Wednesday, May 27, 2020

चाया नेपालद्वारा लेकसाइडमा राहत बितरण


जेठ १५, पोखरा; चाया नेपालले लेकसाइडको ३ ठाँउमा राहत बितरण कार्यक्रम गरेको छ।पहिला गाईघाटमा अनि मालपोत र अन्त्यमा दिष्ट्री मार्गमा गरिएको थियो। रहातमा २५ किलो चामल, दाल,तेल,नुन,सोयाविन,चिउरा र २ साबुन थियो।कार्यक्रम सामाजिक दुरी कायम गरि वडासंग समन्वय गरेर सम्पन्न गरेको र गरिब तथा मजदुरका करिब १०१ घर-परिवारलाई आफुहरुले खाद्यान्न सहयोग गरेको यही संस्थाका सदस्य सबिन पौडेल र बिसालले जानकारी दिए।
अापती वेला चाया नेपाल भन्दै आफुहरुले आत्मसाथ गरेर दु:खमा परेका गरिब परिवारालाई राहत बितरण गरेको सबिन र बिसालले जनाए। 
कार्यक्रममा चाया नेपालका प्रमुख सदस्य टम,किथ,रवि,धुर्व र माइकले संन्चालन गरेका थिए। 
         कार्यक्रम सामाजिक दुरी कायम गरि वडासंग समन्वय गरेर सम्पन्न गरेको थियो ।

सकार्यक्रममा पोखरा – ६ का वडा सदस्य हरी पहारीको उपस्थिति थियो।कार्यक्रम संयोजक टम,किथ,रवि,धुर्व र माइकले अाफुहरुको कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।                      
अासा छ अझै सहयोगी हात भेटिएला।
धन्यवाद।

1 comment:

  1. wow thank you so mush chay ya Nepal for
    helping Nepali people.

    ReplyDelete