Tuesday, May 26, 2020

नेपालमा कोरोना , जनजीवन अस्तव्यस्त र आर्थीक मन्दी: पुकार पराजुली


जेठ-१३,पोखरा ; चिनको बुहानशहरबाट डिसेमबरमा सुरु भएको कोरोना भाइरसले यतिबेला बिश्वभर नै महामारीको रुप फैलिएको छ । कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको सुरुवात अन्य देशमा रहदै गर्दा नेपालले पनि चैत्र ११ गतेदेखि लगातार रुपमा चरणवद्द बन्दाबन्दी गरिरहेको छ भने यस्को प्रभावकारी उपयोग पनि जनताले गरिरहेका छन!!बिश्वनै अस्तव्यस्त र प्रभावित बनिरहेका बेला भुपरिबेष्ठित राष्ट्रका रुपमा स्थापित नेपाल पनि यस्को प्रभावका कारण ग्रसित बनेको छ।

बन्दाबन्दी गरिदै गर्दा उचित रुपमा यस्को कार्यान्वयन गर्न नसकाउनुले देश हरेक कुराले पछाडी पर्नेको आंकलन पनि यतिबेला गरिएको छ। बिदेशमा रहेका नेपाली फिर्ता आएपछी देशमा करिब-करिब ४० देखि ५० लाख सम्म दक्ष जनशक्ति बेरोजगारको चपेटामा पर्नेछन र यस्को प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ। जसरी यो समयमा सबै जन्तालाई दुख्ख परेको छ। त्यसरी नै यो समयमा सबै भन्दा मर्का अहिले व्यापारी परेको छ। 

लामो समय लकडाउन लम्बिँदा व्यापारबाटै स्वाहा  हुने अवस्था आउन लागेको छ । विश्वमहामारी कोरोना भाइरसले यकिन गर्न अनि हिसाब गर्नै नसक्ने मानवीय, आर्थिक, शैक्षिक, सामाजिक, धार्मिक अनि राजनीतिक र व्यापार जस्ता समुदायमा सबै पक्षमा बराबर मात्रामा क्षति पुर्याएको छ । जसबाट आर्थिक क्षेत्र नराम्रोसंग प्रभावित भएको छ । विश्व रेकर्ड गिनिजबुकमा नाम राखेका अनि राम्रो अनि प्रगतिमूलक छवि बनाएका विश्व बैंकहरू पनि अहिले धरापमा परेका छन् । 

त्यसैगरी दुई महिनादेखि सबैको पसलका सटरहरू बन्द रहेको हुदा व्यापारीहरू व्यवसायमा फर्कनै नसक्ने अवस्था आएको  छ। व्यवसायीहरू ठूलो समस्यामा परिसक्दा पनि राज्यले व्यवस्था  गर्न भने सकेको छैन । अर्थतन्त्र धान्नै नसक्ने गरि देखापरेको विश्वमहामारीका कारण अहिले बैंकिङ क्षेत्रहरू धरासयी अवस्थामा पुगेका छन् । उद्योग, कलकारखाना, ब्यापार अनि फर्म सञ्चालन गर्न भनी किस्ताबन्दीमा ऋण लिएका बैंकिङ ग्राहक वर्गहरू अहिले टाउकोमा हात राखेर एकान्तवासमा बिलौना गरि बसिरहेको देखिन्छ । 

आम्दानी एक रुपैयाँ नभए पनि खर्च भने भइरहेका कारण व्यवसायीहरू  धेरै समस्यामा परेका छन । त्यसैगरी जुन क्रेडीट बजारमा रहेको छ त्यो पनि नउठने र व्यापारमा नयाॅ लगानी राखेर सुरू गर्न पर्ने अबस्था आईपरेको देखिन्छ ।
लामो समयदेखि सटहरू बन्द रहदा आम्दानी केही नभएको  तर, व्यवसाय गर्न लिएको ऋणको ब्याज तिर्नुपर्छ, घरभाडा तिरिराख्नुपर्छ यसकारण पनि व्यापारीहरू समस्यामा परेको देखिन्छ । जब की व्यापार , धन्दा , उधोग बन्द रहेको छ  अनि मजदुरलाई कसरी तलब दिनु । 

लामो समयदेखि सटहरू बन्द रहदा आम्दानी केही नभएको  तर, व्यवसाय गर्न लिएको ऋणको ब्याज तिर्नुपर्छ, घरभाडा तिरिराख्नुपर्छ यसकारण पनि व्यापारीहरू समस्यामा परेको देखिन्छ ।


  (लेखक:: पुकार पराजुली जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन।)

No comments:

Post a Comment