरूको शक्ति र भक्तिलाई ।
दलित वृद्धाले सधैं भने गर्छन्-दलितहरू सीपयुक्त हुने भएकाले काममा लगाउने तर फल उपल्लो जातकाले खाने ? कुनै न कुनै तवरबाट उनीहरूलाई अपहेलित गर्ने प्रचलन छ । एक्काईसौं शताब्दीमा आइपुग्दा दलित जातको बारेमा भएका अनेकौं खोजबिनले पनि दलितको इतिहास लामो रहेको पाइन्छ ।
जव सम्म मानिसको चिन्तनमा सकारात्मक परिवर्तन देखा पार्न सकिदैन तवसम्म हाम्रो व्यवहार वनावटी नै भईरहन्छ । नत्र त अझै पनि यस्ता घटनाहरु मौलाईरहने र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभुत गर्न नसकिने पक्का छ ।

(लेखक नवराज सुनार जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन!)