Monday, May 18, 2020

नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पसको शान्तिपुर्ण बिरोध






कोरोना महामारीका बिचमा जनप्रिय ने.बि.संघको शान्तिपुर्ण बिरोध!
  नेपाल विद्यार्थी संघ मुल इकाई समिति जनप्रिय बहुमुखी क्याम्पस पोखराले कोरोना महामारिका बिचमा सरकारको गतिविधिप्रती शान्तीपुर्ण बिरोध प्रदर्शन गरेको छ!लिपुलेक,कालापानी,लिम्पुयाधारा लगायतका सिमाको अतिक्रमण तथा कोरोना महामारीका बिचमा सरकारका अस्पष्ट तथा अलोकप्रिय र भष्ट्रचार सहित नितिको बिरोध स्वरुप उक्त कार्यक्रम गरिएको थियो!


सरकारका यस्ता गतिविधिको बिरोध गर्दै स्पष्ट नितिका साथ कोरोना महामारीको सामना गर्न र भारत सरकार संग स्पष्टीकरण माग गर्न अनुरोध गर्दै सभापति नसिव गुरुङले शान्तिपुर्ण बिरोध कार्यक्रम आयोजना गरेको जानकारी दिएका थिए! उपसभापति बिजय घिमिरेले कोरोनाको संन्त्रास बढ्दै जादा स्थानीय तहको मौनताको बिरोध तथा लकडाउनको अवधी थप संगै देखिएको अन्यौलताले जनतामा थप त्रास पैदा गरेको र उक्त त्रासको समाधान खोज्न महानगरलाई अनुरोध गर्दै उक्त त्रासको समाधान गर्न नसकेमा आफ्नो कुर्सिको विकल्प खोज्न समेत चेतावनी दिएका छन!!
त्यस्तै ने.बि.संघ जनप्रियका सल्लाहकार एंव स्वतन्त्र विद्यार्थी युनियन जनप्रियका सभापती समेत रहेका आशिक गुरुङले जनप्रियलाई क्वारेन्टाइनका निम्ति सिफारिस गर्दै देशभरका सार्वजनिक तथा सामुदायिक क्याम्पस हरुमा यथाशिघ्र क्वारेन्टाइनको व्यवस्था गर्न माग समेत गरेका छन!!भिडियो कल मार्फत नै बिरोध कार्यक्रममा सहभागी बनेका सचीव सागर अधिकारिले एक घर,एक स्वास्थ्य परिक्षणको नीति संचालन गरेर छिटोभन्दा छिटो कोरोना परिक्षण गर्न र जनताको मनोबललाई उच्च पार्ने गतिविधि संचालनका निम्ति सरकारको ध्यानाकर्षण गराएका थिए!!
जनप्रिय बहुमुखी क्याम्पस पोखरामा भएको उक्त कार्यक्रममा देशको भौगोलीक, स्वाधीनता, अखण्डता र राष्ट्रियता माथि विदेशी हस्तक्षेप विरुद्ध जस्तो सुकै कदम चाल्न पनि हामी पछि पर्ने छैनौ भनेर +२ ने बि संघ इकाइ सभापति रोशन ढकालले भने। उनी लगायत विद्यार्थी नेताहरु नवराज सुनार,सन्देश कार्की,पुकार पराजुली लगायतका अन्य १० जनाको उपस्थितिमा सामाजिक दुरि कायम गरि कार्यक्रमको संचालन र व्यवस्थापन गरेको जानकारी सहसचिव शंकर पहारीले दिएका थिए!

No comments:

Post a Comment