Friday, May 22, 2020

कोरोना एक महामारी;ग्रसित नेपाल



नवराज सुनार पोखरा!
  चिनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरसले यतिबेला बिश्वभर नै महामारीको रुप लिएको छ!यसबाट थुप्रैले ज्यान गुमाइसकेका छन भने बिश्वका अधिकांश मुलुकमा संक्रमितको संख्या पनि उल्लेख्य छ!
बिश्व स्वास्थ संगठन(WHO) का अनुसार यसको उपचारका निमित्त एकान्तवास र एकाअर्काको भेटघाट बन्दको स्वरुप लकडाउन अर्थात बन्दाबन्दि उत्तम बिकल्पको रुपमा लिइएको छ!!
कोरोना भाइरसको संक्रमणको भयावह स्थितिको सुरुवात अन्य देशमा रहदै गर्दा नेपालले पनि चैत्र ११ गतेदेखि लगातार रुपमा चरणवद्द बन्दाबन्दी गरिरहेको छ भने यस्को प्रभावकारी उपयोग पनि जनताले गरिरहेका छन!!बिश्वनै अस्तव्यस्त र प्रभावित बनिरहेका बेला भुपरिबेष्ठित राष्ट्रका रुपमा स्थापित नेपाल पनि यस्को प्रभावका कारण ग्रसित बनेको छ!न्यून आय भएका परिवारहरु रहेको र मध्यम बिकसित राष्ट्र नेपालको मुख्य अर्थतन्त्रको यतिबेला नाजुक स्थिति छ!!रेमिटेन्स र जनताको करबाट संचालित राष्ट्र यतिबेला बिदेशमा रहेका युवा जनशक्तिको रोजगारी प्रभावित बनेसंगै अर्थतन्त्र ग्रसित बनेको हो!!यस्तो विषम परिस्थितिमा कृषिमा निर्भर जनताले बन्दाबन्दीका कारण सहज रुपमा आवस्यक कृषिजन्य पदार्थको बिक्रीवितरण गर्न नपाउदा उत्पादनमा पनि कमि आएको छ!!बन्दाबन्दी गरिदै गर्दा उचित रुपमा यस्को कार्यान्वयन गर्न नसकाउनुले देश हरेक कुराले पछाडी पर्नेको आंकलन पनि यतिबेला गरिएको छ!!बिदेशमा रहेका नेपाली फिर्ता आएपछी देशमा करिब-करिब ४० देखि ५० लाख सम्म दक्ष जनशक्ति बेरोजगारको चपेटामा पर्नेछन र यस्को प्रत्यक्ष असर देशको अर्थतन्त्रमा पर्नेछ!!यो परिस्थितिले नेपाल जस्ता मध्यम बिकसित राष्ट्रलाई आफैमा निर्भर बन्ने एउटा बलियो अवसर रहेको मुल्यांकन गरिरहदा यहाँभित्रका हरेक उत्पादन संग सम्बन्धित निकायलाई उत्पादन गर्ने सहज परिस्थिति निर्माणका निम्ति सरकारले यथाशीघ्र "एक घर,एक परिक्षण निति"को संचालन गरेर जनतामा रहेको त्रासलाई अन्त्य गर्नुको बिकल्प छैन भने सधैंजसो बिवादित बनिरहेको खुल्ला सिमानालाई पनि यो बेलामा सदाका लागि बन्द गर्नुको बिकल्प छैन!!
आर्थिक बाहेकका सामाजिक,धार्मिक,शैक्षिक तथा अन्य हरेक क्षेत्रलाई ग्रसित बनाइरहेको यो परिस्थितिलाई सम्पुर्ण राष्ट्र एकजुट भएर अगाडि बढने बाताबरण सरकारले निर्माण गरेर देशलाई परनिर्भरताको बाटोबाट आत्मनिर्भरताको बाटोमा अगाडि बढाउने अवसरको सहि सदुपयोग गरियोस!शुभकामना🙏
      (लेखक सुनार जनप्रिय बहुमुखी क्याम्पस पोखरा -८ नेपाल विद्यार्थी संघका विद्यार्थी नेता तथा बिबिएस प्रथम बर्षमा अध्ययनरत विद्यार्थी समेत रहेका छन!)

3 comments: